My school’s name is Deerwalk Sifal School. It is located at Sifal. My school is very big. There are many classes in my school. My school has a clean and green environment. We have coding class, library, math lab, yog class, art class and drama class too. There is a big playground with swings, slides and monkey bars. I really like my school. We learn different subjects like English, Science, Maths, Hamro Serofero and Nepali everyday.I love my teachers as well.
गाई एक घरपालुवा जनावर हो । गाईका दुईवटा आँखा, कान, सिङ हुन्छन् । यसका चारवटा खुट्टा र एउटा लामाे पुच्छर हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर पनि हो । गाई कालाे, सेताे, खैराे, टाटेपाटे आदि रङका हुन्छन् । गाईलाई हामी गौमाता पनि भन्छौँ । गाईलाई हामी पूजा पनि गर्छाैँ । गाईले हामीलाई दुध दिन्छ । गाईको दुध निकै पौष्टिकयुक्त हुन्छ । गाई उपयोगी जनावर हो । त्यसैले हामीले गाईलाई सधैँ माया गर्नुपर्छ । हामीले गाईको संरक्षण पनि गर्नुपर्छ ।
मेरो देश नेपाल एसिया महादेशमा पर्छ । यहाँ विभिन्न जातजाति, भाषा, धर्म, रितिरिवाज, चालचलन र संस्कृति बोकेकाे समुदायको बसोबास रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश जलस्रोतको धनी देश हो । मेरो देशलाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । विश्वको उच्च हिमाल सगरमाथा र शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको मेराे देश साच्चैनै सुन्दर छ लालीगुराँस फुलने हिमालदेखि पहाड हुँदै समथर तराईको फाँट र विभिन्न ताल अनि मठ मन्दिरहरू यहाँका आकर्षक कुराहरू हुन् ।
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मलाई मेरो विद्यालय धेरै मन पर्छ । म आफ्नो विद्यालयमा नयाँ नयाँ साथीहरू बनाउँछु । मेरो विद्यालयका गुरु गुरुआमाहरूले हामीलाई धेरै राम्रोसँग पढाउनुहुन्छ । विद्यालयका गार्ड दाइ र अरु दिदीहरूले पनि हामीलाई धेरै माया गर्नुहुन्छ । हामीलाई खाना खान पनि सहयोग गर्नुहुन्छ । मलाई मेरो विद्यालयका खेल्ने मैदानहरू धेरै मन पर्छ । मेरो विद्यालयमा चित्रकला, काेडिङ, कराँते, योग जस्ता कक्षाहरू पनि हुन्छन् । मेरो विद्यालयमा धेरै सुविधा छन् ।
My pets are my fish. I have a big aquarium in my house. My aquarium is full of colorful fish. I have seven fish in my aquarium. I give them fish food once a day and clean the aquarium twice a month. In my aquarium, there is a water filter, lights and water heater to keep the fish warm and healthy. I have also added some colorful pebbles and decorative items there. I really enjoy watching them swim. They look wonderful and beautiful.
वातावरण भन्नाले हाम्राे वरिपरिकाे घाम, हावा, पानी, बाेटबिरुवा भन्ने बुझिन्छ । हामीले हाम्राे वातावरण सफा राख्नुपर्छ । खाेलानाला सफा राख्न वरिपरि बाेटबिरुवा राेप्ने गर्नुपर्दछ । वृक्षाराेपण गर्नाले वातावरण राम्राे हुन्छ । वातावरण नराम्राे भयाे भने धेरै पानी पर्दा बाढी पहिराे जाने धेरै गर्मी हुने हुन्छ । यस्ताे वातावरणले हाम्राे जीवनमा धेरै असर गर्दछ । वातावरणलाई असर भयाे भने प्राकृतिक प्रकाेप आउँछ । त्यसैले हामीले वातावरणकाे संरक्षण गर्नुपर्छ ।
म, मेरो बाबा, मेरी आमा र मेरो सानो भाइ दसैँमा हाम्रो सौराहाको घरमा गयौँ । मलाई मेरो सौराहाको घर असाध्यै मन पर्छ । त्यहाँ मेरो जिजुबुबा, हजुरबुबा र हजुरआमा बस्नुहुन्छ । मैले दसैँमा नयाँ लुगा लगाएँ । नयाँ लुगा लगाएर सबै ठुलाबडाहरूसँग टीका र जमरा लगाएँ । सबैजनाले मलाई धेरै आशीर्वाद दिनुभयो । मलाई मेरो हजुरबुबाले "ठुलो भएर प्रधानमन्त्री हुनु है बाबु" भन्नुभयो । मैले मेरो सानो भाइलाई पनि टीका अनि जमरा लगाइदिएँ । तर ऊ धेरै रोयो । मैले दसैँमा पिङ पनि खेलेँ । मैले हाम्रो हात्तीहरूको पूजा पनि गरेँ । हाम्रो हात्तीहरूको नाम गुलाफकली, सुनाकली र सेल्फिकली हो । तिनीहरूले कति धेरै केरा पनि खाए । मैले दसैँमा पौडी खेलेँ । चितुवा देखेँ । बिजुली घोडीको टाँगा चढेँ । दसैँमा धेरै पानी परेकाले झन्डै बाढी पनि आएको थियो । मैले गैँडा पनि देखेँ । हामी दसैँमा मामाघर पनि गयौँ अनि मिठा मिठा खानेकुरा खायौँ । यसरी दसैँमा मैले धेरै रमाइलो गरेँ । अब फेरि छिट्टै अर्को दसैँ पनि आइदिए हुन्थ्यो ।
During my weekends, I usually wake up very late, take my breakfast, and spend some time watching TikTok and Roblox videos on my mobile. I also play some games on my laptop, take a bath, finish my homework, and help my mother clean and sort out the dried clothes. Usually on Sundays, I go out to restaurants for dinner with my mom, grandfather, and grandmother.