Why must we exist in this world full of issues?
A world where only "perfect" exists and not perfection.
A world where people are exhausted from life.
Where only a couple thrive.
Where suicide rates are so high
Yet struggling is only ever called being "over dramatic"
And mental health is considered a lie.
Where you're "ungrateful" or "too spoiled" just because you're hurt.
Where you save a life through shampoo and conditioner.
Where you're tears are trying to be one upped,
Where your issues are taken as just following a trend.
why?
Why do we live in such an unkind world my friend?
Why?
सलिना नामक १ जना महिला एउटा गाउँमा बस्थिन् । उनी निकै सुन्दर थिइन् । उनको विवाह सानै उमेरमाभएको थियो । सानैदेखि उनी काम गर्दै हुर्केकी थिइन। गाउँमा उनलाई सबैले माया गर्थे। उनी दयालु स्वभावकी थिइन् । अरूलाईपरेकाे बेला मद्दत गर्थिन् । चाहिएको मेला मद्दत गर्थिन्। उनलाई गाउँघरमा सबैले चिनेका थिए। उनको श्रीमानको नाम नयन थियो । १ अर्काको सानै उमेरमा बिहे भएको कारण उनीहरू सँगै हुर्के । एक अर्काको बारेमा उनीहरूलाई निकै थाहा थियो ।
उनलाई आफ्नो रूप रङ्प्रति निकै घमण्ड थियो र आफ्नो श्रीमान् अपाङ्ग भएको कारण निकै घृणा गर्थिन् । सानोमै विवाह भए पनि उनलाई पढ्नबाट कसैले रोकेन । पढेलेखेकी भएर होला उनलाई यो प्रथा राम्रो लाग्दैन थियो । बच्चामै विवाह गरेर अरूकाे घर पठाउनु नराम्रो भन्ने लाग्थ्यो । पढाइमा निकै अब्बल थिइन् । पुरै गाउँले उनलाई चिनेकाे थियो । निकै सुन्दर पनि थिइन् । जिउ मिलेको थियो । गाउँको निकै केटाहरूले उनलाई हेर्ने गर्थे। आफ्नो श्रीमान् अपाङ्ग भएको कारण उनले अर्को केटासँग विवाह गरिन् । “गाउँमा पनि उनको दुईटा श्रीमान् छन्” सबैले यही हल्ला गरेका थिए । पहिलाको चलनमा छोरा मान्छेहरूका दुईवटा श्रीमती हुन्थे तर सलिना मात्र एक्लो महिला थिइन् जसका दुई ओटा श्रीमान् थिए । यो कुराले उनी पनि केही बुझ्न सकेकी थिइनन् । आफूलाई के भइरहेको छ भनेर महसुस गर्न सकेकी थिइनन् । उनको चर्चा गाउँ गाउँमा हुन थाल्याे । उनलाईलाज लाग्न थाल्यो । “अब म के गर्ने हाेला सबैले दुईवटा श्रीमान् भएकी आईमाईभनेर हेप्छन् ।” उनले मनमनै साेच्न थालेकी थिइन् ।
पढेलेखेकी मान्छे यस्तो गर्छन् भनेर कसैलाई लागेकै थिएन । उनले गरेका कामले सबै जना चकित थिए । उनले दिन कटाउन गाह्रो भएको थियो।जताबाट हिँड्यो मान्छेहरूले उनलाई हेर्थें। आफ्नो मुख देखाउन समेत लाज भइसकेको थियो। कतै जाँदा नि मुख ढाकेर जान्थिन् । पढ्न पनि छाडिदिइन् । दिनभरि घरमै बसेर श्रीमानकाे चाकर गर्थिन् । दुइटा श्रीमानको चाकर गर्न निकै गाह्रो थियो। उनको शरीर निकै दुख्न थालेको थियो। उनलाई खै के रोग लागेछ दिनदिनै बुढी मान्छे जस्तै देखिँदै गइन । सबै कपाल सेतो भएको थियो छाला चाउरी परेका थिए। उनी निकै कुरूप देखिएकी थिइन् ।भोगेका दुःखहरू सम्झेर उनी जहिले रुन्थिन् । आफ्नो पीडा पोखाउन पनि कोही थिएन । उनलाईश्रीमानहरूले कुरुप देखिएको कारण हेला गर्न थाले ।अर्को बिहे गरेर ल्याए । यो देखेर उनलाई निकै दुख भएको थियो । “मै मात्र राम्री भनेर घमण्ड गरेँ अहिले एक्ली हुनुपर्याे ।” उनले दुखी हुँदै भनिन् ।आफूले गरेकाे कामले उनी आफैँ दुखी हुनुपर्याे । उनी घमण्ड गर्दागर्दै कहिले के भयो ? उनलाई पत्तै भएन । “अब म बाँचेर केही काम छैन” उनी जङ्गलतिर लागिन् । त्यहाँ उनी विष खान लागेकी हुन्छिन्।
त्यतिखेर उनी पसिनै पसिना भएर ब्यूँझिइन् ।घडीतिर हेर्दा ४ बजेको थियो। यो सपना हो भनेर उनी ढुक्क बसिन् र आफ्नो यो घमण्डीपन कहिले पनि नदेखाउने निर्णय गरिन्तर ४ बजेको कारण उनलाई डर लाग्न थाल्यो । उनी फेरि साेच्न थालिन्, “कतै बिहानै देखेकाे सपना साँचाे हुने त हाेइन्”
