Logo

Student Corner

Articles

अन्तहीन यात्रा
- Rushina Tamang - 26008, Grade ... 28 September, 2023

तिम्रो लागि त यो बगेको रगत,

यो बगेको पसिना र यी तितो आँसु केही होइनन्,

यी घाउहरूको गहिराइले मलाई दुख्न छोडिसके माया,

किनकि यी घाउ तिम्रो अभावको भावना भन्दा गहिरो छैनन् । 


 

हाम्रो भेट फेरि होला कि नाई,

यसको उत्तर मेरो मनले फिर्ता पाउन सक्छ हाेला कि !

हामी धेरै अभागी परेछौँ माया,

अभाग्याले पनि हाम्रो मायालाई

 अन्त्य गर्न सक्दैन हाेला है ।


 

त्यसैले त्यो अन्तहीन पर्खाइको दुःखमा नडुब माया,

त्यो पनि साँचो भ्रमलाई आफ्नो सत्य नबनाऊ । 

हाम्रो बितेको पलहरूलाई सम्झिदै खुसी हुनु,

हाम्रो आउने पलको सोचमा आफ्नो मुहारमा मुस्कान ल्याऊ। 


 

आउने सुन्दर पलको आशामा,

तिम्रो  भावी जीवन साेचे जस्तै हाेओस् ।

यात्रा अन्तहीन र उजाड नबनाेस्

जीवन रङ्गीन र सफल बनाेस्  ।


 


Read More
उनी
- Kristina Rai - 27006, Grade I ... 25 September, 2023

यी साना हात र पाइलाले टेक्दै हुर्केकी 

अनि आँखा भरि रङ्गीन सपना 

गाँउको माटोमा लड्दै आएकी उनी 

गोठाला र त्यो सानो घर नै रहे उनको आनन्दको प्रतीक।


 

साझ ढल्के बिहान आए 

रात र दिनले  कुनै सङ्केत नदिई गए 

हरेक दिन ती पाइलाले सामना गर्थिन् उनी 

यही नै थिएँ उनका अन्तिम साहाराको आशा


 

उनीभित्र पनि थियो ठुलो सपना

धेरै पढेर आफूलाई ती सहरिया भेषमा देख्ने 

तर जीवनलाई कालो बादलले घेरेको थियो 

उनीसँग न त अरू कुनै मोड्ने बाटो नै थियो ।


 

अन्धकार मै रम्न सिकेकी उनी 

उनलाई उज्यालो बाटो देखाउने कोही नै थियो र 

थियो बस् ! एउटा अन्तिम आस किताब 

जसमा भर्थिन् आफ्ना जीवनको कठोर सन्ताप। 


 

कैयाैँ चोटी लडे त्यही अँध्यारो खाल्टोमा 

त्यही अँध्यारोमै गुमाए आफ्ना आँसुका  थोपा 

खुल्ला आकाशमा  उड्न चाहन्थिन् उनी 

त्यही नै थियो उनको सानो सपना ।


 


Read More
अन्तहीन
- Rushina Tamang - 26008, Grade ... 22 September, 2023

अन्तहीन त्यो भिरपाखातर्फ,

टोलाएर बसिरहेकी होलिन्,

मुटुमा अन्तहीन अन्धकार गाँसेर,

ऊ अन्तहीनको अन्त्य खोज्दै होलि्न। 


 

चन्द्रमुखी तिम्रो अनुहारमा

सयौँ धब्बाहरूले चिनो बसाइसके होलान्

तिमीले झारेका ती तितो आँशुका कारण,

अनुहारमा रातो किरण छाई सकेका होलान् ।


 

एक कोठाको एक कुनाको,

त्यो अँध्यारोमा हरायौ होला तिमी,

बितेका र आउने पलहरूको आशामा,

अन्तहीन पर्खाइमा डुबिरह्यौ होला तिमी ।


 

दुई थाल सधैँ चलाउने त्यो बानी,

एउटा थाल मात्र जुठो हुँदा अनौठो लाग्यो होला,

दुई व्यक्तिको अनुसार चलाइने त्यो घर,

खाटमा पहिलो पटक जिउ फैलाएर सुत्न पाउँदा

एक्लो लाग्यो होला ।


 

तर, ती मूल्य आँसु बगाउन छाड चन्द्रमुखी,

मेरो शरीर र आत्माले त्यो बगेका 

आँसुको रकम चुकाउन सक्दैन,

मेरो अभावको अन्तहीन खाल्टो नखन चन्द्रमुखी,

हामी बीचको दुरीले हाम्रो माया टढाउन सक्दैन ।


 


Read More
मेरो घर
- Amu Shakya - 27021, Grade IX ... 21 September, 2023

यो दिल मेरो सधैँ रमाउँछ, मेरो आफ्नै घरमा

आकाश नीलो छ, मनोहर, सुन्दर ऋतम्भरा

छानामा छ खर, ढुँगाको आँगन निकै रमणीय

अपार्टमेन्टभन्दा प्यारो छ मेरो आफ्नै घर । 


 

चौरमा खेलिरहेको मृगशावकलाई 

ब्वाँसोले निमोठेको मलाई मन पर्दैन

देश द्राेही काेही भए मलाई मन पर्दैन,

राष्ट्रघाती काेही भए मलाई मन पर्दैन ।


 

घर छ सानो तर घरका मानिसहको मन ठुलो

भौगोलिक रूपमा सानो तर मेरो लागि ठुलो, 

भौगोलिक रूपमा सानो  तर मन छ ठुलाे 

प्याराे, मेरो जन्मभूमि यही, मातृभूमि यही ।


 

हरियाली छ चारैतिर, बिचमा मेरो घर

उत्तरमा चीन, दक्षिणमा भारत यही मेराे घर

विविधतामा एकता कायम छ, मेरो देशमा

धार्मिक विविधता भित्र एकता मेराे देशमा ।


 

जबसम्म अस्तित्व छ, चन्द्रसूर्यको, 

तबसम्म बाँच्ने छ मेरो देश

जबसम्म वीर गोरखालीको अस्तित्व छ, 

तबसम्म रहन्छ मेरो देश

बेग्लै भाषा र अनेकाैँ भेष ।


 


Read More