Each and every person experiences peer pressure. Every human being does, including instructors. Firstly what is peer pressure, Peer pressure is basically the pressure your friend gives you. It can be positive or negative. Peer pressure is usually linked to drinking, smoking, smuggling, etc. Peer pressure always involves teenagers. Adolescence is the main reason for peer pressure. Adolescence is a period between 10 to 19 years.
It's true that everything has a type, and peer pressure is no different. Peer pressure takes many forms : Unspoken pressure, Spoken pressure, Indirect peer pressure, Direct peer pressure, Negative peer pressure, Positive peer pressure.
Unspoken peer pressure refers to the pressure you give yourself by looking at others doing various types of activities when you also want to also do the activities.
For instance, you have a friend group, and your friends all smoke but you don’t so you basically start putting pressure on yourself to start smoking.
Spoken peer pressure affects a peer directly, such as someone forcing another to drink alcohol. Said peer pressure is spoken truthfully instead of keeping it in your mouth.
Examples: An individual who forces another individual to smoke, drink, etc. Or, a peer forces another peer to be involved in cheating in an exam hall
Hearing various types of gossip can cause someone to change themselves via indirect peer pressure. No matter how well they perform, they see each other and begin comparing themselves. Examples: They saw a group of girls walking by. They saw how stylish they all looked, so now they want to dress like them.
Direct peer pressure is the pressure a group directly tells a person to do. Like forcing them to drink, someone makes you do things you do not want to get involved in, etc.
Just like direct and indirect there are positive and negative peer pressures. Not every pressure is harmful, some of them are for your own good. Positive peer pressure can be defined as the putting of pressure on someone for their own good.
For instance, pressuring someone to take the right path, pressuring someone to open up more (if they are an introvert), or pressuring someone to read for their own good.
Negative peer pressure occurs when someone pressures you to do harmful things that aren’t healthy for your mental and physical health. The pressure you receive isn't for your benefit, but for theirs. Examples: Pressuring someone to harm someone else or themselves, pressuring someone to get in a fight etc.
विषयप्रवेश -
हजुरआमाकाे लाैराे पुस्तक बालउपन्यास हाे । यसलाई साहित्यकार रामदेव पाण्डेले लेखेका हुन् । यस पुस्तकमा लेखकले बालमनाेविज्ञान र आधुनिक बाबुआमाकाे मनाेविज्ञानलाई केलाएका छन्।
यस उपन्यासमा पाण्डेले अहिलेका आधुनिक बन्न खाेज्ने बाबुआमाले परिवारका सदस्यहरू जस्तै छाेराछाेरी र वृद्ध बाबुआमालाई आफ्नाे जीवनकाे बाेझ मानेर उनीहरूबाट टाढा रहन छाेराछाेरीलाई हाेस्टेल राख्ने र आमाबुबालाई वृद्धाश्रम पठाउने कुसंस्कार माथि व्यङ्ग्य गरेका छन्।
