Logo

Student Corner

भेदभाव

Written by: Sukriti Silwal - 27024, Grade VIII

Posted on: 19 December, 2022

“ममतालाई छोएर नखेल।” आमाले मेरो कपाल कोर्दै भन्नुभयो । मैले केही भन्न नपाउँदै आमाले “फेरि उसको घरमा नि जाने नगर् र केही दियो भन्ने नखा। बुझिस् नि?”भन्नुभयो। किन भनेर मैले प्रश्न उठाउनै सकिन।

ममता मेराे विद्यालय कि नयाँ विद्यार्थी थिइनँ । उसको पहिलो दिन मै हामी खुब मिल्याैँ तर घरमा आएर मैले आमालाई सुनाउँदा मैले धेरै गाली खाएँ । त्यसपछि आमा दिनकै मलाई उसलाई नछुनु र उसले दिएको खाने कुरा नखानु भन्नुहुन्छ र म केही बोल्दिनँ। ममता अहिले हाम्रो विद्यालयमा आएको ७ महिना भैसक्यो र अहिले हामी अविभाज्य छाैँ ।  सबै कुरा एकअर्कालाई हामीले सुनाए पनि मैले उसलाई मेरी आमासँग उसको बारेमा भनेका कुराहरू मैले उसलाई भन्न सकिनँ।

एकदिन हाम्रो खाजा खाने छुट्टीमा उनले मलाई सोधिन्  “माया! तिमी त मेरी एकदमै मिल्ने साथी हाै तर तिमीलाई मेरो साथी भएको भएर घर कि गाउँमा गाली गर्दैनन् ?” मैले केही भन्न नपाई उनले फेरि भनिन्,”म त तल्लो जातकी छोरी रे, मलाई त कसैले नि छुँदैनन। मैले छोको पानी पनि असुधा हुन्छ रे। थाहा छ ? मलाई अरू मानिसहरूले मन्दिर र धारा नजिक पनि जान दिँदैनन् त्यसैले मैले अहिलेसम्म मन्दिरभित्र गएर सबैले मान्ने भगवान लै देखेको पनि छुइन।” यस्तो सुनेपछि मलाई सारै नराम्रो लाग्यो र मैले आमाले भनेको सबै बुझेँ ।

त्यस दिनबाट म र ममता हात समाउँदै हिड्न थाल्याैँ, एक अर्का सित खाजा बाँडेर खायाैँ र मलाई केही पनि भएन । न त म बिरामी भएँ न त पापी तर एकदिन आमाले हामीलाई सँगै देख्नुभयो र मलाई तानेर घर ल्याउनुभयो “मैले तलै के भनेकी थिएँ ? बुझेको छैनस्  हो ? ऊ तल्लो जात कि केटी हो । उसले छोएको पानी पनि खानुहुँदैन। एसरी हात समौदै खेलेको गाउँलेहरूले देखे भने के भन्ला सोचेको छस ?” आमाले चर्को स्वरमा भन्नुभयो तर यो पालि म चुप लागेर बसिन "के हुन्छ त ऊ तल्लो जातको भएर ? ऊ पनि त एक मान्छे नै हो ! मैले उसले छोएको पानी, खाजा खाएको धेरै भैसक्यो, मलाई त केही पाप लागेको छैन थाहा छ ?  उसलाई कति गारो भाको छ तपाई हरूको साँघुरो दिमागले गर्दा ? सबै मानिस एउतै हो एसरी भेदभाव गर्न मिल्देना।”

मैले यति भनिसकेपछि म आँखाभरि आसुँ बोक्दै ममताकोमा गएँ र उसलाई सबै कुरा भनेँ।  मलाई लागेको थियाे कि मेरी आमाको कारण ऊ मसित रिसाउछे  भनेर तर उसले मलाई अँगालोमा बेरेर केही भनिन
। १० मिनेटपछि म रुन बन्द गरेँ र ममताले मलाई भनिन् “यो पहिलो चोटी कसैले मेरो लागि लडेको छ । धन्यवाद माया।” यस्तो सुनेपछि म साह्रै खुसी भएँ र मलाई अब घर जान डर लागेन। घरमा आमाले मलाई केही भन्नुभएन र भोलि बिहान मेरो कपाल कोर्दा पनि यस्तो देखेर मलाई सारै खुसी लग्यो।

त्यसपछि मैले ममतालाई मन्दिर लगेँ । धारामा पानी भर्न, उसलाई मेरो घर ल्याएँ, तर म  पापी भइनँ। हुन त ममता नि पापी थिइनँ  ।  पापी भनेको त हाम्रो यो समाजको सोच हो ।  जुन हामीले मिलेर परिवर्तन गर्नुपर्छ।