हात्ती एक जङ्गली जनावर हो । हात्तीकाे शरीर ठुलाे हुन्छ । हात्तीका दुईवटा ठूला ठूला कान हुन्छन् । हात्तीका चार वटा खुट्टा हुन्छन् । हात्तीका खुट्टा मोटा मोटा हुन्छन् । हात्तीको एउटा पुच्छर हुन्छ । हात्तीले घाँस खान्छ । हात्ती शाकाहारी प्राणी हो । जङ्गली हात्ती र घरपालुवा हात्ती पनि हुन्छन् । हात्तीकाे लामाे सुँड हुन्छ । हात्तीका दाह्रा पनि हुन्छन् । हात्तीले आफ्नाे सुँडले पानी आफ्नो शरीरमा हाल्छ । हात्तीकाे बच्चालाई छावा भनिन्छ । विशेष गरी हात्ती चितवनमा देख्न र चढ्न पाइन्छ ।
My name is Ujjwol Dhakal. I am six years old. I live in Gaurighat. I'm from Nepal. I study in grade one. I am a boy. The name of my school is Deerwalk Sifal Secondary School. My father's name is Ramesh Dhakal. My mother's name is Rajani Aryal. My grandfather's name is Chaitanya Mishra. My grandmother's name is Mira Mishra. My class teacher's name is Novita Rai. I like mathematics. My favourite game is football. My favourite food is mutton,chicken and fish. I like pear. My favourite actor is Rajesh Hamal.
नेपाल हाम्रो देश हो । नेपाल सुन्दर र शान्त देश हो । हाम्रो देश नेपालमा हरियाली छ । यहाँ धेरै वन जङ्गलहरू छन् । नेपालमा धेरै खोलानाला छन् । नेपाल जलस्रोतको दोस्रो धनी देश हो । यहाँ बाह्र महिना नै खोलानालाहरू बग्छन् । नेपालमा भगवान बुद्धको जन्म भएको हो । भगवान बुद्ध शान्तिका प्रतीक हुनुहुन्छ । नेपालमा सर्वोच्च शिखर सगरमाथा छ । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो ।नेपालमा धेरै राम्रा-राम्रा ठाउँहरू छन् । यी ठाउँहरूमा घुम्न विदेशी पर्यटकहरू नेपाल आउने गर्दछन् । नेपाल साँच्चै नै रमाइलो देश हाे ।
Hello Everyone! Today I am writing about ‘How I spent my weekend?’ On Sunday, it was the Holi Festival. I celebrated with my younger brother. We threw gulal on each other. It was so fun to play with colors. This time, we did not play with a water gun. We enjoyed puri, sabzi, halwa, papad, dhokla with curd and chutney. We wished our relatives ‘Happy Holi’. After this Corona time, we will enjoy it more.
Hello Everyone!
I am writing about my cousins. I have three cousins. They are Arisha Didi, Harshita Didi, and Daksh Bhai. Arisha Didi lives in Toronto, Canada. Harshita Didi and Daksh Bhai live in Delhi. All my cousins are older than me. They love me and I love them. I love to play with them. Family gatherings are a joy for us. It is great fun to be together. We talk about our toys and games whenever we call each other.
मेरो परिवारमा चार जना सदस्य छाैँ । मेरो परिवारमा म, मेरा बुवा, आमा अनि मेरो सानो भाइ पनि छ । हामीहरू सबैजना खुसीसाथ बसेका छौँ । मेरो बुबा व्यापार गर्नुहुन्छ । मेरी ममी चिकित्सक हुनुहुन्छ । म, मेरो सानो भाइसँग मिलेर खेल्छु । आमाबुबाले मलाई राम्रा कुराहरू सिकाउनुहुन्छ । हामीहरू सबै परिवार बेलुकीको खाना सँगै बसेर खान्छौँ । छुट्टीको बेलामा हामीहरू घुम्न जान्छौँ । मलाई मेरो परिवारसँग समय बिताउन मन लाग्छ । म मेराे परिवारका सबै सदस्यलाई माया गर्छु ।
Environment is everything around us. All the living and nonliving things like plants,animals, water, air, cloud, river, sunlight, zoo, bus, road, houses, park, table, bed, mountain, etc make up an environment. Cleanliness of the environment is very important to us because the environment is our surroundings. To keep our environment clean, we should do plantations. We should not cut down trees. We should keep garbage in the dustbin. We should control smoke from vehicles and factories. My environment is clean because all my neighborhood collects garbage and gives to the garbage collecting truck when it comes to collect. Clean environment makes us healthy and wealthy.