पात्रहरू -
विमल
हजुरआमा
निर्मला
छाया
भीमसेन काका
मन्त्री शिक्षादेवी
कथावस्तुका लहरहरू -
छायाकाे सपना -
छायाकाे सपना भन्ने पाठमा छायाले आफ्नाे अर्धवार्षिक परीक्षाकाे नतिजा प्रकाशन हुने दिन सपनामा आफू परीक्षामा प्रथम भएकाे सपना देखेकाे हजुरआमालाई बताउँदा हजुरआमाले सपनामा देखेकाे कुरा उल्टाे हुने बताउँदै हजुरआमा निराश हुन्छिन् तर छाया साँच्चिकै प्रथम भएर आउँदा हजुरआमाकाे कुरा रुढिवादी साेच भएकाे पुष्टि हुन्छ।
इन्द्रेणी र हाम्राे झन्डा -
इन्द्रेणी र हाम्राे झन्डा भन्ने पाठमा छाया र उसका साथीहरू खेल्दै गर्दा सप्तरङ्गी इन्द्रणी लागेकाे देखेर सबैजना खुसी हुन्छन् । खेलिरहेका छाया र उसका साथीहरू इन्द्रेणी हराएपछि घरतिर जान्छन् र छायाले आफ्नाे घरमा आमाका साथीहरू आएकाे र उनीहरूबिच गफगाफ चलेकाे देख्छिन् र आमाका साथीहरू बिचकाे गफगाफमा छायालाई सहरकाे हाेस्टलमा पढाउँन पठाउने सल्लाह दिएकाे सुन्छे। याे छलफल हुँदाहुँदै छायाकी मिस् पनि त्यहाँ आएर छायालाई हाेस्टल पठाउनुठिक नभएकाे र आफूलाई उनीहरूकाे सल्लाह मन नपरेकाे बताउँदै त्यहाँबाट जान्छिन् तर छायाकी आमालाई उसका साथीहरूकाे सल्लाह मन परेर आफ्नाे श्रीमानसँग सल्लाह गर्ने निधाे गर्छिन्।
हाेस्टेल बहस -
हाेस्टल बहसमा छायाका बाबु र आमा छायाकाे वार्षिक परीक्षापछि छायालाई सहरकाे हाेस्टेलमा राखी पढाउँने कुरामा छलफल गर्छन्। सुरुमा छायाका बुबाले असहमती जनाउँछन्। छायाकी हजुरआमाले पनि विराेध गर्छिन् तर निर्मलाकाे जिताहा व्यवहारले छायालाई सहरकाे हाेस्टलमा राख्ने निधाे गर्दछन्।
छायाकाे काठमाडाैँ यात्रा -
यस पाठमा छाया आफ्नाे पढाइका लागि बाबुआमाकाे हाेस्टल राख्ने निर्णयमा गाउँबाट सहर जान्छे। उसले बाटामा धेरै गाडीहरू देख्छे, ठाउँठाउँमा मिठा खानेकुरा खाँदै काठमाडाैँ पुग्छे । उसलाई काठमाडाैँ आफ्नाे गाउँ नजिककाे टिकुरीकाे वन, सल्ला, माैवा र सिमलका अग्ला रुख र टिमुर, घँगारीका झाङ जस्ताे लाग्छ। काठमाडाैँ आएर उनीहरू एउटा हाेटलमा बस्छन् र भाेलिपल्ट आफू पढ्ने हाेस्टल जान्छन् । त्यहाँ छायालाई सुरुमा डर लाग्छ तर प्रिन्सिपलसँग गफ गर्दै गएपछि केही सहज भएतापनि उसलाई हाेस्टलमा बाबुआमाले छाेडेर जान लाग्दा नरमाइलाे महसुस हुन्छ र हजुरआमाकाे याद आउँछ।
सराएँ नाच -
यस पाठमा सहरकाे हाेस्टलमा बसेकी छाया तीन वर्षपछि दसैँकाे अवसरमा गाउँ आएकी हुन्छे। दशैँकाे बिदामा गाउँ आएकी छाया साथीहरूसँग खेल्न खुसी मान्दै सराएँ नाचकाे तयारी गर्दछन् तर याे नाच केटाहरूले खेल्ने नाच भन्दै गाउँकाे एक काकाले भनेकाे कुरा छायालाई मनपर्दैन उसलाई केटा र केटी बिच भेदभाव गरेकाे मनपर्दैन। त्यही भएर ती काकालाई चुनाैति दिँदै खेलकाे तयारी गर्दछन्।
हजुरआमा बाेल्नुभयाे -
यस पाठमा छायाले आफ्नाे घरमा दसैँकाे बेला मिठाे खानेकुरा पकाएर खान लाग्दा हजुरआमा नभएकाे देख्छे र हजुरआमालाई खाेजेर ल्याउन बाबुआमालाई अनुराेध गर्छे। उसकी आमालाई याे कुरा मनपर्दैन तर पनि छायाले हजुरआमाबिना आफू पनि खाना नखाने जिद्दी गर्दछे। त्यसपछि काेठामा थुनेर राखेकी हजुरआमालाई आमाले गएर ल्याउँछिन् र छायाले हजुरआमासँगै खाना खान्छे। खाना खाएपछि छाया साथीहरूसँग क्रिकेट खेल्न निस्कन्छे तर उसले टेनिस बल लैजान बिर्सन्छे र फर्किएर घर आउँदा आमाले हजुरआमालाई गाली गरेकाे सुन्छे र हजुरआमाले पनि नडराई आफूलाई हाेस्टल पठाएकाे कुरामा हजुरआमा असहमत भएकाे थाहा पाउँछे, तर आमाका कुरामा बुबाले सहमती जनाएकाे तर हजुरआमालाई गाली गरेकाे देखेर छाया दुःखी हुन्छे । त्यही समयमा हजुरआमाले आफ्ना बाबुआमाले आफू छाेरी भएकाे थाहा पाउँदा गरेकाे विवेदपूर्ण व्यवहार हजुरआमाकाे मुखबाट सुन्दछे र नरमाइलाे महसुस गर्छे।
