Logo

Student Corner

Articles

तिहार
- Ruhjen Jung Khadka - 32014, G ... 30 June, 2023

तिहार हाम्रा चाडहरू मध्ये दोस्रो महत्त्वपूर्ण चाड हो। यो चाड दसैँपछि आउँछ। यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण  त्रयाेदशीदेखि कार्तिक शुक्ल  द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारको समयमा सबैको घर झिलिमिली बत्ती र फूलमालाहरूले सजिएको हुन्छ। यो चाडलाई यमपञ्चक र दीपावलीको रुपमा पनि चिनिन्छ। नेपाल अधिराज्यभरका  हिन्दुहरूले याे चाड धुमधामसँग पाँच दिनसम्म मनाउँछन्। पहिलो दिन काग तिहार हाे। यो दिन हामीहरू आफूले खाना खानुभन्दा अगाडि कागलाई खाना खुवाउँछाैँ। दोस्रो दिन कुकुर तिहार हाे। यो दिन कुकुरलाई टिकामाला लगाइदिएर पूजा गर्छौँ र मिठामिठा खानेकुराहरू खान दिन्छौँ। तेस्रो दिन लक्ष्मीपूजा वा गाई पूजा हाे। यो दिनमा आफ्नो घर सरसफाइ गरेर बत्ती र फूलमालाहरूले घर सजाउछाैँ र लक्ष्मी भगवान् काे पूजा गर्छौं। यस दिन केटीहरू घर-घर गई  भैलो खेल्ने चलन छ। चौँथो दिन गोरुपूजा हाे। यो दिन हामी गाेरुको पूजा गर्छौं। नेवारी समाजमा यो दिन म्ह:पूजा अथवा आफूलाई पूजा गर्ने चलन छ। यो दिन केटाहरू घरघर गई देउसी खेल्ने चलन छ। पाचाैँ दिन भाइटीका हाे। यो दिन दाजुभाइहरू आफ्नो दिदीबहिनीहरूको घर गएर उनीहरूको हातबाट निधारमा रङ्गीविरङ्गी टिका लगाएर मखमली फूलको माला लगायत शिरमा ढाकाटोपी लगाउँछन्। दिदीबहिनीहरूले  मिठामिठा खानेकुराहरू दिन्छन् र दाजुभाइहरूले पनि पैसा वा उपहार दिई ढाेग्छन्।


Read More
Basketball
- Radharani Sen - 31022, Grade ... 30 June, 2023

Basketball is an incredibly popular sport enjoyed by millions of people worldwide. I like playing basketball. It is a team sport played by two teams, usually consisting of five players each, who compete against each other on a rectangular court. It was first played on December 21st, 1891, in Springfield, Massachusetts, USA. The game was demonstrated in the 1904 and 1924 Summer Olympics. The inventor of basketball is James Naismith, a Canadian-American physical educator, physician, Christian chaplain, and sports coach.
Basketball is one of my favourite sports, and my father told me that playing basketball can help with height growth. The game can be played both indoors and outdoors. It has been a part of the Summer Olympic program since 1936. A standard basketball team consists of five players per side, but you can also play with fewer players, such as two-on-two or three-on-three, or even practise on your own. Basketball has gained worldwide popularity due to its exciting nature.
The main objective of the game is to score points by shooting the ball through the hoop. Players can move the ball by dribbling or passing it to their teammates. Different shots earn different points, with shots made within the three-point line worth two points and shots made beyond the three-point line worth three points.
Basketball has produced many famous players known for their skills and contributions to the game. Some notable names include Michael Jordan, LeBron James, Kobe Bryant, Shaquille O'Neal, Magic Johnson, Larry Bird, and many others.
Basketball is a thrilling team sport that has been enjoyed by millions of people worldwide. It offers both physical activity and strategic thinking, making it a favourite among sports enthusiasts.


