Logo

Student Corner

Articles

हाम्राे देश नेपाल
- Reyansh Basnet - 32030, Grade ... 26 December, 2023

नेपाल एउटा सुन्दर देश हो । नेपाल मेरो देश हो । मेराे देश नेपाल एसिया महादेशमा सानाे अनि विश्वकै एउटा सुन्दर राष्ट्र हाे । मेराे देशकाे भाषा नेपाली हो । नेपालकाे राजधानी सहर काठमाडाैँ हाे । मेराे देशलाई भारत र चीनले घेरेकाे छ । मेराे देश तराई, पहाड र हिमाल गरी तीन भागमा बाँडिएकाे छ । मेराे देशमा सुन्दर ठाउँहरू धेरै छन्  । हामीले भ्रमण गर्नुपर्ने नेपालका ठाउँहरू लुम्बिनी, इलाम, पाल्पा, मुस्ताङ, चितवन र पाेखरा आदि हुन् । यहाँका प्राकृतिक सुन्दरता हेर्न  विदेशीहरू नेपालमा आउँछन् ।  मेराे देशमा झरना, ताल, वनजङ्गल, पहाड, हिमाल जस्ता हेर्न लायक सुन्दर ठाउँहरू छन् । मेराे देश जलस्राेतकाे धनी देश हाे । मेराे देशमा धेरै मन्दिरहरू छन् । मेराे देश मन्दिरै मन्दिरकाे देश भनेर विश्वमा चिनिएकाे छ । मेराे देशमा विश्वकाे सबैभन्दा अग्लाे हिमाल सगरमाथा छ । शान्तिका अग्रदूत गाैतम बुद्ध पनि मेरै देशकाे लुम्बिनीमा जन्मेका हुन् । मेराे देश नेपालमा विभिन्न जाति, धर्म  र भाषाका मानिसहरू मिलेर बसाेबास गर्छन् । म मेराे देश नेपाललाई ज्यादै माया गर्दछु ।


Read More
गौतम बुद्ध
- Prapya Mishra - 32049, Grade ... 20 December, 2023

गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा भएकाे थियो । राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए ।  गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । उनको जीवनकाल ५६३ ईशापूर्वदेखि ४८३ ईशापूर्वसम्म रहेको थियाे । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा राजसी सुखमा बिताए। त्यसपछि बुद्धले  घरबार त्यागेर तपस्या गरे । लामाे समयसम्म  तपस्या गरेपछि उनले बुद्धत्त्व प्राप्त गरे । उनले सांसारिक दुःखको जड सम्म पुगेर यी कुराहरू बुझे, “संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुःखको जड भनेको मान्छे आफैँ हो ।”  नेपालको लुम्बिनीमा आजभन्दा करिब छब्बिस सय वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याति हाल विश्वभर फैलिएको छ । गौतम बुद्धलाई केही हिन्दु पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येका एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्‍याएको छ । नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ । हामीले बुद्धका उपदेशलाई अनुसरण गर्नुपर्छ ।   


 


Read More
मृत्यु संस्कार
- Pranav Pandey - 31016, Grade ... 19 December, 2023

आफ्नो भौतिक शरीर संसारबाट छोडेर जानुलाई मृत्यु भनिन्छ। मृत्यु भएपश्चात आत्मा सधैँ रहिरहने र अमर हुन्छ । एक दिन सबै जीव र प्राणीहरू मरेर जानुपर्छ  । यो संसारको नियम हो । मृत्युपछि परिवारका सदस्यहरूले मृतककाे सम्झनामा विभिन्न कार्यक्रमहरू गर्छन्  । सेतो लुगा लगाएर, एक छाक विना नुन खाना खाएर १३ दिनसम्म परिवारको मुख्य व्यक्तिहरूले बार्ने संस्कार छ। उक्त १३ दिनभित्रमा शुद्ध शाकाहरी खाना र फलफूल खाएर अनि विशेष पूजा गरेर शाेक मनाइन्छ । यस बेलामा छिमेकी र आफन्तहरूले विचारका रूपमा चामल,घ्यू र फलफूल ल्याउँछन् । मरेको मानिसको तस्वीर अगाडि १३ दिनसम्म बत्ती बालेर उनको सम्झना गरिन्छ। अन्तिम १३ दिनमा आफन्त तथा सबै परिवारका सदस्यहरूलाई खाना खुवाएर १३ दिनको काम सम्पन्न गरिन्छ । यो मृत्यु संस्कारको कार्यक्रम हरेक जातजातिअनुसार आ-आफ्नो तरिकाले सम्पन्न गर्ने चलन छ।


 


Read More