Logo

Student Corner

Articles

मेरो विद्यालय
- Anshuman Shah Thakuri - 32046 ... 06 June, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालयमा धेरै विद्यार्थीहरू पढ्छन् । मेरो विद्यालयमा एउटा ठुलो चौर छ । मेरो विद्यालयको चौरमा हामी भकुन्डाे खेल्छौँ । यहाँ कक्षा एकदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालय निकै सफा र सुन्दर छ । यहाँ विभिन्न कक्षाकोठाहरू छन् । हामी ती कक्षाकोठामा पढ्छाैँ र  लेख्छाैँ । यहाँ अतिरिक्त क्रियाकलापका लागि पनि कक्षाहरू छुट्याइएका छन् । विद्यालयमा हामी अतिरिक्त क्रियाकलापमा सामेल हुन्छाैँ । मेरो विद्यालयमा सबै शिक्षक शिक्षिकाहरू मायालु स्वभावका हुनुहुन्छ । मेरा साथीहरू मिलनसार र सहयोगी छन् । मलाई मेरो विद्यालयमा साथीहरूसँग फुटबल र बास्केटबल खेल खेल्न मन पर्छ । मेरो विद्यालयमा नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित, विज्ञान, संस्कृत विषयको पढाइ हुन्छ । यहाँ मासिक पुस्तकका रूपमा एउटा नेपाली र एउटा अङ्ग्रेजी किताब पढ्न पाइन्छ जसले गर्दा मेरो पढ्ने बानीमा सुधार भएको छ । मलाई मेरो विद्यालय निकै मन पर्छ । मेरो विद्यालयमा हरेक शनिवार र आइतवार बिदा हुन्छ । यहाँ धेरै खेल्ने कुराहरू पनि छन् । मलाई सधैँ मेरो विद्यालय जान मन पर्छ किनकि मलाई मेरो विद्यालय धेरै प्यारो लाग्छ ।


Read More
गाैतम बुद्ध
- Dinisha Shiwakoti - 31042, Gr ... 05 June, 2023

एसियाका तारा गौतम बुद्धको जन्म  इशापूर्व ५६३ वैशाख शुक्ल  पूर्णिमाको दिनमा भएको थियो। उनको बाल्यकालको नाम सिद्धार्थ गौतम हो । उनकी आमाकाे नाम मायादेवी हो भने पिताको नाम शुद्धोधन हो। उनले १६ वर्षमा यशोधारासँग बिहे गरे र एक सुपुत्रलाई जन्माए, जसको नाम राखियो  राहुल । उनले २९ वर्षको उमेरमा त्यो परिवारको माया र दरबारिया सुख छोडेर गृह त्याग गरे । उनले गृह त्याग गर्नुको मुख्य कारण दुःख अन्त्यका उपायहरू थाहा पाउन थियो। त्यसैले उनले बोधगयमा गएर तपस्या गर्न थाले। तपस्या गर्न थालेको लगभग ६ वर्षपछि वैशाख शुक्ल पूर्णिमाकै दिनमा बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि उनले उपदेशहरू दिन थाले। जसमा पञ्चशीलको उपदेश पनि एक हो।

 

पञ्चशीलको उपदेशमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु, र हिंसा नगर्नु पर्दछन्। उनको महापरिनिर्माण पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।उनको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र  मृत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई हामीले बुद्ध जयन्तीको रूपमा मनाउँदै आएका छौं।