Read More
समुदाय र सामुदायिक कार्य
- Raj Manandhar - 31023, Grade ... 29 June, 2023

व्यक्ति, परिवार तथा छिमेकीहरू मिलेर समुदाय बन्दछ । समुदायका मानिसहरूको भाषा, धर्म, जाति, रहनसहन, परम्पराहरू समान हुन्छन्। उनीहरूको रुचि र उद्देश्य पनि समान नै हुन्छ ।  समुदायका मानिसहरूले एक अर्कालाई परेको बेलामा सहयोग गर्छन्। उनीहरू मिलेर आफ्ना र समुदायका समस्याहरू समाधान गर्छन् । त्यसैले उनीहरू एक अर्काप्रति निर्भर  रहन्छन् । हामी एक्लै  बाँच्न  सक्दैनौँ किनभने हामीलाई मर्दापर्दा समुदायकै सहयोग चाहिन्छ । हामीलाई चाहिने विभिन्न ज्ञान, सिपहरू हामी समुदायबाटै सिक्छौँ | असल आचारण र अनुशासन पनि समुदायबाटै सिक्छौँ ।
समुदाय हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ किनभने यसले  हाम्रो जिउधनको  सुरक्षा गर्छ । दुःखसुख साट्न, मनोरञ्जनका लागि, चाडपर्व मनाउन, एक अर्कालाई परेको बेलामा सहयोग गर्न, हामीलाई नभई नहुने बाटोघाटो, पाटीपौवा, इनार, कुवा आदि बनाउन ,हाम्रो कला, संस्कृति र परम्पराहरू बचाउन  बनाउन, जीविकाका लागि विभिन्न पेसा जस्तैः खेतीपाती, व्यापार व्यवसाय गर्न,  हामी पहिचान र गौरब बढाउँदै एकताको सूत्रमा
बाँधिन अादिकाे लागि समुदायकाे अावश्यकता पर्दछ ।
सामुदायिक कार्यका क्रियाकलाप चाहिँ निम्न छन्:
बाटोघाटो खन्ने,  धारा, पँधेरो, इनार, कुलो बनाउने, विद्यालय भवन बनाउने, वृक्षरोपण गर्ने, धर्म, परम्परालाई नियमित गर्ने, सामुदायिक स्वास्थ्यलाई ध्यान दिने, स्वास्थ्य चौकी बनाउने, समुदायका सबै पक्षको सुरक्षा गर्ने अादि ।


Read More
हाम्रो देश
- Rehan Shrestha - 32012, Grade ... 28 June, 2023

हाम्रो देशको नाम नेपाल हो। हाम्रो देश १४ अञ्चल ७७ जिल्लामा बाँडिएको छ। नेपालको राजधानी काठमाडौँ हो। नेपालको उत्तरी सीमानामा चीन देश पर्दछ भने दक्षिण पूर्व पश्चिममा भारत देश पर्दछ। हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। नेपाललाई तीन भागमा बाँडिएको छ। हिमाल,पहाड र तराई रहेको छ। हाम्रो देश नेपालमा हिन्दु धर्म मान्ने मानिसहरू धेरै छन्। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा छ। हाम्रो देश नेपाल जलश्रोतको दोस्रो धनी देशमा पर्दछ। हिन्दुधर्मको प्रसिद्ध मन्दिर पशुपतिनाथ हाम्रै देशमा रहेको छ। त्यसैगरी जानकी, मन्दिर चाँगुनारायण मन्दिर, मुक्तिनाथ, मनकामना, पाँचतले मन्दिर आदि प्रसिद्ध छन्। । हाम्रो देशमा मानवीय  कलाकृतिहरू पनि धेरै रहेको छ। जस्तै; पचपन्ने झ्याले दरबार, धरहरा, घन्टाघर, रानीपोखरी आदि रहेको छ। नेपाल प्राकृतिक सौन्दर्यले भरिएकाे छ।त्यस्ता प्राकृतिक सौन्दर्य भएकाे ठाउँहरू  हेर्न पर्यटकहरू घुम्न आउँछन्। त्यसैले मलाई मेराे देशप्रति गर्व लाग्छ।


Read More
समुदायको महत्त्व
- Radharani Sen - 31022, Grade ... 27 June, 2023

नमस्कार, मेरो नाम राधारानी सेन हो । म कक्षा ५ नुप्सेमा अध्ययन गर्छु। आज म ‘समुदायको महत्त्व’ काे बारेमा भन्दै छु  । सुरुमा त  हामी समुदायमा मिलेर बस्नुपर्छ । अर्को कुरा  हामीले कहिले पनि जातजातिमा विभेद गर्नुहुँदैन । हामी जहिले पनि समुदायमा बस्दा एकअर्कालाई  सहयोग गर्नुपर्छ। हामीले समुदायमा भएका वा चलिआएका समस्याहरू समाधान गर्नुपर्छ। हामीले समुदायमा "हामी" भन्ने भावना राख्नुपर्छ।
समुदायिक महत्त्वका फाइदाहरू निम्न छन्ः