नरमाइलाे दशैँ -
यस पाठमा हजुरआमाले छाया र उसका बाबुआमाले छायाप्रति गरेकाे व्यवहारका बारेमा बाेलेकाे कुराले छायालाई हजुरआमाबाट छुट्याएर आफ्नाे काेठामा सुताउँदा छायालाई नरमाइलाे लाग्छ र त्यहाँ सुतेकाे बेला आफ्ना बाबुआमाले हजुरआमालाई वृद्धाश्रममा छाेड्ने याेजनाका बारेमा थाहा पाउँछे। उसलाई नरमाइलाे लाग्छ र दशैँ पनि नरमाइलाे हुन्छ।
हजुरआमा हराउनुभयाे -
छाया दशैँपछि हाेस्टल फर्किएलगत्तै उसले घरमा फाेन गर्दा हजुरआमा हराएकाे भन्ने कुरा उसकी आमाबाट थाहा पाउँछे तर छायालाई उसका अभिभावकले तीर्थ लैजाने भनी वृद्धाश्रममा लगेर छाेड्ने याेजना थाहा थियाे। यस्ताे याेजना बनाउँन मन्त्री शिक्षादेवीले आफ्नी आमालाई वृद्धाश्रममा छाेडेकाे समाचारले उसका अभिभावकलाई प्रेरणा मिलेकाे महसुस हुन्छ र ती मन्त्रीप्रति छायालाई घृणा हुन्छ।
छाया भागी -
यस पाठमा छायाकी हजुरआमा हराएकाे कुराले छायालाई पीडा हुन्छ र उसले हाेस्टल छाेड्ने याेजना बनाउँछे र त्यहाँकाे पाले काका भीमसेनसँग सल्लाह गरेर हाेस्टलबाट भाग्छे। ऊ ट्याक्सीमा चडेर पशुपति क्षेत्रकाे वृद्धाश्रममा जान्छे।
हजुरआमासँग भेट -
भीमसेनकाे सहयाेगबाट हाेस्टेल छाडेकी छायाकाे वृद्धाश्रममा हजुरआमासँग भेट हुन्छ र उसले हजुरआमालाई अनुराेध गर्दै आफू पनि त्यही वृद्धाश्रममा बस्दछे र त्याे कुरा पाले काकालाई भन्छे।
छायाकाे खाेजतलास -
यस पाठमा छायाले हाेस्टल छाेडेकाे चार दिनपछि घरबाट फाेन आउँदा छाया हाेस्टलबाट हराएकाे थाहा हुन्छ र स्कुल,अन्य अभिभावक र छायाका बाबुआमा बिचमा तनाव हुन्छ र छायाकाे खाेजी कार्य सुरु हुन्छ। उनीहरूले छायाकाे खाेजीका लागि उजुरी दिन्छन् । छाया हराउँनुकाे कारण उसकाे अपहरण वा फिराैती वा बेचबिखन हुनसक्ने शङ्का गरिन्छ तर उसकाे कतै पनि पत्ताे लाग्दैन ।
हजुरआमा र छायाकाे खबर -
यस पाठमा छाया हराएकाे धेरै समयपछि उसकाे र हजुरआमाकाे खबर समाचारमा आएकाे बारेमा व्याख्या गरिएकाे छ। यसमा अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे दिन मिडियाले छायाकाे हजुरआमा र छायालाई वृद्धाश्रममा भेटेर बनाएकाे रिपाेर्ट प्रशारण गर्दा छायाका अभिभावकले छाया हजुरआमासँग भएकाे थाहा पाउँछन् र छायाले आफ्नाे नाम परिवर्तन गरी हजुरआमासँग बस्न थालेकी हुन्छे । याे कुरा उसका अभिभावकले टिभीबाट थाहा पाई उनीहरू काठमाडाैँतिर यात्रा गर्दछन्।
आमा र छाेरीसँग भेट -
छायाका अभिभावकले छाया हजुरआमासँग वृद्धाश्रममा भएकाे थाहा पाएपछि आफ्नी आमा र छाेरीलाई भेट्न काठमाडाैँ जान्छन् । पशुपति क्षेत्रकाे वृद्धाश्रममा आमा र छाेरी भएकाे थाहा पाएर त्यहाँ जाँदा उनीहरू मिडिया र पुलिसकाे घेराभित्र भएकाे देख्छन् र हतारिदै उनीहरूलाई भेट्न जाँदा पुलिसले राेक्छ, जसले गर्दा उनीहरूले ती वृद्धा र बालिका आफ्नी आमा र छाेरी भएकाे बताउँछन्, तर छाया र हजुरआमाले याे कुरा स्वीकार गर्दैनन् र त्यहाँबाट भाग्ने काेसिस गर्छन् तर पुलिसले सबैलाई चाैकी लैजान्छन्।
पुनर्मिलन -
पुलिस चाैकीमा छाया, हजुरआमा र अभिभावकबिच कुराकानी हुन्छ । धेरै बेरकाे कुराकानीपछि छाया र हजुरआमाले आफूहरू उनीहरूका छाेरी र आमा भएकाे स्वीकार गर्छन्, तर सँगै फर्किएर घर नजाने अडान राख्छन् तर विमल र निर्मलाले माफ मागेपछि र अधिकारकर्मीहरूले अनुराेध गर्दै सम्झाएपछि उनीहरूलाई माफ गर्दै घर फर्कन्छन्।
