Logo

Student Corner

नगरकोटको घुमघाम

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 27 January, 2023

म नगरकोट जान आतुर भएकोले ६ बजे नै उठेँ। त्यो ठाउँमा म दोस्रो पटक जाँदै थिए । म ३ वर्षको हुँदा त्यही ठाउँमा गएकी थिएँ भनेर त्यहाँकाे सम्झना आयो । मलाई थाहा थियो, ७ वर्षपछि धेरै कुराहरू परिवर्तन भएका छन् भनेर तर मलाई नगरकोटको वातावरण उस्तै हुनेछ जस्तो लाग्यो । म उठेर बिहानको खाजा खाएँ । त्यसपछि, म यात्राको लागि तयार भएँ। म, भाइ, मामा, बहिनी, माइजु , बुबा र आमा नगरकोट जाँदै थियौँ । हामी बाबाको गाडी लिएर जाँदै थियौँ । तयार भएपछि काका, काकी र बहिनी आएछन् र हामी सबै गाडीमा बसेर नगरकोट गयौँ । मैले नगरकोट जाँदा धेरै सुन्दर प्राकृतिक सम्पदा देखेँ, मौसम पनि राम्रो थियो । बीचमा म र मेरो परिवार गाडीबाट बाहिर निस्कियौँ। हामीलाई भोक लागेकाले केही खान गयाैँ। बीचमा हामीले फोटो पनि खिच्यौँ । नगरकोट प्रवेश गर्दा मैले त्यहाँ धेरै पसलहरू र धेरै मानिसहरू पिकनिक गर्दै र घुम्न जाँदै गरेको देखेँ। बेलुका नगरकोट पुगेर एउटा होटलमा बस्ने निधो गर्‍याैँ । सौभाग्यवश, मेरो बुबाको एकजना साथीले त्यहाँ एउटा होटल खाेलेकाे थाहा भयाे। हामी त्यहीँ बस्ने निर्णय गर्‍यौँ । होटल साँच्चै राम्राे थियो। हामीले सूर्योदय र सूर्यास्त हेर्नका लागि माथिल्लाे तला एउटा कोठा बुक गर्‍याैँ। हामी साँझमा पुगेकाले सूर्यास्त देख्यौँ । नगरकाेटबाट देखिएकाे सूर्याेदयकाे दृश्य साच्चै मनाेरम थियाे । त्यसले मेराे मनमा स्वर्गीय आनन्द दिइरहेकाे थियाे ।  यो ठाउँ कसरी प्रदूषण मुक्त र ताजा र सुन्दर थियो भनेर मलाई खुल्दुली भयाे । यसले मेरो मानसिक स्वास्थ्यलाई ताजा बनायो ।  हावा पनि सहज रुपमा चलिरहेको थियो । केही बेर आराम गर्‍याैँ । त्यसपछि बेलुकाकाे खाना खान लाग्यौँ  ।  होटलले हामीलाई दिएको खाना साँच्चै मिठाे थियो । हिउँदको मौसममा नगरकोटमा जाँदा अत्यधिक चिसो हुने भएकाले मैले न्यानाे लुगा लगेकी थिएँ ।  त्यहाँकाे माैसम ताजा र रमणीय भएकाले मेराे मनमा सकारात्मक सोच आउन थाल्यो । अनि मैले भोलिपल्ट गर्ने कामहरूकाे याेजना बनाएँ । सुत्ने बेलामा मैले मेरो घर सम्झेँ तर मलाई घरभन्दा त्याे हाेटलमा बस्न रमाइलो लाग्यो। त्यसपछि कोठाको बत्ती बन्द गरेर सुतेँ ।
भाेलिपल्ट, म ८ बजे उठेँ । त्यस दिन मेरो परिवारले साली नदी मन्दिर जाने निर्णय गरेका रहेछन् । म त्यो मन्दिर कहिल्यै नगएको हुनाले म साँच्चै उत्साहित थिएँ। बिहानको खाजा खाएपछि म हतारःहतार लुगा लगाएर गाडीमा बसेँ किनकी मन्दिर अलि टाढा थियो । हामीले बाटोमा फुङ्फुङ् ताल देख्यौँ तर भोलि मात्र ताल घुम्ने निर्णय गर्‍याैँ । म र मेरो परिवार भोकाएको हुनाले हामीले सडककै छेउमा खाना खाने निर्णय गर्‍याैँ जुन वास्तवमै मिठाे थियो । मन्दिर घुम्न जाँदा हामीले वरपर धेरै चराहरू देख्यौँ । जब म मन्दिर गएँ, मैले मन्दिरको वरिपरि धेरै परेवाहरू देखेँ र म र भाइबहिनीले तिनीहरूलाई उडाउन थाल्याैँ । परेवा उडेको दृश्य साँच्चै रमाइलाे थियो । मन्दिरको ढोका ठुलो थियो र मैले धेरै मानिसहरूलाई नदीमा नुहाएको पनि देखेँ। माघ महिनामा सालीनदीमा नुहाएर स्वस्थानीकाे पूजा गरी व्रत बसेमा आफूले साेचेकाे वा कामना गरेकाे पूरा हुने जनविश्वास रहेछ । साे विश्वासअनुसार भक्तजनले नुहाएका रहेछन् । त्यहाँ हामीले हातमुख धाेयाैँ र म र मेरो परिवारले मन्दिरमा पूजा गर्ने निर्णय गर्‍याैँ र पूजासामग्री किनेर पूजा पनि गर्‍याैँ ।   