I have a pet and it is a hamster. Its name is Hammy. It is a female hamster. It is three months old. It eats vegetables and fruits. It loves to eat salad. Sometimes, I take it to the park. It is cute and I love playing with it. It usually hides in its hiding place.
मेरो दसैँको अनुभव रमाइलो भयो । धेरै पानी पर्यो । हामीले दसैँ दश दिनसम्म मनायौँ । मैले धेरै परिकारहरू जस्तै मासु, भात, पनिर, सेलरोटी खाएँ । मैले अजा, अजी बाबा र मामुको हातबाट टीका र जमरा लगाएँ । मैले टीका लगाएर पैसा , फलफूल र आशीर्वाद पाएँ । म धेरै खुसी भएँ ।
Hello everyone! My name is Gaurahi Ghimire. I study in grade two. I like my classroom so much. It's really big and beautiful. There are a lot of colorful benches and desks. There are a lot of beautiful paintings. My teacher has placed our worksheets on the class board. There’s a big T.V in my classroom. We watch a lot of things in the T.V. We place our books and exercise books in our classroom racks. I love my classroom a lot.
मेरो परिवारमा पाँचजना सदस्य छौँ । मेरो घरमा आमा, बुबा, हजुरबा, हजुरआमा र म बस्छाैँ । हामी सबै मिलेर काम गर्छौं । मिलेर बस्याैँ भने घरका सदस्यहरू सहयाेग हुन्छ । एकअर्कालाई सुख हुन्छ । मेरो बुबाको नाम रमेश ढकाल हो । उहाँ ३७ वर्षको हुनुभयो । उहाँ बेकरीमा काम गर्नुहुन्छ । मेरी आमाको नाम रजनी अर्याल हो । उहाँ ३३ वर्षकी हुनुभयो । उहाँ घरको काम गर्नुहुन्छ । मेरो हजुरबुबाको नाम चैतन्य मिश्र हो । उहाँ ७१ वर्षको हुनुभयो । उहाँले समाजशास्त्रको विद्यावारिधि उपाधि पाउनुभएकाे छ । उहाँ डाक्टर हुनुहुन्छ । मेरी हजुर आमाको नाम मिरा मिश्र हो । उहाँ ६० वर्षकी हुनुभयो । उहाँ गृहविज्ञानकाे डाक्टर हुनुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा अहिले अमेरिकामा हुनुहुन्छ । म मेरो परिवारका सदस्यहरूसँग धेरै खेलहरू खेल्ने गरेको छु । म कहिलेकाहीँ परिवारसँग घुम्न पनि जान्छु । मलाई मेरो परिवारले धेरै कुरामा सहयोग गर्नुहुन्छ ।
मेरो नाम रियान्श थापा हाे । म छ वर्षको भएँ । म पैयुँटारमा बस्छु । मेरी आमाको नाम सृष्टि भण्डारी हाे । मेरो बुबाको नाम राेहित थापा हाे । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मलाई कालो रङ्ग मन पर्छ । मलाई गाडी खेल्न मन पर्छ । मेरो मन पर्ने खाना मासुभात हो ।
म बिहान पाँच बजे उठ्छु । बिहान उठेर हात मुख धुन्छु अनि म खाना खान्छु । म पन्ध्र मिनेट टिभी हेरेर स्कुल जाने लुगा लगाउन जान्छु । लुगा लगाएर म स्कुल बस रोक्ने ठाउँसम्म पुग्छु । गाडी चढेर म पुग्छु । म स्कुलमा तीनवटा कक्षाहरू सिध्याएर म खाना खान्छु । खाना खाइसकेपछि म चौरमा खेल्छु । फेरि मेरा कक्षाहरू सुरु हुन्छन् । चारवटा कक्षा सकेर हामी खाजा खान्छौँ । खाजा खाइसकेपछि अन्तिम कक्षा लिएर हामी घर जानको लागि तयार हुन्छौँ । हामी विद्यालयको गाडीमा चढ्छौँ । घर पुगेपछि हातमुख धोएर म गृहकार्य गर्न थाल्छु । गृहकार्य सकेपछि म खाना खान्छु । खाना खाएर म पढ्न बस्छु । यसरी मेरा दैनिक कार्यहरू भइरहेका हुन्छन् ।
My sister’s name is Eshanee Manandhar. She is twelve years old. She reads in grade seven. She likes to play football. She likes singing and dancing. Her favourite subject is HPE. She likes mangoes and bananas. She teaches me the things that I don’t know. She is good at explaining things and I really appreciate her. We enjoy watching TV together. She teaches me different games too. She is hardworking and I really like her handwriting. She annoys me sometimes but I really enjoy her company. She corrects my errors and supports me in everything. I am blessed to have a sister like her.
मेराे देशकाे नाम नेपाल हाे । नेपालमा १४ अञ्चल ७७ जिल्ला छन् । नेपालकाे राष्ट्रिय चरा डाँफे, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक र राष्ट्रिय जनावर गाई हाे । नेपालमा ३ वटा भेग छन् ती हिमाल, पहाड र तराई हुन् । नेपालकाे झन्डा मात्र त्रिकाेण आकारकाे छ । विश्वकाे सबैभन्दा अग्लाे हिमाल सगरमाथा नेपालमै छ । बुद्ध नेपालकाे लुम्बिनीमा जन्मिनु भएकाे थियाे । नेपालमा नेपाली भाषा प्रयाेग गरिन्छ ।
मलाई पाइन्ट र टिसर्ट मन पर्छ । टिसर्ट र पाइन्ट लगाउन सजिलाे हुन्छ । म सधैँ स्कुल जाँदा पाइन्ट र टिसर्ट लगाउँछु । टिसर्ट र पाइन्ट लगाउँदा खेल्न सजिलाे हुन्छ । याे लुगा केटा र केटी सबैले लगाउन मिल्छ । त्यसैले मलाई टिसर्ट र पाइन्ट धेरै मन पर्छ ।