याे कुरा मिडियामा समाचार बन्दछ र छायाले गरेकाे कामले प्रशंसा पाउँछ र उसकाे विद्यालयलाई सरकारी अनुदान प्राप्त भई आधारभूत विद्यालयबाट +२ सम्मकाे स्वीकृति प्राप्त हुन्छ। छायालाई पनि पुरस्कार र सम्मान पाउने याेजना बनेकाे हुन्छ । छाया, मन्त्री शिक्षादेवीबाट सम्मानित हुने निधाे हुन्छ तर शिक्षादेवीलाई छायाले मन पराउँदिनन्, र उनकाे हातबाट दिइने पुरस्कार र सम्मान अस्वीकार गर्दछिन्, किनकी उसकी हजुरआमालाई वृद्धाश्रम छाेड्ने उसका अभिभावककाे याेजना बनाउँन उनै मन्त्रीकाे प्रेरणा थियाे भन्ने छायालाई लागेकाे हुन्छ।
सुखद क्षण -
छायाले मन्त्रीकाे हातबाट पुरस्कार र सम्मान अस्वीकार गरेपछि गाउँलेहरू रिसाएका हुन्छन् । कसैले मन्त्रीलाई अपमान गरेकाे भन्दै छायालाई गाली गर्दछन् भने कतिले छायाका कारण आफ्नाे विद्यालयमा आएकाे अनुदान नपाउँने भन्ने शङ्का गर्दछन् तर मिडियाले भने छायाकाे याे साहसलाई प्रकाशन गरी छायाकाे प्रचार-प्रसार गरिदिन्छन् । जसका कारणले छायालाई साहसी बालिकाकाे रुपमा चिनायाे र उनीलाई राष्ट्रिय बालप्रतिभा पुरस्कारका लागि सिफारिस गरिन्छ । शिक्षादेवीले पनि ५ वर्ष देखि वृद्धाश्रममा राखिएकी आफ्नी आमालाई घर ल्याइन् जुन प्रेरणा छायाकाे थियाे।
निष्कर्ष -
उपन्यासकार रामदेव पान्डेले लेखेकाे हजुरआमाकाे लाैराे बालउपन्यास जेष्ठ नागरिक र बालबालिकाकाे पक्षमा लेखिएकाे बालसाहित्यिक पुस्तक हाे। यसले अहिलेकाे आधुनिक समाजमा आफू आधुनिक बन्नका लागि आफ्ना बालबालिका र वृद्धवृद्धाहरूलाई गरिने व्यवहार कस्ताे छ भन्ने कुरा सहज र सरल भाषाकाे प्रयाेग गरी व्याख्या गरिएकाे छ। ग्रामिण परिवेशमा हुर्किएका व्यक्तिहरूले सहरी वातावरणकाे नक्कल गर्न खाेज्दा परिवार नै लथालिङ्ग भएकाे कुरालाई निर्मला, छाया, हजुरआमा र निर्मलाका साथीहरूले गरेका व्यवहार र भाेगाइकाे चर्चा गरी बुझाउन खाेजिएकाे छ।
मेरी आमा मेरी प्राणदाता
मलाई जन्म दिइन्
संसार देखाइन्
मेरी सहारा
मेरा हरेक सपना अनि शिक्षा
मेरी संसार ।
जन्माइन्, हुर्क्याइन्, बढाइन्
अनि असल मार्गमा हिडाइन्
उज्ज्वल भविष्यकाे लागि
असल संस्कारमा हिड्न सिकाइन् ।
मेरी ममतामी खानी
मेरी मायाकी रानी
मेरी भगवान
मेरी सर्वस्व
मेरी जननी
मेरी आमा ।
Last month I read a book named “Tropical Secrets”. "Tropical Secrets: Holocaust Refugees in Cuba" is a book written by Margarita Engle. The book is a historical fiction and poetry hybrid, and it is based on the true story of Jewish refugees who fled Nazi-occupied Europe to seek refuge in Cuba during World War II. The book explores themes of identity, loss, hope, and the courage it takes to survive in a new land. It highlights the struggles and triumphs of the refugees as they attempt to rebuild their lives in Cuba.
The main protagonist Daniel escaped Nazi Germany with nothing but the desperate dream of one day finding his parents again. But New York turns away his ship full of refugees and Daniel finds himself in Cuba. As the tropical island begins to work its magic on him, the young refugee becomes friends with a local girl who has painful secrets of her own.
It is loved for its lyrical writing style.