त्यसपछि हामीले स्वस्थानीकाे मन्दिर, शिव, गणेशकाे दर्शन गर्‍याैँ  र गाेमाकाे कुटीकाे पनि अवलाेकन गर्‍याैँ  । हामीले केही फोटोहरू पनि खिच्यौँ। त्यसपछि हामीले सडकको खाना खायौँ र होटलमा फर्कियौँ । म थाकेका कारण छिटै निदाएँ । त्यो रात जाडो थियो त्यसैले मैले बेलुकाको खाना चाँडै खाने र चाँडै सुत्ने निर्णय गरेँ र सुतेँ । 
अर्काे दिन चराहरूको रमाइलो चिरबिर सुनेर म ७ बजे उठेँ । मैले मुख धाेएर  लुगा लगाएँ । धेरै समय बाँकी रहेकाले, मेरो परिवारले नगरकोट वरिपरि घुम्ने निर्णय गर्‍याे । नगरकोट वरिपरि धेरै पसलहरू थिए र मैले फुङ्फुङ् ताल देखेँ जुन मैले मेरो जीवनमा देखेको सबैभन्दा सुन्दर स्रोतहरू मध्ये एक थियो । फुङ्फुङ् ताल वरपर धेरै पसलहरू थिए । तालको शान्त आवाज साँच्चै राम्रो थियो । सम्झनाका लागि हामीले तालका केही तस्बिर खिच्याैँ  । त्यसपछि बाटोमा मैले चिया पिएँ र सेलरोटी खायौँ जुन त्यति मिठाे थिएन। मलाई होटेलमा प्यानकेक खान मन लाग्यो त्यसैले मैले बाटोमा धेरै खाइनँ । होटलमा पुगेपछि मैले हातमुख धाेएँ र प्यानकेकहरू अर्डर गरें । जब म प्यानकेक आउन पर्खिरहेको थिएँ, मैले सूर्योदय भएको देखेँ। यस दृश्यले हाम्राे यात्रालाई अझ सुन्दर र मनमोहक बनाएको थियो । मैले मेरो अगाडिको दृश्य हेर्दै खाना खाएँ । हामीले केही समयको लागि स्किपिङ् डोरी खेल्याैँ  र मेरा भाइबहिनीहरूसँग धेरै परम्परागत खेलहरू पनि खेल्यौँ । मलाई त्यहाँ समय बिताउन साँच्चै रमाइलो लाग्यो । घर फर्कँदा डुङ्गा चढ्ने निधो गरी नागढुँगा भन्ने ठाउँमा गयौँ । म सुरुमा निकै डराएकी थिएँ किनभने यो भनिएको थियो कि त्यहाँ पानीमा सर्पहरू छन् तर डुङ्गामा केही मिनेट बिताएपछि म शान्त भएँ र डुङ्गा सवारी खुसी हुदैँ गरेँ । डुङ्गा चढ्ने ठाउँ पनि राम्रो थियो तर, हाम्रो योजना त्यहाँ एक दिन मात्रै बस्ने भएकोले जानुपर्ने थियो । बाटोमा मैले एउटा सुन्दर गाउँ देखेँ र त्यहाँ धेरै फूल र बिरुवाहरू थिए । जुन चलचित्रको दृश्य जस्तै देखिन्थ्यो। हामीले धेरै दृश्यका फोटोहरू पनि खिच्यौँ। त्यसपछि हामीले रेस्टुरेन्टमा खाने निर्णय गर्‍यौँ । त्यहाँ भने खाजा खायौँ । यो दिन साँच्चै राम्रो र रमाइलो दिन थियो । मैले आफ्नो दिमागलाई ताजा गर्न, विभिन्न ठाउँहरू घुम्न र रमाइलो गर्न पाएँ । घर पुगेपछि मामा, माइजु  र बहिनी केहीबेर मेरो घरमा आराम गरी आफ्नाे घर जानुभयाे। उहाँहरू गएपछि, मैले मेरो परिवारका सदस्यहरूलाई यात्राको बारेमा बताएँ र उहाँहरू अर्को पटक हामीसँगै जाने हुनुभयाे । म पहिले नै अघाएकी थिएँ र म धेरै थाकेकी भएर सुतेँ । मामामाइनू र भाइबहिनीसँग गरेकाे तीन दिनकाे यात्रा साच्चै नै ज्ञानवर्धक र स्मरणीय रहेकाे थियाे ।