Logo

Student Corner

Articles

होली
- Akshita Bhattarai - 32039, Gr ... 01 February, 2024

नेपालमा वर्षैभरि थुप्रै चाडपर्व मनाइन्छ । जस्तैःदसैँ, तिहार, ल्हाेसार, जनैपूर्णिमा, गाईजात्रा आदि । मलाई सबै चाडपर्व राम्रो लागे पनि फागु चाहिँ धेरै मन पर्छ । फागु पर्व वसन्त ऋतु सुरु हुने समयमा पर्दछ । यो पर्व धार्मिक र मनोरञ्जनका लागि मनाइन्छ । पौराणिक कथाअनुसार हिरन्यकश्यप नामको दैत्य राजा आफ्नो छोरा प्रल्हाद विष्णु भगवानको भक्त भएकोले रिसाउँछन् । उनले आफ्नो बहिनी होलिकालाई प्रल्हादलाई मार्न लगाएको कुरासँग यो पर्व सम्बन्धित छ । होलिकालाई आगोले नपोल्ने वरदान भएतापनि विष्णुको शक्तिले प्रल्हाद बाँचेर होलिका जलेर नष्ट हुन्छिन् । यसैको खुसीयालीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । वसन्तको आगमनको बेला नेपाल तथा भारतमा यो पर्व मनाइन्छ । फागु पर्व परम्परागत तरिकाले फागुन महिनाको शुक्ल पक्षको दोस्रो हप्तामा मनाइन्छ । तर आजकाल पूर्णिमा परेको दिनमा मनाउने चलन छ । यो दिन नेपालमा सार्वजनिक बिदा हुन्छ । यो चाडमा मानिसहरूले एक अर्कालाई अबिर रङ लगाउने,रङ्गीन पानी छ्याप्ने र होलिका दहन जस्तो क्रियाकलाप गरी मिठा खानेकुरा खाएर मनाउँछन् । जाडो महिना सकिने बेला भएकोले सबैतिर रङ्गीन वातावरण हुने र पानीसँग खेल्न पाउने भएर मलाई यो चाड मन पर्छ । तर आजकाल रङमा केमिकल मिसावट हुने र यसले स्वास्थ्यलाई हानि पु‍‍‍‍‍‍‍‍‍‍र्‍‌याउने भएर म चाहिँ पानी भरेको बेलुन र पिचकारीसँग खेलेर रमाइलो गर्छु । मेरो बाबा र आमा पनि मसँग होली खेल्ने भएकाेले मलाई यो चाड मन परेको हो । 


 


Read More
मेरा रुचि र बानी
- Praneesha Shrestha - 31017, G ... 31 January, 2024

मेरो नाम प्रनिशा श्रेष्ठ हो । म कक्षा ५ याङ्ग्रामा अध्ययन गर्छु । मलाई  नृत्य गर्न, गीत गाउन, चित्र बनाउन, पियानाे बजाउन रुचि लाग्छ । म सबैलाई  सहयाेग गर्छु । घरमा म मेरा आमा र बाबालाई  सकेकाे सहयाेग गर्छु । विद्यालयमा म मेरा साथीहरूसँग पढ्छु र खेल्छु । मैले मेराे कक्षाकार्य र गृहकार्य समयमा नै पूरा गर्छु । म मेरा  आमाबुबाले भन्नुभएको कुरा मान्छु । म मेरो भाइलाई उसको गृहकार्य सकाउन सहयोग गर्छु । म मेरो साथीहरूसँग झगडा गर्दिनँ । म सबैजनासँग राम्ररी बाेल्छु । म ठुलालाई सम्मान र सानालाई  आदार गर्छु । म मेरो शिक्षकले भन्नेको कुरा मान्छु । म मेरो कक्षाकार्य समयमा पूरा गर्छु । म मेरा कामहरू राम्ररी गर्छु । म समयमा सुत्ने र समयमा नै उठ्ने गर्छु ।


Read More
कृष्ण जन्माष्टमी
- Sanidhya Tripathi - 32033, Gr ... 30 January, 2024

कृष्ण जन्माष्टमी  मेरो सबैभन्दा रमाइलो दिन हो । यो दिन कृष्ण भगवानको खास दिन हो । कृष्णाष्टमीमा हामी घुम्न जान्छाैँ । कृष्ण जन्माष्टमी भगवान् विष्णुकाे आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान् श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीमा मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। जन्माष्टमीमा पाटनकाे मङ्गलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठुलो मेला लाग्छ। भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्। हामी त्यस दिन मन्दिर जान्छाैँ । भगवानको दर्शन गर्छौं र मिठा मिठा खानेकुरा खान्छाैँ । कृष्णाष्टमी हामी तिथिअनुसार मनाउँछाैँ । यो दिन केटाहरू कृष्ण बन्छन् । केटीहरू राधिका बन्छन् । यो दिनमा हामी कृष्णलाई मन पर्ने कामहरू जस्तै: बाँसुरी बजाउने र  दही खाने गर्छाैँ ।  