कार्तिक महिनामा तुलसीको बोटमा होम गरिन्छ। हाम्रो घरमा पनि सानो तुलसीको मठ छ। त्यसैले तुलसीलाई रोपेर पुजा गरेर स्याहार गरेर ठुलो भएपछि तुलसीको होम गरिन्छ। याे वर्ष २०७९/७/२७ गतेका दिन पुरोहित बाजे बिहानको ६ बज नै आइपुग्नुभयो अनि सबै तयारी गरी ६:३० बजेदेखि होमको कार्यक्रम सुरु भयो। त्यहाँ घरका परिवार सबै उपस्थित हुनुहुन्थ्यो। होम ८:३०मा सकेपछि पुरोहित बाजेले सबैलाई पालैपालो टीका लगाइदिनुभयो। हामीले पुरोहित बाजेलाई दक्षिणा दियौँ । त्यसपछि मेरी आमाले बुढानिलकण्ठ नारनथान जाने भनेर सोध्नुभयो। मैले रमाउदै जाने भने। हामी १०:३० बजे घरबाट निस्क्यौँ बाटो खुल्ला भएको कारण हामी छिट्टै पुगेको महसुस भयो। मन्दिर वरिपरिको रौनक नै अर्कै थियो। रमाइलो मनै आनन्द मन्दिर भएकोले जताततै फूलै फूल थोरै सिँढी चढे पुग्ने अनि दर्शनको लागि लाइन बस्यौँ । जुत्ता फुकाल्नुपर्ने रहेछ । जुत्ता नहराओस भनेर टाेकन पनि दिने रहेछ । सँगै डोनेसन बक्स पनि रहेछ । हामीलाई इच्छा लागेको पैसा त्यसमा खसाइदिन मिल्ने रहेछ कार्तिक महिनामा नारनथान मेला लाग्ने रहेछ। त्यसैले आइतबार भए पनि भिडभाड नै रहेछ। सयपत्री, गोदावरी फूलको मौसम भएकोले होला प्रायः सबै भक्तजनहरूको पूजा थालीमा राम्रा राम्रा माला देखेँ । भगवानको लागि पोखरीमा पनि फूल नै फूल थियो। पानी माथि माथि फूलले नै ढाकेको थियो।अनि भक्तजनले चढाएको फलफूल स्याउ, केरा बिमिरो पानीमा नै तैरिरहेको थियो। मलाई चाहिँ त्यो फलफूल खाने मान्छेलाई बाँढे पनि हुन्थ्यो जस्तो लाग्यो खेर जानु सट्टा । हामी लाइनमा नै थियाैँ। दृश्य बाहिरबाट नै देखिन्थ्यो। विशाल नारायण भगवानको मूर्ति स्पष्ट देखिन्थ्यो वरिपरि नागैनाग बिचमा भगवान सुतिरहनु भएको मूर्ति सफा थियो । एकदम राम्रो थियो। त्यहाँ लाइनलाई व्यवस्थित गर्न स्काउटका विद्यार्थीहरू थिए। बुढा बुढीहरूको लागि लाइन नबसी दर्शन गर्न पाउने व्यवस्था आयो दर्शन गरियो। आजकाल सामाजिक सञ्जाल टिकटकको जमाना छ। मन्दिर भित्र चाहिँ पोखरी भएको ठाउमा फोटो खिच्न मनाही रहेछ। बाहिर त फोटो खिच्ने टिकटक बनाउनेको त घुँइचो नै थियो। मैले पनि अरूहरूको फोटो खिचिदिएँ । अरूहरूकै आग्रहमा मन्दिर परिसरभित्र सप्ताह पनि लगाइरहेको थियो। दर्शन गरेर बाहिर निस्कदा थुप्रै मानिसहरू माग्न बसिरहेका थिए । त्यसमध्ये एकजना व्यक्ति थिए। उनी आफैँ बिरामी कुनै रोगले ग्रहित जस्तो कमजोर देखिन्थे । त्यस मान्छेलाई माया लागेर अरूलाईभन्दा केही धेरै पैसा दिए अनि त्यहाँबाट हामी राधा कृष्णको मन्दिरतिर लाग्यौँ । त्यहाँ बाटोमा बुढानिलकण्ठ स्कुल पर्नेरहेछ। मैले देखे कत्रो ठुलो एरिया रहेछ । भवनहरू खेलमैदानहरू पनि देखेँ । त्यहाँका विद्यार्थीहरू खेलिरहेका थिए। मलाई रमाइलो लाग्यो अनि केही बेरमा राजा कृष्णमन्दिर आयो। शान्त वातावरण रमणीय हरियाली सफा रहेछ । राधाकृष्ण मन्दिर जाने बाटोको छेउमा एउटा सानो खोला पनि बगिरहेको थियो। जताततै राधाकृष्ण सम्बन्धी मूर्तिहरू देखेँ। ज्ञानका कुराहरू पनि थाहा हुन्थ्यो। साना साना कुण्डहरू पनि थिए। त्यहाँ चाहिँ मान्छेको भिड थिएन त्यसैले पनि होला रमाइलो लाग्यो। त्यहाँबाट फर्केर बिहानको खाना हामी बाहिरै खाएर घर फर्कियाैँ। घर पुग्दा अलि अलि थाकेको हुनाले आराम गरेँ। अनि साँझतिर बाँकी रहेको गृहकार्य गरेर खाना खाएर सुतेँ।
We are in the 21st century. Nowadays, our life is very comfortable and convenient. We are being surrounded by different modern and scientific equipment in our daily lives. Humans invent a lot of equipment which makes our life easy but we are being more dependent on those things. We already experienced the development of technology.
One of the most important technologies we are using in our daily life is internet access. It is important in the sense that we can easily get relevant information that is needed in our daily work. It is important especially to scientists, teachers, officers, medical persons and others. It is more important to students because it helps to get information regarding their education. In our generation today, with the involvement of technology, specifically the internet; it should be limited in access to students. It should be especially prohibited for some sites which are not suitable for young children or students because it might affect their life, development and growth in their mind. They may interpret our society. Internet access should have limited access to students because there are some contents and sites on the internet which are harmful to teenages and bring negative activities. Students should access relevant information rather than all the things that are available on the internet.
