Logo

Student Corner

दैनिकीः तुलसी हाेम

Written by: Prasiddha Shrestha - 28008, Grade VII

Posted on: 31 January, 2023

कार्तिक महिनामा तुलसीको बोटमा होम गरिन्छ। हाम्रो घरमा पनि सानो तुलसीको मठ छ। त्यसैले तुलसीलाई रोपेर  पुजा गरेर स्याहार  गरेर ठुलो    भएपछि तुलसीको होम गरिन्छ।  याे वर्ष   २०७९/७/२७  गतेका दिन पुरोहित बाजे बिहानको ६ बज नै आइपुग्नुभयो अनि सबै तयारी गरी ६:३० बजेदेखि होमको कार्यक्रम सुरु भयो। त्यहाँ घरका परिवार सबै उपस्थित हुनुहुन्थ्यो। होम ८:३०मा सकेपछि पुरोहित बाजेले सबैलाई पालैपालो टीका लगाइदिनुभयो। हामीले पुरोहित बाजेलाई दक्षिणा दियौँ । त्यसपछि मेरी आमाले बुढानिलकण्ठ नारनथान जाने भनेर सोध्नुभयो। मैले रमाउदै  जाने भने। हामी १०:३० बजे घरबाट निस्क्यौँ बाटो खुल्ला भएको कारण हामी छिट्टै पुगेको महसुस भयो। मन्दिर वरिपरिको रौनक नै अर्कै थियो। रमाइलो मनै आनन्द मन्दिर भएकोले जताततै फूलै फूल थोरै सिँढी चढे पुग्ने अनि दर्शनको लागि लाइन बस्यौँ ।  जुत्ता फुकाल्नुपर्ने रहेछ । जुत्ता नहराओस भनेर टाेकन पनि दिने रहेछ । सँगै डोनेसन बक्स पनि रहेछ । हामीलाई इच्छा लागेको पैसा त्यसमा  खसाइदिन मिल्ने  रहेछ कार्तिक महिनामा नारनथान मेला लाग्ने रहेछ। त्यसैले आइतबार भए पनि भिडभाड नै रहेछ। सयपत्री, गोदावरी फूलको मौसम भएकोले होला प्रायः सबै भक्तजनहरूको पूजा थालीमा राम्रा राम्रा माला देखेँ ।  भगवानको लागि पोखरीमा पनि फूल नै फूल थियो। पानी माथि माथि फूलले नै ढाकेको थियो।अनि  भक्तजनले चढाएको फलफूल स्याउ, केरा बिमिरो पानीमा नै  तैरिरहेको थियो। मलाई चाहिँ त्यो फलफूल खाने मान्छेलाई बाँढे पनि हुन्थ्यो जस्तो लाग्यो खेर जानु सट्टा ।  हामी लाइनमा नै थियाैँ। दृश्य बाहिरबाट नै देखिन्थ्यो। विशाल नारायण भगवानको मूर्ति स्पष्ट  देखिन्थ्यो वरिपरि नागैनाग बिचमा भगवान सुतिरहनु  भएको मूर्ति सफा थियो । एकदम राम्रो थियो। त्यहाँ  लाइनलाई व्यवस्थित गर्न स्काउटका विद्यार्थीहरू थिए। बुढा बुढीहरूको लागि लाइन नबसी  दर्शन गर्न पाउने व्यवस्था आयो  दर्शन गरियो। आजकाल सामाजिक सञ्जाल  टिकटकको जमाना छ।  मन्दिर भित्र चाहिँ पोखरी भएको ठाउमा फोटो खिच्न मनाही रहेछ। बाहिर त फोटो खिच्ने टिकटक बनाउनेको त घुँइचो नै थियो। मैले पनि अरूहरूको  फोटो खिचिदिएँ ।  अरूहरूकै आग्रहमा मन्दिर परिसरभित्र सप्ताह पनि लगाइरहेको थियो। दर्शन गरेर बाहिर निस्कदा थुप्रै मानिसहरू माग्न बसिरहेका  थिए । त्यसमध्ये एकजना व्यक्ति थिए। उनी आफैँ बिरामी कुनै रोगले  ग्रहित जस्तो कमजोर देखिन्थे । त्यस मान्छेलाई माया लागेर अरूलाईभन्दा केही धेरै पैसा दिए अनि त्यहाँबाट हामी राधा कृष्णको मन्दिरतिर लाग्यौँ । त्यहाँ बाटोमा बुढानिलकण्ठ स्कुल पर्नेरहेछ। मैले देखे कत्रो ठुलो एरिया रहेछ ।   भवनहरू खेलमैदानहरू पनि देखेँ ।  त्यहाँका  विद्यार्थीहरू खेलिरहेका थिए। मलाई रमाइलो लाग्यो अनि केही बेरमा राजा कृष्णमन्दिर आयो। शान्त वातावरण रमणीय हरियाली सफा रहेछ । राधाकृष्ण मन्दिर जाने बाटोको छेउमा एउटा सानो खोला पनि बगिरहेको थियो। जताततै राधाकृष्ण सम्बन्धी मूर्तिहरू देखेँ। ज्ञानका कुराहरू पनि थाहा हुन्थ्यो। साना साना कुण्डहरू पनि थिए। त्यहाँ चाहिँ मान्छेको भिड थिएन त्यसैले पनि होला रमाइलो लाग्यो। त्यहाँबाट फर्केर बिहानको खाना हामी बाहिरै खाएर घर फर्कियाैँ। घर पुग्दा अलि अलि थाकेको हुनाले आराम गरेँ। अनि साँझतिर  बाँकी रहेको गृहकार्य गरेर खाना खाएर सुतेँ।