Logo

Student Corner

Articles

मगर समुदाय
- Medhansh Rana - 31013, Grade ... 06 November, 2023

नेपालमा विभिन्न जातजातिका मानिसहरूकाे बसाेबास छ । तीमध्ये एक हाे मगर जाति । किराँती क्रमविकासअनुसार मगर जाति वा समुदाय हिमालयको उत्तरी भागकाे सिम क्षेत्रबाट आएका हुन् । मगर जाति आफ्नो भाषाका अलावा नेपाली भाषा पनि बोल्दछन् । मगर जातिको भाषा भोट-बर्मेली भाषाभित्र पर्दछ र यसलाई तिन भागमा विभाजित गरिएको छ: धुट, खाम र कईके । मगर जातिको मुख्य चाड माघेसङ्क्रान्ति हो । यस दिन उनीहरूले पितृहरूको पूजा गर्छन् । मगर समुदायले परापूर्व कालमा प्रकृति पूजा गर्थे भने हालैमा अधिकांश मगरहरू हिन्धु धर्म मान्छन् । मगर जातिको पहिचानको रूपमा आफ्नै पोशाक रहेको छ । पुरुषहरूले भाेटो इस्टकोट, कछाड, पेटी, भांग्रो, टोपी र खुर्पेटाे आदि लगाउँछन् भने महिलाहरूले मखमलको चोली, छिटको गुन्यु, पहेलो पटुकी, घलेक, पछ्याैरी र खुर्पेटाे आदि लगाउँछन् । भेषभूषा, संस्कार र संस्कृतिले भरिपूर्ण मगर समुदायको आफ्नो छुट्टै पहिचान छ ।


 


Read More
तिहार
- Aaron Singh - 32035, Grade IV ... 03 November, 2023

हाम्रो समुदायमा धेरै चाडपर्वहरू मनाइन्छ । ती चाडपर्वहरूको आफ्नै महत्त्व हुन्छ । चाडपर्व भन्नाले कुनै खास दिन वा तिथिमा देवीदेवताको पूजाआजा गरी रमाउने दिनलाई चाडपर्व भनिन्छ । हाम्रो समाजमा धेरै प्रकारका चाडपर्व मनाउने गरिन्छ । हाम्रो समाजमा चाडपर्वहरू तिथि र गते अनुसार मनाइन्छ । म सबै चाडपर्वलाई सम्मान तथा महत्त्व दिन्छु तर पनि मेरो समुदायमा मनाइने चाडपर्वमध्ये तिहार मलाई असाध्यै मन पर्ने चाड हो । यो चाड दसैँपछिको ठूलो चाड हो । तिहार कार्तिक कृष्ण  त्रयाेदशीदेखि कार्तिक शुक्ल  द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारका महत्त्वपूर्ण दिनहरूमा पहिलो दिन कागतिहार हाे । तिहारको पहिलो दिनमा कागकाे पूजा गरिन्छ । दोस्रो दिन कुकुरतिहार  हो । यस दिन कुकुरको पूजा गरिन्छ । कुकुरले हाम्रो घरको रक्षा तथा सुरक्षा गरोस् भनेर यसको पूजा गरिन्छ । तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । त्यसैले यस दिनलाई गाईतिहार भनिन्छ । यसै दिनको साँझ झिलिमिली बत्ती बालिन्छ । त्यसपछि साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यस दिन केटाकेटीहरू मिली भैलो खेल्ने चलन छ । तिहारको चौथो दिनमा गाेरु पूजा गरिन्छ । नेवार जातिले यो दिन म्हपूजा गर्छन् । यो दिन नेवारले नयाँ वर्ष मनाउने चलन छ । पाँचौँ दिन अर्थात अन्तिम दिनमा भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमली फूलको माला लगाएर मिठा फलफूल दिई लामो आयुको कामना गर्छन् साथै दाजुभाइले पनि दिदीबहिनीलाई आफूले सक्दो दक्षिणा तथा उपहार दिने चलन छ । तिहारमा विभिन्न परिकारका खानेकुरा पकाएर खाने चलन छ । जस्तै: सेल, फिनी रोटी ,अनर्सा आदि । यस दिन घर आँगन सफा गरेर फूलमालाले सजाउने चलन पनि छ । यसरी तिहार पर्व मनाइन्छ ।