The mostly used youtube channel should not be accessible to students. They should have only access to information which will help their needs in school. Parents should be aware of how their children are using the internet and they really benefit from the use of the internet. They should take care of their children if they notice some behaviour changes in their children.
We know that students need the internet for their academic growth and development but we should also be aware about its misuse. Everything has both good and bad effects. Similarly, using the internet may bring good and also bad things. So we should think about whether we use the internet to get good things and ignore the things which will be harmful to us and also to our career.
We should not be addicted to internet games, social media pages and others which are not useful for the time being. By using these things, we are wasting our valuable time. We should do creative things instead of wasting time by using the internet for more time.
Have you ever wondered what will happen if we live in the creepiest place ever? Well many of you might say that there will be jumpscares, deaths, and many paranormal activities. Well that is true. Ghosts,vampires or other creatures also have levels of torture for humans, animals and plants. I am writing about a ghostly face of a young 15 year old girl.
Let's begin the story, in a small village of Vietnam a baby girl was born. She grew up really fast and was named Noshika. She was the eldest child with a little brother of 5ys old. Let's go back to the time before her brother was born and the first time she was involved in ghostly activities. It was around 3rd grade when her friend told her about the ghosts that haunt but she didn't quite understand it. After one month she started to see some white figures. Well she could only see it. Some people thought that she had pearl blindness. But the doctors said no. Then the thing completely vanished.
As time passed by, she was totally bored so she decided to go to indoor camp. She was home alone because her parents were out of the valley with her brother. She had to stay alone for 3 weeks. She invited her friends to her house and they all had lots of fun. Then one of her friends told her to go to her house for a sleepover. Noshika agreed and they were preparing to go to the other girl's house. Suddenly it started to rain and the power was off. Her friends Sarah, Kate ,Nikki and Noshika loved horror stuff. They knew what to do. Noshika had a whole box of summons of ghosts. While they were playing, the door to their parents door went open.
Their parents had warned her not to go to their room at any cost but not minding the ghost she was about to close the door but a hand pulled her inside. Then a scream came and there was a blast of blood all around the room. Soon the 3 girls also burst into blood. The reason is still unknown what happened to them. And their parents and her brother have not been found. Whoever goes inside this house will die the way they did.
१) हाम्रो दिमाग ब्यूँझिएको अवस्थामा भन्दा निद्रामा हुँदा बढी सक्रिय हुन्छ ।
२) मस्तिष्कको सबैभन्दा ठुलो भाग सेरेब्रम हो, जसले मस्तिष्कको वजन ८५% बढाउँछ।
३) मानव मस्तिष्कले औसत दिन ७०,००० विचारहरूको सङ्ख्या उत्पादन गर्दछ ।
४) मानव मस्तिष्कमा लगभग ७५% पानी रहेको छ।
५) हामीले हाम्रो मस्तिष्कलाई स्वस्थ राख्न पौष्टिक खाना खानुपर्छ ।
६)राति सुत्दा देखिने सपना हाम्रो मस्तिष्कमा कल्पना र भौतिक अवस्थाको संयोजन हो।
७) हामी हाम्रो मस्तिष्कको १०% भन्दा बढी प्रयोग गर्छौं।
म एक सानी ब्राह्मणकी छाेरी ६ कक्षा पढ्छु म
परिश्रम गर्छु, प्रगति गर्छु अगाडि बढ्छु म ।
गरिब दुखीलाई सहयाेग गरी महान बन्छु म
सबै अग्रजलाई सम्मान गरी संस्कारी बन्छु म ।
धेरै पढेर धेरै लेखेर अगाडि बढ्छु म
सद्भाव बढाई सत्कर्म गरी महान बन्छु म ।
हरेक काममा सफल भई पुरस्कार जित्छु म
कामले हिड्छु संस्कार लिन्छु सिर्जना सिक्छु म ।
देशकाे विकास गर्नलाई सधैँ कम्मर कस्छु म
श्रमकाे सम्मान गरेर सधैँ स्वदेशमा बस्छु म ।
Most of us are aware that the government has taken action against street vendors, ordering them to stop or be removed from the streets. Many people disagree with this statement due to the fact that many videos on social media have stated that this is wrong and that the street vendors also have a right to do their jobs and put food on their plates. This is correct, but The street vendors may seem poor, but they make more money than we think—even more than shopkeepers. Many people think this may be due to the street vendors selling things for cheap and making more money by increasing their prices, but the truth is that the street vendors make money by paying less tax or even no tax. For example, a shopkeeper has to pay tax based on their income, but they also have to pay rent and VAT, which come along with the goods we buy. But the street vendors do not have to pay rent fees, and they also get away by not paying VAT bills, which, in conclusion, makes them earn more than the shopkeeper's. Not only that, but street vendors also take up most of the sidewalks and other public spaces. But they also get until 9 o’clock in the morning to sell their goods, which are not even good quality. I am not including all of them, but I do include most of them.
