Logo

Student Corner

Articles

मातातीर्थ औँसी
- Sushant Pokharel - 32020, Gra ... 26 May, 2021

प्रत्येक वर्ष वैशाख महिनाको कृष्ण पक्ष औँसीका दिनमा जन्मदिने आमलाई सम्मान गरेर मनाइने चाडलाई मातातीर्थ  औँसी अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ ।  मैले पनि  यसपालिको  वैशाख २८ गतेका दिनमा पर्न गएको मातातीर्थ औँसीमा आमाको मुख हेरी मनाएँ । मैँले  मेरी मामुलाई मिठो  मिठो खानेकुरा रसवरी र चकलेट दिएँ । मामुलाई मैले आफैँले बनाएको आमाको मुख हेर्ने दिनको कार्ड र एउटा टिसर्ट  उपहार दिएर मनाएँ  । मामुले पनि मलाई टीका लगाइदिनु भयो र माया गर्नुभयो । मैले मामुलाई ढोग र अङ्कमाल पनि गरेँ । त्यसपछि मैले हजुरआमा, ठुलीआमा र काकीलाई पनि भिडियो कल गरेर आमाको मुख हेर्ने दिनको शुभकामना दिएँ र उहाँहरूबाट आशीर्वाद लिएँ । 
 


Read More