Logo

Student Corner

मनकामना मन्दिर

Written by: Aarogya Ghimire - 34004, Grade II

Posted on: 25 March, 2024

यसपालिको जाडो बिदामा हामीले मनकामना मन्दिर जाने योजना बनाएका थियाैँ । गत शनिबार बाबा, मामु, काका, काकी र म माइक्रोबस चढेर कुरिनटारसम्म गयौँ । त्यहाँबाट केवलकार चढेर मनकामना पुग्यौँ। त्यहाँ सुन्तलाको बोटमा धेरै सुन्तला फलेका रहेछन् । हामीले टिपेर खायौँ। त्यसदिन राति हामी मनकामना मन्दिर नजिकै होटलमा बस्यौँ । अर्को दिन बिहान नुहाएर मन्दिर दर्शन गर्‍याैँ । त्यसपछि  केवलकार चढेर कुरिनटार फर्कियौँ । मलाई मनकामना जाँदा  धेरै रमाइलो भयो।