देश हाे ठुलाे देश बलियाे भूमिमै रहन्छु
देशकाे विकास गर्नलाई मैले सब कष्ट सहन्छु ।
जन्मभूमि म कर्मभूमि म जीवन म नै हुँ
मानिस, चरा, जनावर किरा सबैलाई मिलाउँछु ।
जमिन, जङ्गल, जल र प्राणी साथी हुन् विशाल
असल मार्ग, असल बानी मेरा हुन् संस्कार ।
घाम र पानी हावा हुरी मेरा हुन् गगन
आँखाकाे अघि जे मैले देख्छु तिनै हुन् सन्तान ।
नाम र काम सबै म दिन्छु सबै छन् बराबर
देश नै मुटु देश नै कर्म देश नै धराेहर ।
When it's thundering outside,
With beautiful crystals falling,
As a whole day goes by watching it,
Seeing the pouring rain.
Trees and plants become alive,
Cars come and go by,
But it still seems almost fairy-like.
With us in our home inside.
Something you can never have.
Something you can’t tame,
But it seems as beautiful as ever.
conquering all its fame.
Kids go and play outside,
Parents calling them inside,
saying they might catch a cold
Something we've all heard before.
यो कथा १३ वर्षकी तारा नामकी केटीबाट सुरु हुन्छ । उनी संयुक्त परिवारकी थिइन् । यो कोविड लकडाउनको समयमा थियो। यस समयमा तारा र उनका हजुरबा हजुरआमा कोविडबाट पीडित थिए। उनीहरूलाई एउटा कोठामा अलग्गै राखिएको थियो । कोविडका कारण उनीहरूले दसैँ मनाउन सकेनन् यो उनीहरूका लागि धेरै कठिन समय थियो । ताराका आमाबाबुलाई उनीहरूको बारेमा धेरै चिन्ता थियो। लकडाउनको समय थियो । तारा र उनका हजुरबा हजुरआमा काेराेना संक्रमित भएकाले उनका आमाबुबालाई बाहिर जान अनुमति थिएनन् । उनका आफ्नै आफन्तहरू उनीहरूलाई मद्दत गर्न आएनन् । ताराको बारेमा थाहा पाएपछि उनका आफन्त सहयोग गर्नुको साटो भागे । यस अवधिमा उनका आमाबाबुले रगतको सम्बन्ध मात्र महत्त्वपूर्ण नभएर मानवताको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण छ भनी बुझेका थिए। त्यो अवधिमा ताराका मामा घरका हजुरबुवाले उनीहरूलाई सक्दो सहयोग गर्नुभयो। उहाँले तिनीहरूलाई सबै औषधि र खाना ल्याउनुभयो। उहाँले तारालाई खुसी बनाउन हरसम्भव प्रयास गर्नुभयाे । भेट्दा उनले भेदभाव गरेनन् । तारा धेरै डराएकी थिई। परिवारका सदस्यहरूसँग भेटघाट गर्न नसक्दा उनी दिनरात रुने गर्थिन् । तारालाई खुसी बनाउन उनका आमाबाबुले गर्न सक्ने सबै गरे। उनी राम्ररी खान सक्दिनन् र उनी दिनहुँ निकै कमजोर हुँदै गइन् तर उनका आमाबाबुले उनलाई खान बाध्य पारे र तारा चाँडै निको भइन् । २५ दिनपछि तारा र उनका हजुरबा हजुरआमाले कोविड परीक्षण गरेपछि नतिजा नेगेटिभ आयो । तारा आफ्ना आमाबुबालाई भेट्न पाउँदा धेरै खुसी भइन् । केही महिनापछि तारा र उनको परिवारलाई त्यो अवस्थामा सहयोग नगर्ने आफन्त भागे तर एक दिन उनीहरूलाई पनि कोभिड भएको खबर आयो तर तारा र उनको परिवारले अझै पनि उनीहरूलाई सहयोग गरे किनभने उनीहरूलाई थाहा थियो रगतको सम्बन्ध मात्र होइन मानवताकाे सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण थियो। तारा र उनको परिवारले केही दिन निको भएपछि उनीहरूको राम्रो हेरचाह गरे। त्यहाँ निको भएपछि आफन्तले रगतको सम्बन्ध मात्रै महत्वपूर्ण नभएर मानवताको सम्बन्ध पनि सबैभन्दा महत्वपूर्ण भएको बुझेपछि उनीहरूले तारा र उनका परिवारका सदस्यलाई राम्रो हेरचाह गरेकोमा धन्यवाद दिँदै यस्तो कठिन परिस्थितिमा एक्लै छोडेकोमा माफी मागेका थिए र कथाको नैतिकता भनेको रगतको सम्बन्ध मात्र होइन मानवताको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण थियो र तपाईंले त्यहाँको खराब परिस्थितिमा अरूलाई मद्दत गर्नुहोस् र एक दिन तपाईंको खराब परिस्थितिमा उनीहरू पनि आएर तपाईंलाई मद्दत गर्ने छन्।
I know that I am just a little pawn
I won’t be a bigger piece of the perfect picture
But I still don’t know why?
