Logo

Student Corner

Articles

हाम्रो देश नेपाल
- Pranik K.C - 33025, Grade III ... 25 May, 2023

हाम्रो देशको नाम नेपाल हो । नेपालको राष्ट्रिय खेल भलिबल हाे । नेपालको राष्ट्रिय चरा डाँफे हाे । नेपालको राष्ट्रिय हतियार खुकुरी हाे । नेपालको राष्ट्रिय रङ सिम्रिक हाे । नेपालको झण्डा तीनकुने आकारको छ । नेपाल भारत र चाइनाको बीचमा पदर्छ । नेपालको झण्डा निलो, सेतो र रातो रङले बनेकाे छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमा छ । गौतम बुद्ध नेपालमा जन्मिनु भएको हाे । नेपालको सबैभन्दा ठूलो नदी काेशी हाे भने लामो नदी कर्णाली हो । नेपालमा धेरै जातजातिका मानिसहरू बसोबास गर्छन् । नेपालमा धेरै मन्दिरहरू छन् । हिन्दुहरूको ठूलो मन्दिर पशुपतिनाथ नेपालमा नै छ । नेपालमा धेरै भाषा बोलिन्छ । नेपाली भाषा हाम्रो राष्ट्रिय भाषा हो । नेपालमा सबै नेपालीहरूको एकआपसमा मिलेर बस्दछन् ।


Read More
दसैँ
- Aarambha Pant - 33003, Grade ... 23 May, 2023

दसैँ नेपालीहरूको सबैभन्दा ठूलो र महान चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँको पहिलाे दिनलाई घटस्थापना भनिन्छ । यस दिनमा जाै, गहुँ, मकै आदिलाई माटोमा मिसाएर जमरा राखिन्छ । दसैँमा देवीको पूजा गरिन्छ । सातौँ दिनलाई फूलपाती भनिन्छ । यस दिन घर घरमा पूजा गरेर फूलपाती भित्र्याउने गरिन्छ । आठौं दिनमा महाअष्टमीको पूजा हुन्छ । नवमीको दिनमा नाै कन्या पूजा गरिन्छ । दसाैँ दिनलाई विजया दशमी भनिन्छ । यस दिन आफूभन्दा ठुलाबडासँग टीका र जमरा लगाएर आशीर्वाद र दक्षिणा लिइन्छ । यसपालिकाे दसैँमा म मेरो घरमा टीका लगाएर मामाघरमा पनि टीका लगाउन गएँ । दसैँको टीका पूर्णिमाको दिनसम्म लगाइन्छ । दसैँ मलाई धेरै नै मन पर्ने चाड हो ।


Read More
आफ्नाे बारेमा
- Umang Raj Singh - 35026, Grad ... 23 May, 2023

मेरो नाम उमङ्गराज सिंह हो । म कपनमा बस्छु । म कक्षा एकमा मा पढ्छु । मलाई रातो रङ्ग मन पर्छ । मलाई हरियो तरकारी खान मन पर्छ । मलाई राजविराज जान पनि मनपर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम खुसी हाे । मेरी आमाको नाम उषा मेहेता हो । उहाँ छत्तिस वर्षकी हुनुभयो । उहाँ घरमा काम गर्नुहुन्छ । मेरो बुबाको नाम रमेश सिंह हो । उहाँ बयालिस वर्षको हुनुभयो । उहाँ अफिसमा काम गर्नुहुन्छ । मेरो घरमा दिदी पनि हुनुहुन्छ । म छ वर्षको भएँ । मलाई बास्केटबल खेल्न मनपर्छ । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म धेरै पढ्छु र म ठुलो भएपछि असल मान्छे बन्ने छु । म धेरै पढेर बुबा आमालाई सहयोग गर्छु ।


Read More