 


Read More
गाईजात्रा
- Revati Maharjan - 31051, Grad ... 02 November, 2023

गाईजात्रा नेवार समुदायमा मनाइने चाड हो । गाईजात्रालाई हास्यव्यङ्ग्यसँग पनि जोडेर यो पर्व मनाइन्छ । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । याे दिन दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । नेवारी भाषामा यो पर्वलाई 'सापारु' भनिन्छ । 'सा' को अर्थ गाई र 'पारु' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । संस्कृतिविद ग्वंग अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ । यसमा कसैले कसैलाई नछेकुन् भनेर त्यससँग मुकाबिला गर्न त्यहाँका टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन् ।


 


Read More
दसैँ
- Sushant Pokharel - 32020, Gra ... 01 November, 2023

मलाई मन पर्ने चाडपर्व भन्नेबित्तिकै रमाइलो कुराको याद आउँछ । प्रायः सबैजसो चाडबाडहरू रमाइला हुन्छन् । चाडबाडमा विद्यालय छुट्टी हुन्छ । दसैँमा सकेको मिठो खाना र राम्रो लुगा पाइन्छ । परिवार र आफन्तहरू सँगै बस्ने, भेला हुने र मिठा मिठा कुराकानी गर्दा रमाइलो हुन्छ। मलाई मन पर्ने चाडहरूमध्ये दसैँ पर्व पनि एक हाे । दसैँ पर्व हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । दसैँलाई हामी बडादसैँ पनि भन्दछौँ । हिन्दु धर्म मान्ने नेपालीहरूले दसैँ हर्षोल्लासका साथ मनाउँछन् । दसैँ घटस्थापनाको दिनदेखि जमरा राखेर सुरु हुन्छ र कोजाग्रत पूर्णिमाको दिन जमरा सेलाएपछि अन्त्य हुन्छ । प्रतिपदाको दिनदेखि नवमीको दिनसम्म विभिन्न शक्ति देवीहरूको पूजा हुन्छ । नवदुर्गा भवानीका नाममा पूजा गरिन्छ र विजयादशमीका दिन देवी दुर्गा भवानीको प्रसाद स्वरूप आफूभन्दा ठुला र मान्यजनबाट टीका र जमरा लगाइन्छ । दसैँमा केटाकेटीहरू पिङ खेल्छन्,चङ्गा उडाउँछन् । दसैँमा रङ्गीचङ्गी फूलहरू फुलेका हुन्छन् ।


 


Read More
The Sun
- Saphal Pokharel - 31052, Grad ... 30 October, 2023

The Sun is like a giant, fiery ball in the sky, and it is the closest star to our planet, Earth. The Sun is very important, and we can learn some cool things about it!

What is the Sun? The Sun is a big star, much bigger than 1000 Jupiters. It is made of super-hot gases, with the main gases being hydrogen and helium. The centre of the Sun is incredibly hot, even hotter than anything you can imagine; it is hotter than the highest temperature a fire can reach. However, this is the lowest temperature of the Sun because this is the temperature of the Sun's outer layer. Now, let us discuss the temperature of the Sun's inner core, which is the hottest part. The temperature of the inner core of the Sun is a whopping 10,000 times hotter than the hottest part of a fire (the white part). This is where the Sun generates the heat and light that it provides for us. We are not harmed by this extreme heat because we are protected by the ozone layer.

The Sun's Light and Heat: The Sun is like a giant flashlight for us. It emits light and warmth to Earth, giving us day and night. When the Sun is up in the sky, it is daytime, and when it is not, it is nighttime. This cycle occurs because Earth rotates, with half of it experiencing daylight and the other half in darkness. The Sun's light is essential for photosynthesis in plants and provides us with warmth.

Sunspots and Solar Activity: Occasionally, the Sun develops dark spots on its surface, known as sunspots. These are cooler areas created by the Sun's strong magnetic fields. Sunspots can influence our weather and even create colourful lights in the sky, known as auroras.

The Sun's Life: The Sun is very old, approximately 4.6 billion years old, making it a middle-aged star. However, in the distant future, it will change. It will expand and then contract, ultimately becoming a white dwarf. But this transformation will not occur for a very long time. The Sun is projected to reach the end of its life after about 5 billion years, with an additional 2–3 billion years of experiencing the various stages of star death. Fortunately, this is a long way off, and there is no need to worry about it.

