Logo

Student Corner

रुख

Written by: Aarshit Khanal - 2029004, Grade III

Posted on: 09 September, 2020

रुख एउटा अग्लाे बिरुवा हो । यसका धेरै हाँगाहरू र पातहरू हुन्छन् । रुख धेरै उपयोगी बिरुवा पनि हो, जसबाट हामीलाई अक्सिजन प्राप्त हुन्छ । रुखबाट अक्सिजन मात्र हाेइन काठ र दाउरा पनि पाइन्छ । कुनै रुखबाट फल पनि पाइन्छ भने कुनै रुखबाट पाइँदैन । रुख धेरै वर्षसम्म बाच्न सक्छ । रुख राेप्याे भने पहाडी क्षेत्रमा पहिरो  जाँदैन । रुखका काठबाट हामी खाट, टेबुल, कुर्सी आदि बनाउँछाैँ  । रुख हामी मानिसलाई अति आवश्यक वस्तु हाे ।