Read More
बाेल्ने रुख
- Saphal Pokharel - 31052, Grad ... 29 January, 2024

एकादेशमा एउटा आँपकाे बगैँचा थियाे । आँप पाक्ने समय भएकाे हुनाले हाेला सबै आँपका रुखमा आँप लटरम्म पाकेका थिए । त्याे आँपकाे बगैँचा एउटा विद्यालयकाे नजिकै थियाे । विद्यालय छुट्टी भएपछि विद्यार्थी आँपघारीमा पसे । रुख चढ्न गाह्राे थियाे । रुख चढ्न नसकेपछि एउटा विद्यार्थीले भुइँबाट एउटा दाउराे टिपेर आए आँप गए झटाराे भन्दै रुखमा हान्याे । लठ्ठीले लागेर रुखकाे हाँगा भाँचियाे । अचानक रुखबाट राेएकाे आवाज आयाे । रुख बाेलेकाे सुनेर विद्यार्थीहरू छक्क परे । एकछिन त डराए पनि । विद्यार्थीले रुखसँग माफी मागे ।  विद्यार्थीले रुखसँग माफी मागेपछि आँपकाे रुख विद्यार्थीहरूदेखि खुसी भयाे। रुखले पाकेका आँप आफै भुइँमा झारिदियाे । विद्यार्थीहरू अत्यन्तै खुसी भए । सबैले आँप बाँडे र खुसी हुँदै खाए ।


 


Read More
डाक्टर सन्दुक रुइत
- Aryama bhattarai - 32027, Gra ... 26 January, 2024

डाक्टर सन्दुक रुइत नेपालको आँखाको ठुला डाक्टर हुन् । उहाँको जन्म ताप्लेजुङ जिल्लामा भएको हो । उहाँले झण्डै २ लाख जति आँखाको शल्यक्रिया गरिसक्नुभएको छ । आँखाको मोतिबिन्दुको उपचार गर्ने प्रविधिको आविष्कार गरेका सन्दुक रुइत आँखाको उपचारको लागि विश्वभर चर्चित हुनुहुन्छ । विश्वमा प्रसिद्धि कमाएका डाक्टर सन्दुक रुइतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सम्मानहरू प्राप्त गरिसक्नुभएको छ । उहाँले विश्वभर नेपालको नाम चम्किलो बनाउनु भएकाे छ । विश्वमा प्रसिद्ध कमाएका डाक्टर सन्दुक रुइतको नेतृत्वमा खोलिएको नेपालको तिलगङ्गा आँखा अस्पताल विश्वकै नमूना अस्पताल मानिन्छ । उहाँले आँखा नदेख्नेहरूका लागि अनुहारमा खुसी बाँड्ने अनि अन्धकार तोडेर जीवनमा उज्यालो छर्ने काम गर्नुभएकाे छ । । 


 


Read More
आँपकाे रुख
- Aariv Subedi - 31045, Grade V ... 25 January, 2024

एकादेशमा एउटा आँपको बगैँचा थियो । सबै रुखमा लटरम्म आप फल्थे । आँपको रुखमा चढ्न गाह्रो थियाे । एकदिन विद्यालय छुट्टी भएपछि केही विद्यार्थीहरू आँपधारीमा पसे । एउटा विद्यार्थीले आए आँप गए झटारो भनेर एउटा लठ्ठीले आँपकाे रुखमा प्रहार गर्याे । ल‌ठ्ठीले प्रहार गर्दा आँपको हाँगा भाँचियो । अचानक आँपको रुख रोएको आवाज आयो । आवाजमा रुखले गुनासो गरेको सुनियो । विद्यार्थीहरूले रुखसँग माफी मागे ।  रुखबाट आफैँ आँप भुइँमा झरे । विद्यार्थी खुसी भए । हामीले कहिल्यै नराम्राे काम गर्नुहुँदैन । जान अञ्जानमा गल्ती हुन पुगेमा माफी माग्नुपर्छ भन्ने शिक्षा हामीलाई यस कथाले दिएकाे छ ।


 


Read More