Read More
Festival Of Lights
- Aarika Jha - 31003, Grade V o ... 02 June, 2023

Tihar is a festival of lights. It is the greatest hindu festival, which falls in the month of October or November, right after Dashain. This festival is celebrated for five days. Each of the five days of this festival is dedicated to celebrating and worshipping different gods and animals.
The first day of Tihar is known as Kaag Puja. On this day, we worship the crows and give delicious food to them. The second day of Tihar is known as Kukur Puja. On this day, we worship the dogs. They are also given delicious food and hang garland on their necks with tikas on their foreheads.
The third day of Tihar is known as Gai-Laxmi Puja. In Gai-Laxmi puja, we worship the cows and
goddess Laxmi. In the morning, cows are worshipped with garlands hung around their necks and red strings around their tails. In the afternoon, the entire house is cleaned and groomed. People may even put fancy lights in their rooms and outside their houses. Houses are cleaned, and the doorways and windows are decorated with garlands made of marigold flowers (Sayapatri). People also paint small patterns of footprints to welcome the goddess Laxmi. They use colours to create beautiful patterns called rangoli.
In the evening, the house is decorated with candles. Decorative lights are placed outside. Children engage in playing with firecrackers. Although firecrackers were not permitted last time, some people still engaged in this activity. However, it is important to remember that excessive use of firecrackers should be avoided due to noise pollution and safety concerns.
It is preferable to use small firecrackers that produce less noise and are not dangerous. This procedure is followed throughout the entire Tihar festival.


Read More
बुद्ध जयन्ती
- Sushant Pokharel - 32020, Gra ... 02 June, 2023

भगवान गौतम बुद्धको जन्मेको दिनको अवसरमा बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो । त्यसैले  वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धको सम्मान स्वरुप शान्तिका अग्रदुत भगवान गौतम बुद्धको सम्झनामा बुद्ध जयन्ती मनाइन्छ । यो वर्ष गत वैशाख बाइस गते २५६७ औँ बुद्ध जयन्ती मनाइयो । गौतम बुद्धको जन्म २५६७ वर्षअघि कपिलवस्तु लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाको दिन भएको थियाे । उनकी आमाको नाम मायादेवी र बुबाको नाम शुद्धोधन थियो । उनका बुबा तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए । गौतमबुद्धको वास्तविक नाम सिद्धार्थ गाैतम थियाे । उनी बौद्ध धर्मको प्रवर्द्धक थिए । बौद्ध धर्मग्रन्थ त्रिपिटक हो । राजाको परिवारमा राजकुमार भएर जन्मिएपनि गौतम बुद्धलाई किन बुढो हुन्छन् ? किन रोगी हुन्छन् ?  मानिस किन मर्छन् ? भन्ने कुराले उनलाई चिन्तित बनायो । त्यसैले उनी मानिसहरूकाे दुःखको कारण र त्यसको समाधान तथा ज्ञानको खोजीमा घर र परिवार छोडेर हिँडे । उनी भारतको बोधगया भन्ने ठाउँमा गएर कठोर तपस्यापछि उनलाई वैशाख शुक्लपक्षकाे पूर्णिमाका दिनमा नै बुद्धत्व प्राप्त गरे । त्यसपछि उनले विभिन्न उपदेश दिएर आफ्ना धेरै अनुयायीहरू बनाए । उनको शिक्षा र उपदेशले समाजमा अहिंसा र शान्तिको ज्योतिलाई धेरै ठाउँमा पुर्‍याएको छ । उनलाई शान्तिकाे अग्रदुत तथा  एसियाका तारा भनेर आजसम्म पनि चिनिन्छ ।


Read More
बाल अधिकार
- Abiska Giri - 31054, Grade V ... 01 June, 2023

बाल अधिकार बालबालिकाहरूकाे जन्मसिद्ध अधिकार हाे ।बाल बालिकाले आफ्नाे हक र अधिकार पाउनुपर्छ भनेर संविधानमा नै उल्लेख गरिएकाे छ । जसले नाबालिगहरूलाई दिएकाे विशेष संरक्षण र हेरचाहकाे अधिकारलाई जनाउँछ ।१८ वर्षभन्दा मुनिका केटाकेटीहरूलाई बालबालिका भनिन्छ ।आजका बालबालिका भनेका  भाेलि देशका कर्णधार हुन् । यी बालबालिका बाल अधिकारबाट वञ्चित छन् । उनीहरूले आमाकाे न्यानाे काखमा बस्न पाउनुपर्छ । पढ्न पाउनुपर्छ । बिरामी हुँदा स्वास्थ्य उपचार पाउनुपर्छ तर कतिपय  बाल बालिकाहरूले पढ्न,लेख्न पाएका छैनन् । बिरामी हुँदा उपचार पाएका छैनन् । सानै उमेरमा कठिन काम गर्नुपरेकाे छ । उनीहरूले हाेटेलमा भाँडा माझेका हुन्छन् । इटा बाेकेका हुन्छन् ।अरूकाे घरमा बसेर काम गरेका हुन्छन् ।बाल बालिकालाई कठिन काममा लगाउने व्यक्तिलाई कडा कारवाही गर्नुपर्छ । सबै बाल बालिकाहरूले समान हक र अधिकार पाउनुपर्छ । सबै बाल बालिकाहरूले शिक्षा, स्वास्थ्य र मनाेरञ्जन पाउनुपर्छ ।


