Logo

Student Corner

Articles

भक्तपुर सहर
- Aamnaya Raj Dhungel - 33002, ... 22 January, 2024

काठमाडौँ उपत्यकामा पर्ने एक सुन्दर सहर भक्तपुर हो । यसको पुरानो नाम ‘भादगाउँ’ पनि हाे । भक्तपुरलाई नेवारी भाषामा ‘ख्वप’ भनिन्छ । भक्तपुरमा धेरै चाडपर्वहरू मनाइन्छन् । भक्तपुरमा दरबार स्क्वायर, राममन्दिर, पाँचतले मन्दिर जस्ता थुप्रै प्रसिद्ध मन्दिरहरू भ्रमणका लागि उपयुक्त छन् । याे सहरका धेरै विशेषताहरूका कारण नै नेपालको तीन महत्त्वपूर्ण सहरमध्ये भित्र पर्दछ । भक्तपुर  नेपालको एक पुरातात्त्विक सहर हो । यस सहरमा ऐतिहासिक स्थलहरू रहेका छन् । यसले नेपालको सौन्दर्य र संस्कृतिको संरक्षण गरेको छ । भक्तपुरमा विभिन्न चाडपर्वहरू धुमधामसँग मनाइन्छ । तीमध्ये बिस्केटजात्रा, गाईजात्रा, स्थानीय जात्राहरू आदि हुन् । गाईजात्रा विशेष गरी भक्तपुरमा धुमधामका साथ मनाइन्छ । भक्तपुरमा माटाका विभिन्न भाँडाहरू बनाउने प्रचलन रहेको छ । यस सुन्दर र प्राचीन सहरमा विशेष किसिमको दही पाइन्छ । जसलाई जुजु धाै पनि भनिन्छ । भक्तपुर देशकै सानो जिल्ला पनि हो । आकारमा सानो भएतापनि यहाँ विभिन्न किसिमका मठ, मन्दिर, पाटी, पौवा आदि प्रशस्तै रहेको छ । यहाँ विविध संस्कृति भेषभूषा देख्न पाइन्छ । भक्तपुरको पुरातात्त्विक वस्तुस्थिती अवलोकन गर्न यहाँ धेरै पर्यटकहरू वर्षै पिच्छे आउने गर्दछन् । त्यसैले यो सहर पर्यटकीय स्थल पनि रहेको छ । जसले गर्दा भक्तपुरको आर्थिक आम्दानी पनि राम्रो रहेको पाइन्छ । 


 


Read More
मेरो विद्यालय
- Abhinya Ghimire - 34042, Grad ... 19 January, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नंम्बर ७ को सिफलमा पर्दछ । पशुपतिनाथ र जयबागेश्वरी जस्ता प्रसिद्ध मन्दिरको छेउमा रहेको हाम्रो विद्यालय हरियाली वातावरण सहित धेरै रमाइलो छ । मेरो विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै अनुभवी शिक्षक र शिक्षिकाहरूले गुणस्तरीय शिक्षा दिनुहुन्छ । मेरो कक्षाकोठामा २२ जना विद्यार्थीहरू छन् । मेरो कक्षा कोठा सफा र शान्त छ । मेरो विद्यालयमा तीनवटा खेल मैदानहरू छन् । मेरो विद्यालयमा बास्केटबल, फुटबल, टेबलटेनिस आदि खेलहरू खेलिन्छन् । मेरो विद्यालयमा कम्प्युटर सम्बन्धी काेडिङ पनि पढाइन्छ । यसको साथै मलाई धेरै मन पर्ने संस्कृतको पनि पढाइ हुन्छ । मेरो विद्यालयमा पुस्तकालय पनि छ । हामी पुस्तकालयमा गएर पढ्छाैँ । मेरो विद्यालयमा आधुनिक र गुणस्तरीय पढाइ हुने भएकोले मलाई मेराे विद्यालय धेरै मन पर्छ ।


 


Read More
समय
- Prinsha Khatiwada - 33022, Gr ... 18 January, 2024

समय संसारको सबैभन्दा मूल्यवान वस्तु हो । काल र क्षण पनि समय हो । समयले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समयलाई देख्न र छुन सकिँदैन अनुभव मात्र गर्न सकिन्छ । मानिसले समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय आफ्नै गतिमा चलिरहन्छ । समयले कसैलाई पर्खंदैन । समय निरन्तर रूपमा चलिरहन्छ । यो कहिल्यै रोकिँदैन जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्न सक्दैन । समयको महत्त्वलाई बुझेर अगाडि बढ्ने मानिस जुनसुकै क्षेत्रमा पनि सफल हुन्छ । समय न ढिलाे चल्छ न छिटो यो आफ्नो गतिमा चलिरहन्छ । बितेको समय फिर्ता हुँदैन त्यसैले समयलाई बर्बाद गर्नुहुँदैन ।


Read More