काेराेना भाइरसलाई कोभिड-१९ काे नामले पनि चिनिन्छ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ.ले कोरोना भाइरसलाई महामारी घोषित गरेको छ । काेराेना भाइरस विश्वको धेरैजसो देशमा फैलिएको छ । यो भाइरस चिनको बुहान सहरबाट सुरू भएको थियो । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । त्यसैले हामी सावधान हुन जरुरी छ । काराेना भाइरस लागेमा उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, खानाको स्वाद नहुने जस्ता लक्षण देखिन्छ । यस्तो बेलामा विचार गरेन भने ज्यान पनि जान सक्छ । यो भाइरसबाट बच्न साबुनपानीले बेला बेलामा हात धुनुपर्छ । स्यानिटाइजर प्रयोग गर्नुपर्छ । बाहिर जाँदा माक्स लगाउनुपर्छ । अन्य व्यक्तिहरूसँग दुरी कायम गरेर बस्नुपर्छ ।
हाम्रो देशको नाम नेपाल हाे । यसको राजधानी सहर काठमाडौँ हो । नेपालको राष्ट्रिय जनावर गाई हो । लालीगुराँस हाम्रो देशको राष्ट्रिय फूल हो । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्रो राष्ट्रिय चरा डाँफे हाे । हाम्रो राष्ट्रिय हतियार खुकुरी हाे । हाम्रो राष्ट्रिय पोसाक दौरा सुरुवाल र गुन्युचोली हो । हाम्रो राष्ट्रिय खाना गुन्द्रुक र ढिंडो हो । हाम्रो देशको राष्ट्रिय गान “सयाैँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” भन्ने गीत हो । हामीले हाम्रो देशलाई माया गर्नुपर्छ । मैले मेरो देशका केही ठाउँहरू घुमेको छु । पोखरा र लुम्बिनी मलाई मन पर्ने सहर हो । पशुपतिनाथको मन्दिर र हलेसी महादेवको मन्दिर पनि मलाई मन पर्छ । हलेसी महादेवको मन्दिर मेरो गाउँमा पर्छ ।
Hi friends, Today I am writing about my first visit to the school after lockdown. This week, I went to school after one year. The day was Saturday. I was so excited. The first time I met my grade teacher Hama ma’am and English teacher Sarju ma’am. I also met my other teachers. I felt so happy to meet them. When I reached school, Hama ma’am was shocked and so happy. I played football with my little brother. I wore a mask. My mother, aunt, uncle, and my little brother also visited the deer walk complex and school. That day, my art teacher also taught me how to do leaf painting. I was so excited at that time. I was so happy that day.
मेरो नाम हर्षित अग्रवाल हाे। म कक्षा एकको विद्यार्थी हुँ । मैले मङ्सिर महिनामा मासिक पुस्तकको रूपमा ‘गोपीको टोपी’ भन्ने पुस्तक पढेँ । यस किताबमा मैले धेरै थरीका मानिसहरूले लगाउने टोपीको बारेमा जानकारी पाएँ । पहिला मलाई ढाका टोपीको मात्र ज्ञान थियो तर मैले यो पुस्तक पढेपछि टाेपीहरू धेरै प्रकारका हुँदा रहेछन् भन्ने मैले बुझेँ । मानिसहरूले विभिन्न थरीका टोपी लगाउँदा रहेछन् भन्ने थाहा पाएँ । ‘गोपीको टोपी’ भन्ने पुस्तक साँच्चिकै रमाइलो पुस्तक थियो ।