Logo

Student Corner

देश

Written by: Barun Kadariya - 29053, Grade VI

Posted on: 20 January, 2023

देश हाे ठुलाे देश बलियाे भूमिमै रहन्छु 
देशकाे विकास गर्नलाई मैले सब कष्ट सहन्छु ।

जन्मभूमि म कर्मभूमि म जीवन म नै हुँ 
मानिस, चरा, जनावर किरा सबैलाई मिलाउँछु ।

जमिन, जङ्गल, जल र प्राणी साथी हुन् विशाल
असल मार्ग, असल बानी मेरा हुन् संस्कार ।

घाम र पानी हावा हुरी मेरा हुन् गगन
आँखाकाे अघि जे मैले देख्छु तिनै हुन् सन्तान ।

नाम र काम सबै म दिन्छु सबै छन् बराबर
देश नै मुटु देश नै कर्म देश नै धराेहर ।