Read More
पोखरा घुमघाम
- Prapya Mishra - 32049, Grade ... 31 May, 2023

पोखरा नेपालको एउटा रमणीय र सुन्दर शहर हो । पोखरालाई तालैतालको सहर भनेर पनि चिनिन्छ । नेपाल घुम्न आउने पर्यटकहरूका लागि एउटा जानै पर्ने ठाउँ पोखरा हो । पोखरा नेपालको बिच भागमा पर्दछ । नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा साह्रै रमाइलो छ । पोखरामा धेरै रमणीय ठाउँहरू छन् जस्तै फेवाताल, बेगनासताल, रुपाताल, सारङकाेट, पुम्दिकाेट महादेव, शान्ति स्तुपा, पाताले छाँगो आदि पोखरामा रहेका छन् । महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा पर्यटकहरूका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । फेवाताल पोखराको मुटु हो । यो लेकसाइडमा छ । फेवातालको बीचमा तालबाराही मन्दिर छ । किनारबाट मन्दिरमा पुग्नका लागि डुङ्गामा चढेर जानुपर्छ । पोखरा पुगेका हरेक मान्छेहरू तालबाराही मन्दिर पुगेर मात्र फर्किन्छन् । मन्दिरमा पुग्ने हरेक पर्यटकलाई एकपटक आश्चर्य पनि लाग्छ । यति गहिरो तालका बिचमा एउटा सानो टापु छ । त्यसमा प्राकृतिक रूखहरू कृतिम सिँढी र बनावट तथा कलात्मक मन्दिर आदि साँच्चै अचम्मलाग्दो देखिन्छ । फेवातालको किनारमा रहेको लेकसाइड पोखराको मुख्य आकर्षण हो । यो ठाउँ पर्यटकहरूका लागि मनोरञ्जनको केन्द्र हो । लेकसाइडमा धेरै होटल रेस्टुरेन्ट र पसलहरू छन् । रातिको समयमा झिलिमिली बत्ती र सङ्गीतको धुनले लेकसाइड धेरै रमाइलो हुन्छ ।


Read More
नेपाल नै राम्राे
- Aayaan Rai - 31006, Grade V o ... 30 May, 2023

नेपाल एउटा बहुजातीय र बहु सांस्कृतिक देश हो। सबैको मन नेपालको प्रकृति र संस्कृतिमा रमाउँछ l हाम्रो देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । नेपालमा विभिन्न किसिमका जडीबुटी पाइन्छन्। आफूभन्दा आफ्नो जन्मभूमि सबैका लागि प्याराे हुन्छ । सबैका लागि आफ्नो जन्मभूमि पूजनीय हुन्छ। नदीनाला नेपालका मुख्य आकर्षण हुन्। यहाँ नेवारी, राई, ब्राह्मण, क्षेत्री , मगर, आदि जातजातिको बसोबास पाइन्छ। उनीहरू आफ्नै भाषा, धर्म, रीतिरिवाज र परम्पराहरू अपनाउँछन्। हाम्रो देश नेपालमा विभिन्न किसिमका जातजाति, धर्म, परम्परा, आदि भएता पनि यो एउटा एकतावद्ध  देशको रूपमा चिनिन्छ । नेपालीमा देशभक्तिकाे भावना छ । नेपालीहरूमा हामी भन्ने भावना भएकाले विभिन्न धर्म, संस्कृति र रीतिरिवाज अपनाउने जातजातिहरू मिलेर बसेका छन् । त्यसैले हामीलाई नेपाल नै प्याराे र राम्राे लाग्छ ।


Read More