म नगरकोट जान आतुर भएकोले ६ बजे नै उठेँ। त्यो ठाउँमा म दोस्रो पटक जाँदै थिए । म ३ वर्षको हुँदा त्यही ठाउँमा गएकी थिएँ भनेर त्यहाँकाे सम्झना आयो । मलाई थाहा थियो, ७ वर्षपछि धेरै कुराहरू परिवर्तन भएका छन् भनेर तर मलाई नगरकोटको वातावरण उस्तै हुनेछ जस्तो लाग्यो । म उठेर बिहानको खाजा खाएँ । त्यसपछि, म यात्राको लागि तयार भएँ। म, भाइ, मामा, बहिनी, माइजु , बुबा र आमा नगरकोट जाँदै थियौँ । हामी बाबाको गाडी लिएर जाँदै थियौँ । तयार भएपछि काका, काकी र बहिनी आएछन् र हामी सबै गाडीमा बसेर नगरकोट गयौँ । मैले नगरकोट जाँदा धेरै सुन्दर प्राकृतिक सम्पदा देखेँ, मौसम पनि राम्रो थियो । बीचमा म र मेरो परिवार गाडीबाट बाहिर निस्कियौँ। हामीलाई भोक लागेकाले केही खान गयाैँ। बीचमा हामीले फोटो पनि खिच्यौँ । नगरकोट प्रवेश गर्दा मैले त्यहाँ धेरै पसलहरू र धेरै मानिसहरू पिकनिक गर्दै र घुम्न जाँदै गरेको देखेँ। बेलुका नगरकोट पुगेर एउटा होटलमा बस्ने निधो गर्याैँ । सौभाग्यवश, मेरो बुबाको एकजना साथीले त्यहाँ एउटा होटल खाेलेकाे थाहा भयाे। हामी त्यहीँ बस्ने निर्णय गर्यौँ । होटल साँच्चै राम्राे थियो। हामीले सूर्योदय र सूर्यास्त हेर्नका लागि माथिल्लाे तला एउटा कोठा बुक गर्याैँ। हामी साँझमा पुगेकाले सूर्यास्त देख्यौँ । नगरकाेटबाट देखिएकाे सूर्याेदयकाे दृश्य साच्चै मनाेरम थियाे । त्यसले मेराे मनमा स्वर्गीय आनन्द दिइरहेकाे थियाे । यो ठाउँ कसरी प्रदूषण मुक्त र ताजा र सुन्दर थियो भनेर मलाई खुल्दुली भयाे । यसले मेरो मानसिक स्वास्थ्यलाई ताजा बनायो । हावा पनि सहज रुपमा चलिरहेको थियो । केही बेर आराम गर्याैँ । त्यसपछि बेलुकाकाे खाना खान लाग्यौँ । होटलले हामीलाई दिएको खाना साँच्चै मिठाे थियो । हिउँदको मौसममा नगरकोटमा जाँदा अत्यधिक चिसो हुने भएकाले मैले न्यानाे लुगा लगेकी थिएँ । त्यहाँकाे माैसम ताजा र रमणीय भएकाले मेराे मनमा सकारात्मक सोच आउन थाल्यो । अनि मैले भोलिपल्ट गर्ने कामहरूकाे याेजना बनाएँ । सुत्ने बेलामा मैले मेरो घर सम्झेँ तर मलाई घरभन्दा त्याे हाेटलमा बस्न रमाइलो लाग्यो। त्यसपछि कोठाको बत्ती बन्द गरेर सुतेँ ।
भाेलिपल्ट, म ८ बजे उठेँ । त्यस दिन मेरो परिवारले साली नदी मन्दिर जाने निर्णय गरेका रहेछन् । म त्यो मन्दिर कहिल्यै नगएको हुनाले म साँच्चै उत्साहित थिएँ। बिहानको खाजा खाएपछि म हतारःहतार लुगा लगाएर गाडीमा बसेँ किनकी मन्दिर अलि टाढा थियो । हामीले बाटोमा फुङ्फुङ् ताल देख्यौँ तर भोलि मात्र ताल घुम्ने निर्णय गर्याैँ । म र मेरो परिवार भोकाएको हुनाले हामीले सडककै छेउमा खाना खाने निर्णय गर्याैँ जुन वास्तवमै मिठाे थियो । मन्दिर घुम्न जाँदा हामीले वरपर धेरै चराहरू देख्यौँ । जब म मन्दिर गएँ, मैले मन्दिरको वरिपरि धेरै परेवाहरू देखेँ र म र भाइबहिनीले तिनीहरूलाई उडाउन थाल्याैँ । परेवा उडेको दृश्य साँच्चै रमाइलाे थियो । मन्दिरको ढोका ठुलो थियो र मैले धेरै मानिसहरूलाई नदीमा नुहाएको पनि देखेँ। माघ महिनामा सालीनदीमा नुहाएर स्वस्थानीकाे पूजा गरी व्रत बसेमा आफूले साेचेकाे वा कामना गरेकाे पूरा हुने जनविश्वास रहेछ । साे विश्वासअनुसार भक्तजनले नुहाएका रहेछन् । त्यहाँ हामीले हातमुख धाेयाैँ र म र मेरो परिवारले मन्दिरमा पूजा गर्ने निर्णय गर्याैँ र पूजासामग्री किनेर पूजा पनि गर्याैँ । त्यसपछि हामीले स्वस्थानीकाे मन्दिर, शिव, गणेशकाे दर्शन गर्याैँ र गाेमाकाे कुटीकाे पनि अवलाेकन गर्याैँ । हामीले केही फोटोहरू पनि खिच्यौँ। त्यसपछि हामीले सडकको खाना खायौँ र होटलमा फर्कियौँ । म थाकेका कारण छिटै निदाएँ । त्यो रात जाडो थियो त्यसैले मैले बेलुकाको खाना चाँडै खाने र चाँडै सुत्ने निर्णय गरेँ र सुतेँ ।