The Sun in Our Culture: People all around the world have admired the Sun for centuries. It is seen as a symbol of hope, happiness, and warmth. The Sun plays an important role in many celebrations and occasions. It brings us light, and it is something we all share, regardless of where we are on Earth. In various cultures, such as during the Chhath festival, people worship the Sun as a symbol of God, thanking it for providing us with light and heat.

In conclusion, we should always be thankful for the Sun because it gives us light and warmth and makes our planet a great place to live. It is like a big, bright friend in space, and we could not live without it.


 


Read More
दसैँ
- Rabi Harsha Adhikari - 32013, ... 30 October, 2023

दसैँ हाम्रो राष्ट्रिय चाड हो । यो चाडलाई दसैँ, बडादसैँ, नवरात्रि, विजयादशमी पनि भनिन्छ । यो चाड वर्षा ऋतुकाे समाप्तिपछि असोज शुक्ल पक्षमा नौ दिनसम्म दुर्गा देवीको पूजा गरी मनाइन्छ । यो चाडको पहिलो दिन पूजाकोठामा जमरा राखिन्छ । जमरा राख्ने दिनलाई घटस्थापना भनिन्छ । यो चाडको समयमा चङ्गा उडाइन्छ र यो चाडमा विद्यालयमा लामो बिदा हुने हुनाले हामी मामाघर अथवा अन्य स्थानहरू  जाने गर्छौं । यस चाडका बेला मालश्री धुनको सङ्गीत पनि बजाइन्छ । यो चाडमा नयाँ नयाँ कपडा लगाउने, मिठो खाने, चङ्गा उडाउने आदि गरिन्छ । यो चाडको अन्तिम दिन घटस्थापनामा राखिएको जमरा टिपी मान्यजनको हातबाट टीका र जमरा लगाइन्छ र आशीर्वाद लिइन्छ । यो चाडले हामीलाई सरसफाइ गर्न, पूजापाठ गर्न र मान्यजनहरूलाई सम्मान गर्न सिकाउँछ । यो चाडमा पशुपन्छीको बली पनि दिइन्छ। यो चलन धेरै समयदेखि चल्दै आए पनि राम्रो हो जस्तो मलाई लाग्दैन । सप्तमीको दिन भित्र्याइने फूलपाती, अष्टमीका दिन गरिने विशेष पूजा, नवमीका दिन गरिने नवदुर्गा पूजा र दशमीको दिन लगाइने टीका नै यस चाडको विशेषता हो । हामी सबैले चाडहरू अनुशासित भई मनाउनुपर्छ । 


Read More
लिम्बू समुदाय
- Neelhang Limbu - 31036, Grade ... 30 October, 2023

मेरो नाम निल लिम्बू हो । म लिम्बू जातिबाट हुँ । मलाई मेरो संस्कृति र परम्परा असाध्यै राम्रो लाग्छ । लिम्बू नेपालमा बसोबास गर्ने एक  किराँत समूहमा पर्ने जाति हो । खजुम, सुब्बा, चेम्जोङ, लिङ्देन जस्ता थरहरू सबै लिम्बू जातका हुन् । लिम्बूहरूले मनाउने चाडपर्वहरू उँधाैली, उँभाैली माघे सङ्क्रान्ति, मङ्सिरे सङ्क्रान्ति आदि हुन् । लिम्बूहरू साकेला, धाननाचमा रमाउँछन् । उनीहरू हिन्दु रीतिरिवाजमा पनि विश्वास गर्छन् । लिम्बहरूको पराम्परागत पोशाक मेख्ली र तागा हुन् । महिलाहरूले पोशाकसँगै ठुला ठुला गरगहनाहरू पनि लगाउने गर्छन् । लिम्बू जातिले तोङ्वा, छुर्पी, गुन्द्रुकजस्ता खानेकुराहरू धेरै खाइन्छ । अरू जातजातिको भाषा जस्तै लिम्बूको पनि आफ्नै भाषा हुन्छ । मलाई मेरो संस्कृति धेरै मन पर्छ । म मेरो संस्कृति र परम्पराको रक्षा गर्ने छु । मलाई मेरो रीतिरिवाज परम्परा र संस्कृतिहरूमा सहभागी हुन मन लाग्छ ।


Read More