१) हामीलाई परेको बेलामा सहयोग गर्न ,
२)  व्यापार, व्यवसाय र खेतीपाती गर्न ,  
३) बाटोघाटो खन्न वा बनाउन ,
४) विद्यालय भवन बनाउन , 
५  वृक्षारोपण गर्न
सामुदायिक कार्य गर्दा  निम्न लिखित फाइदाहरू हुन्छः

१) समुदायका मानिसमा ज्ञान, सिप र क्षमता बढ्छ ।
२) समुदायमा आपसी सहयोग, मेलमिलाप, प्रेमभाव र एकता बढ्छ ।
३) समुदाय र समाजमा शान्ति छाउने, विकास कार्य अघि बढाउन सजिलो हुन्छ ।
समुदायमा फोहोर व्यवस्थापन भएकाे  छैन भने समुदायको नेतालाई खबर गर्नुपर्छ। अर्को कुरा  समुदायमा त्यस्तै कुनै झगडा  भइरहेको छ भने नेता वा मुखियालाई खबर गरेर र समुदायका सबै मानिस मिलेर झगडाकाे समाधान गर्नुपर्छ ।


Read More
मेरो कक्षाकोठा
- Aslesha Baidhya - 32037, Grad ... 26 June, 2023

मेरो नाम अश्लेषा वैद्य हाे। म कक्षा चारमा पढ्छु। मेरो कक्षाकोठामा सेतो र निलोपाटी छ। त्यहाँ तेइसवटा टेबल र कुर्सीहरू छन्। सबै टेबुल र कुर्सीहरू काठबाट बनेका छन्। भुइँमा नरम गलैँचा छ। त्यो चाहिँ खरानी रङको छ। शिक्षकको आफ्नै एउटा टेबुल छ। निलोपाटीमा धेरै राम्रा-राम्रा कुराहरू लेखेर टाँसिएका छन्। हामीले राम्राे  चित्र बनायाैँ भने पनि निलो पाटीमा टाँसिन्छ। हामीले हाम्रो कलाकारिता त्यहाँ देख्याैँ भने हामी पनि खुसी हुन्छौँ। कक्षाकोठाभरि राम्रा-राम्रा चित्रहरू छन्। त्यो पनि हाम्रै विद्यालयका विद्यार्थीहरुले बनाएका हुन्। हाम्रो विद्यालयमा धेरै शिक्षकहरू शिक्षिकाहरू हुनुहुन्छ। कक्षाकोठामा एउटा घडी र दुईवटा पङ्खा पनि छ। पङ्खा हामीलाई गर्मी हुँदा चिसो हावा दिनलाई त्यहाँ राखिएको हो। हाम्रो शिक्षकले हामीलाई महिनैपिच्छे सिसाकलम, स्केल र रङ दिनुहुन्छ। मलाई मेरो कक्षाकोठा सफा लाग्छ र धेरै मनपर्छ।


Read More
सामुहिक काम र सहभागिता
- Darshana Khadka - 31048, Grad ... 23 June, 2023

समुदायको साझा समस्या समाधान र उद्देश्य प्राप्त गर्न सबै मिलेर समुदायको हित र उन्नतिका लागि गरिने क्रियाकलापहरूलाई सामुहिक कार्य भनिन्छ । सामुदायिका कामहरू निम्न छन्ः  बाटो बनाउने, मठमन्दिर मर्मत गर्ने, वृक्षारोपण गर्ने, नदीनाला सफा गर्ने, स्वास्थ्य चौकी बनाउने आदि हुन्। सामुहिक कार्यले मानिसहरूको साझा अवश्यकता पूरा हुन्छ। यसले मनिसहरूको ज्ञान, सिप र क्षमता बढ्छ । रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्छ । समुदाय र समाजमा शान्ति छाउँछ, विकास  कार्य अघि बढाउन सजिलो हुन्छ ।  समुदायिक काम गर्दा समुदाय हराभरा र सुविधाहरूले भरिएको हुन्छ । हामी सामूहिक कार्यमा सहभागी हुन जरुरी छ । सबै मिलेर काम गर्दा समुदायको काम छिट्टै सकिन्छ र समुदायको  विकास पनि चाँडै हुन्छ। समुदायिक कार्यमा सबै छिमेकी मिलेर काम गर्दा आपसि सम्बन्ध बढ्छ । सामुदायिक काम मिलेर गर्दा समुदायमा 'म' भन्ने भावना नभएर ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । सामुदायिक काम गर्दा वरपरको वातावरण दूषित हुँदैन र एकदमै सफा हुन्छ ।


Read More