I have gotten my hopes so high
Hopes of my own perfect picture
But I can’t attach the parts all together
My perfect picture where I will be the Ruler
I will be the one for the throne
You’ll be standing there looking at your beggar
Should I mock you and return your favor
Or should I tie you up in the deepest prisons
Just like you did to my innocent loved ones
I was just a beggar but you took all I had
I was there crying for my mother
But she was already hanged in the pillar
You killed her for standing against your wrong
She was just a maid working for the palace
So why did you eye her?
Just because she stood against your vile works
And saved me from your evil grasps.
Something so unreal it is
Something that remains a mystery
Oh dear where is the happy ending
Did it fade like our friendship?
Oh this nasty world,
Heart of mine soft like butter
Melts with a word of sorry
A word of forgiveness
Her betrayal broke my heart
Like the dirt vessel
Laying on the ground
Thinking of her mistake
Oh I am lost
Come and find me
Oh you're gone
My dear friend shawn.
वातावरण भनेको हाम्रो वरिपरिको ठाउँ, हावा, पनि, स्वभाव , अनि बानी, हुन् । वातावरणलाई स्वच र स्वस्थपुर्वक राख्नुपर्छ। सब्बेइ मानिस ले वातावरण सफा र प्रदूषणनहुने काम गरेमा वातावरण मात्र होइन हाम्रो स्वास्थ्य पनि स्वोच हुन्छ।प्रदूषणभनेको केहि कुरा को नराम्रो असर हुनु हो। हामीले गरेका कामको नराम्रो असरले हामीलाई पनि गम्भीर असर परिरहेको छ। हामीले बाहिर फोहोर महिला गर्दा किरा फत्यन्ग्रह हरू त्येही फोहोर टेकेर छोएर हाम्रो घर मा राखेको खुल्ला खाना , चम्चा , थाल फोहोर भएर बिमारी को अवस्था धेरेइ हुन्छ।
हामीले चलाउने सवारी साधन ले प्रयोग गर्ने धुवा ले सासं फेर्न गारो हुन्छ। उद्योग बाट आइने धुवाँ पनि हाम्रो स्वस्थ को लागि हानिकारक छ। क गर्ने त ? यो प्रस्न धेरेइ को मन मा उठिरहेको होला। एस्त कुरा को समाधान गर्न सजिलो छ। हामीले सड्ने र नसड्ने फोहोर छुटाएर राख्यो , फोहोर बाहिर नफाल्ने , बिजुली बाट चल्ने सवारी साधन को प्रयोग गर्ने , रुख को बिरुवा रोपने गर्यौं भने वातावरण प्रदूषणहुन बाट रोक्किन्छ। वातावरण हामीलाई महत्वपूर्ण कुरा हो।
वातावरण सफा नभएमा हाम्रो सोच र स्वस्थ पनि त्येस्तेइ फोहोर हुन्छ। अहिले बलेन मयोर भएकाले एस्त कुरा मा ध्यान बादी लगाएको छन्। हामीले यो ध्यान अजै महत्व थपि दियौं भने वातावरण को प्रदूषणभन्ने कुरेइ हुदेइन।
म सानी नानी राम्राे छ बानी चिटिक्क परेकी
ठुलाे र सानाे भनी कसैलाई भेदभाव नगरेकी
सबैलाई सम्मान दिने र लिने पवित्र मनकाे
घमण्ड छैन लाेभ लालच छैन कहिल्यै धनकाे ।
हात मुख धाेई चुलठी बाँटी जान्छु म स्कुल
आजकी सानी काेपिला म छु भाेलिकी हुँ फूल ।
सबैमा ठुलाे आशा छ सही गन्तव्य पुर्याउने
कहिल्यै पनि गल्ती नगर्ने हिम्मत नहार्ने ।
रुखाे र सुखाे गुन्द्रुक ढिढाे धेरै मन पराउछु
बाबा र आमा साथीकी प्यारी साह्रै म ज्ञानी छु ।
पढे लेखेर महान बन्ने मेराे याे चाहना
पवित्र अनि सफा बनाेस् मेराे याे भावना ।
Sometimes I wonder why?