अर्काे दिन चराहरूको रमाइलो चिरबिर सुनेर म ७ बजे उठेँ । मैले मुख धाेएर लुगा लगाएँ । धेरै समय बाँकी रहेकाले, मेरो परिवारले नगरकोट वरिपरि घुम्ने निर्णय गर्याे । नगरकोट वरिपरि धेरै पसलहरू थिए र मैले फुङ्फुङ् ताल देखेँ जुन मैले मेरो जीवनमा देखेको सबैभन्दा सुन्दर स्रोतहरू मध्ये एक थियो । फुङ्फुङ् ताल वरपर धेरै पसलहरू थिए । तालको शान्त आवाज साँच्चै राम्रो थियो । सम्झनाका लागि हामीले तालका केही तस्बिर खिच्याैँ । त्यसपछि बाटोमा मैले चिया पिएँ र सेलरोटी खायौँ जुन त्यति मिठाे थिएन। मलाई होटेलमा प्यानकेक खान मन लाग्यो त्यसैले मैले बाटोमा धेरै खाइनँ । होटलमा पुगेपछि मैले हातमुख धाेएँ र प्यानकेकहरू अर्डर गरें । जब म प्यानकेक आउन पर्खिरहेको थिएँ, मैले सूर्योदय भएको देखेँ। यस दृश्यले हाम्राे यात्रालाई अझ सुन्दर र मनमोहक बनाएको थियो । मैले मेरो अगाडिको दृश्य हेर्दै खाना खाएँ । हामीले केही समयको लागि स्किपिङ् डोरी खेल्याैँ र मेरा भाइबहिनीहरूसँग धेरै परम्परागत खेलहरू पनि खेल्यौँ । मलाई त्यहाँ समय बिताउन साँच्चै रमाइलो लाग्यो । घर फर्कँदा डुङ्गा चढ्ने निधो गरी नागढुँगा भन्ने ठाउँमा गयौँ । म सुरुमा निकै डराएकी थिएँ किनभने यो भनिएको थियो कि त्यहाँ पानीमा सर्पहरू छन् तर डुङ्गामा केही मिनेट बिताएपछि म शान्त भएँ र डुङ्गा सवारी खुसी हुदैँ गरेँ । डुङ्गा चढ्ने ठाउँ पनि राम्रो थियो तर, हाम्रो योजना त्यहाँ एक दिन मात्रै बस्ने भएकोले जानुपर्ने थियो । बाटोमा मैले एउटा सुन्दर गाउँ देखेँ र त्यहाँ धेरै फूल र बिरुवाहरू थिए । जुन चलचित्रको दृश्य जस्तै देखिन्थ्यो। हामीले धेरै दृश्यका फोटोहरू पनि खिच्यौँ। त्यसपछि हामीले रेस्टुरेन्टमा खाने निर्णय गर्यौँ । त्यहाँ भने खाजा खायौँ । यो दिन साँच्चै राम्रो र रमाइलो दिन थियो । मैले आफ्नो दिमागलाई ताजा गर्न, विभिन्न ठाउँहरू घुम्न र रमाइलो गर्न पाएँ । घर पुगेपछि मामा, माइजु र बहिनी केहीबेर मेरो घरमा आराम गरी आफ्नाे घर जानुभयाे। उहाँहरू गएपछि, मैले मेरो परिवारका सदस्यहरूलाई यात्राको बारेमा बताएँ र उहाँहरू अर्को पटक हामीसँगै जाने हुनुभयाे । म पहिले नै अघाएकी थिएँ र म धेरै थाकेकी भएर सुतेँ । मामामाइनू र भाइबहिनीसँग गरेकाे तीन दिनकाे यात्रा साच्चै नै ज्ञानवर्धक र स्मरणीय रहेकाे थियाे ।
Starting by the lead
I follow every step of my creator
Not what I wanted
But do I really have a choice?
Admiring the road as I walk
Noticing it's filled with huge rocks
But everywhere my lead goes,
It disappears into thin air
It's like magic and a fairytale
But suddenly she's fading away
Where did my mother go?
Why did she leave me alone?
No matter how terrible it feels without her
I keep walking until I find a success
So many obstacles
I just want to give up
Here and there I see
And challenges keep occuring
I feel tired
I want to stop by but I cannot
I keep moving forward
Until I see it
It's there, I found it!
The finish line.