Logo

Student Corner

सपना

Written by: Krishma Thapa - 27005, Grade VIII

Posted on: 20 January, 2023

सलिना नामक १ जना महिला एउटा गाउँमा बस्थिन् । उनी निकै सुन्दर थिइन् । उनको विवाह सानै उमेरमाभएको थियो । सानैदेखि उनी काम गर्दै हुर्केकी थिइन। गाउँमा उनलाई सबैले माया गर्थे। उनी दयालु स्वभावकी थिइन् । अरूलाईपरेकाे बेला मद्दत गर्थिन् ।  चाहिएको मेला मद्दत गर्थिन्। उनलाई गाउँघरमा सबैले  चिनेका थिए। उनको श्रीमानको नाम नयन थियो । १ अर्काको सानै उमेरमा बिहे भएको कारण उनीहरू सँगै हुर्के । एक अर्काको बारेमा उनीहरूलाई निकै थाहा थियो ।

उनलाई आफ्नो रूप रङ्प्रति निकै घमण्ड थियो र आफ्नो श्रीमान् अपाङ्ग भएको कारण निकै घृणा गर्थिन् । सानोमै विवाह भए पनि उनलाई पढ्नबाट कसैले रोकेन । पढेलेखेकी भएर होला उनलाई यो प्रथा राम्रो लाग्दैन थियो । बच्चामै विवाह गरेर अरूकाे घर पठाउनु नराम्रो भन्ने  लाग्थ्यो । पढाइमा निकै अब्बल थिइन् । पुरै गाउँले उनलाई चिनेकाे थियो । निकै सुन्दर पनि थिइन् । जिउ मिलेको थियो । गाउँको निकै केटाहरूले उनलाई हेर्ने गर्थे। आफ्नो श्रीमान् अपाङ्ग भएको कारण उनले अर्को केटासँग विवाह गरिन् । “गाउँमा पनि उनको दुईटा श्रीमान् छन्”  सबैले यही हल्ला गरेका थिए । पहिलाको चलनमा छोरा मान्छेहरूका दुईवटा श्रीमती हुन्थे तर सलिना मात्र एक्लो महिला थिइन् जसका दुई ओटा श्रीमान् थिए । यो कुराले उनी पनि केही बुझ्न सकेकी थिइनन्  । आफूलाई के भइरहेको छ भनेर महसुस गर्न सकेकी थिइनन् । उनको चर्चा गाउँ गाउँमा हुन थाल्याे । उनलाईलाज लाग्न थाल्यो । “अब म के गर्ने हाेला सबैले दुईवटा श्रीमान् भएकी आईमाईभनेर हेप्छन् ।” उनले मनमनै साेच्न थालेकी थिइन् । 
पढेलेखेकी मान्छे यस्तो गर्छन् भनेर कसैलाई लागेकै थिएन । उनले गरेका कामले सबै जना चकित थिए । उनले दिन कटाउन गाह्रो भएको थियो।जताबाट हिँड्यो मान्छेहरूले उनलाई हेर्थें। आफ्नो मुख देखाउन समेत लाज भइसकेको थियो। कतै जाँदा नि मुख ढाकेर जान्थिन् । पढ्न पनि छाडिदिइन् । दिनभरि घरमै बसेर श्रीमानकाे चाकर गर्थिन् । दुइटा श्रीमानको चाकर गर्न निकै गाह्रो थियो। उनको शरीर निकै दुख्न थालेको थियो। उनलाई खै के रोग लागेछ दिनदिनै बुढी मान्छे जस्तै देखिँदै गइन । सबै कपाल सेतो भएको थियो छाला चाउरी परेका थिए। उनी निकै कुरूप देखिएकी थिइन् ।भोगेका दुःखहरू सम्झेर उनी जहिले रुन्थिन् । आफ्नो पीडा पोखाउन पनि कोही थिएन । उनलाईश्रीमानहरूले कुरुप देखिएको कारण हेला गर्न थाले ।अर्को  बिहे गरेर ल्याए । यो देखेर उनलाई निकै दुख भएको थियो । “मै मात्र राम्री भनेर घमण्ड गरेँ अहिले एक्ली हुनुपर्याे ।” उनले दुखी हुँदै भनिन् ।आफूले गरेकाे कामले उनी आफैँ दुखी हुनुपर्याे । उनी घमण्ड गर्दागर्दै कहिले के भयो ? उनलाई पत्तै भएन । “अब म बाँचेर केही काम छैन”  उनी जङ्गलतिर लागिन् । त्यहाँ उनी  विष खान लागेकी हुन्छिन्।

त्यतिखेर उनी पसिनै पसिना भएर ब्यूँझिइन् ।घडीतिर हेर्दा ४ बजेको थियो। यो सपना हो भनेर उनी ढुक्क बसिन् र  आफ्नो यो घमण्डीपन कहिले पनि नदेखाउने निर्णय गरिन्तर ४ बजेको कारण उनलाई डर लाग्न थाल्यो । उनी फेरि साेच्न थालिन्, “कतै बिहानै देखेकाे सपना साँचाे हुने त हाेइन्”