Thinking in the open sky.
There are two sides of me
Who can I truly be?
Walking with a smile on the face
Sometimes facing heart breaks.
I try hard trust to them
But I come back broken.
The days we spent crying on the bed
Who knows, what’s in our head?
Wounds won’t easily heal
But don’t let them know how we feel.
One day we laugh
And the other day we cry.
Sometimes I wonder why,
Thinking who really am I?
हाम्राे देशमा सामाजिक समस्या धेरै छन् । देवीकाे रूपमा पूजा गर्नुपर्ने छाेरी चेलीलाई पशुसरह बेचबवखन गर्ने परम्परा सदियाैँदेखि चलिआएकाे छ ।
चेलीबेटी बेचबिखन एक सामाजिक अपराध हो जहाँ निर्दोष र अशिक्षित केटीहरूलाई राम्रो काम र सुखी जीवनको प्रलोभनमा विदेशी भूमिमा लगिन्छ तर कम ज्यालामा काम गर्न बाध्य पारिन्छ र यौन शोषण गरिन्छ।
चेलीबेटी बेचबिखनका धेरै कारण छन् । गरिबी, ग्रामीण क्षेत्रमा धेरै मानिसहरू गरिब छन्। उनीहरू भोकै बस्न बाध्य छन् । बेरोजगारी, कतिपयसँग शिक्षाको लागि पैसा छैन । त्यसैले उनीहरूले कुनै काम पाउन सक्दैनन्। उनीहरू सजिलै ठगिएका छन्। त्यसैले केटीहरूलाई राम्रो आम्दानीको लागि लिइन्छ तर ती सबैलाई फसाइन्छ ।
दुर्व्यवहारको कारण, पीडितहरू प्रायः शारीरिक र मानसिक रोगहरू जस्तै, अवसाद, चिन्ता, र लागूपदार्थको लतबाट ग्रस्त हुन्छन् । केटी बेचबिखनबाट बचेका महिलाहरू अन्य प्रकारका दर्दनाक घटनाहरूका पीडितहरूको तुलनामा डिप्रेसन र चिन्ताको चपेटामा पर्छन्।
यसकाे समाधानका लागि केटी बेचबिखन रोकिनुपर्छ ।चेलीबेटी बेचबिखनबारे धेरैलाई थाहा छैन । शिक्षित व्यक्तिहरूले विशेष गरी केटीहरू र महिलाहरूका लागि सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यो समस्यालाई जनचेतनाका लागि पत्रपत्रिकामा पनि लेख्नुपर्छ । सरकारले केटी बेचबिखनका लागि कानुन बनाउनुपर्छ । आक्रमणकारीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। महिलाले शिक्षा पाउनुपर्छ । महिलाका लागि तालिम शिविर हुनुपर्छ । त्यसपछि उनीहरूले जीविकोपार्जनको लागि काम पाउन सक्छन्।
5 billion years ago there was a big bang which created planets. In our solar system there were 9 planets. In those 9 planets the third planet, the earth, is our home. 250 million years ago a protozoa was formed then it transformed in a fist then into a reptile then a mammal. Human history is not that old. Thousands of years ago, humans evolved. They survived and formed a society and then survived a winter. They fought and killed and found new things and made technology and developed, went to wars and developed themselves more and after that long we are here.
The present world is very simple yet very dangerous. Humans have developed so much that the development is turning harmful for us. People are dying because greenhouse gases are making holes in the ozone layer. The harmful rays of the sun are striking people and people are getting harmful diseases like cancer. The ocean which once was clear as a mirror is now a green pile of dead fish.
Looking into the future. The technology has developed a lot in the present time so the problem, future holds could be solved. It is just a matter of time as we are technologically very forward. If the problem is not sorted then there might come a time where people have to abandon their own home planet.
The world might be taken over by robots or the world may have some new kind of humans, the humans who have some human parts and few of robots which could look very cool or not maybe. Technology should surely be developed so that people would no longer face pain and if this world is really going to be technologically wild then dead people could also come back to life.
What if we keep living forever in this world?