Logo

Student Corner

Articles

पेसाको महत्त्व
- Mehan Rauniyar - 31014, Grade ... 18 January, 2023

हाम्राे समाजमा मानिसहरूका विभिन्न पेसाहरू छन् । कुनै पेसा ठुला वा साना हुँदैनन् । सबै पेसाका फाइदा हुन्छन् । सबै पेसा आफ्नाे जीवनका लागि महत्त्वपूर्ण हुन्छन् । मानिसहरूका  पेसाहरू डाक्टर, पसले, इन्जिनियर, डकर्मी आदि विभिन्न हुन्छन् । सबै पेसाका महत्त्वहरू छन् । कृषकहरूले बाली लगाउँछन् । उनीहरूले अन्न उत्पादन गरेर हामीलाई अन्न खुवाउने काम गर्छन् । डकर्मी पनि एउटा महत्त्वपूर्ण पेसा हो यदि डकर्मीहरू भएनन् भने हामी आफ्नो वासस्थानविना नै बस्नुपर्ने हुन्छ । यसरी डाक्टर, इन्जिनियरका पनि आफ्नै विशेषता रहेका हुन्छन् । हामीले सबै पेसाको सम्मान गर्नुपर्दछ । सबै पेसामा मानिसहरूले उत्तिकै मिहिनेत गरिरहेका हुन्छन् र आफ्नो पेसा सबैजनालाई राम्रो र उत्कृष्ट लाग्छ । आफ्नो पेसाबाट मानिसहरूले फाइदा उठाएर जीवन चलाइरहेका हुन्छन् ।

 


Read More
कम्प्युटर
- Bibechana Dangol - 30009, Gra ... 17 January, 2023

कम्प्युटर आधुनिक युगको एकदमै आवश्यक यन्त्र हो । यो कार्यक्रमका दृष्टिले विद्युतीय बहुउपयोगी यन्त्र  हो । कम्प्युटरलाई नेपालीमा सुसाङ्ख्य पनि भन्ने चलन छ । कम्प्युटरमा सि. पि. यु., मदर बोर्ड, मोनिटर जडान गरिएको हुन्छ। कम्प्युटरको मुख्य भाग सि. पि. यु. हो । कम्प्युटरले मानिसको निर्देशनअनुसार काम गर्छ । यसको मेमोरीमा तथ्याङ्क भण्डारण गरिन्छ । विशेष गरी कम्प्युटर दुई वटा तत्त्वहरू मिलेर बनेको हुन्छ, ती हुन् हार्डवेयर र सफ्टवेयर ।  यी हार्डवेयर र सफ्टवेयरले एक अर्काबिना केही गर्न सक्दैनन् । आजको युगमा कम्प्युटरबिना जीवन कल्पना गर्न सकिँदैन । मानिसलाई धेरै समय लाग्ने काम कम्प्युटरले थोरै समयमा गर्न सक्छ । कम्प्युटर मानिसद्वारा बनाइएको एकदम उत्कृष्ट यन्त्र हो, जसले हाम्रो जीवन सहज र सरल बनाएको छ। कम्प्युटरलाई  पाँच पुस्तामा वर्गीकरण गरिएको छ ।  पहिलो पुस्ताको कम्प्युटर (१९४०-१९५६), दोश्रो पुस्ताकाे (१९५६-१९६३), तेश्रो पुस्ताकाे (१९६४-१९७४), चौथो पुस्ताकाे (१९७१-अहिलेसम्म), पाँचौ पुस्ताकाे (अहिले र पछिको)  गरी पाँच पुस्तामा वर्गीकरण गरिएको छ । चार्ल्स बाब्बेजले सन् १८२२ मा पहिलोपल्ट कम्प्युटर आविष्कार गरेका हुन् ।  चार्ल्स बाब्बेजलाई कम्प्युटरको पिता पनि भनिन्छ । आधुनिक कम्प्युटरहरू अत्याधुनिक काममा प्रयोग हुन्छन् । कम्प्युटर विभिन्न उद्देश्यका लागि विभिन्न क्षेत्रहरूमा प्रयोग हुन्छन् । कम्प्युटर शिक्षा,प्राविधिक,स्वास्थ्य, कलकारखाना, बैंकिंग, होटेल, सपिङ्ग महल, मनोरञ्जनलगायत विभिन्न क्षेत्रहरूमा प्रयोग हुन्छन् । आजको युवा पुस्ता कम्प्युटरप्रति धेरै नै आकर्षित छ । हामी कम्प्युटरमा गीत सुन्न, गेम खेल्न  र सिनेमा हेर्न सक्छौँ।  डाक्टरहरूले  कम्प्युटरको सहयोगले विभिन्न रोग पत्ता लगाएर उपचार गर्न सक्छन् । इन्जिनियर र आर्किटेक्टहरूले विभिन्न डिजाइन तथा हिसाब गर्न सक्छन् ।  त्यस्तै अन्तरिक्षमा विभिन्न खोज र अनुसन्धानका लागि पनि कम्प्युटरको प्रयोग हुन्छ ।  वैज्ञानिकहरूले कम्प्युटर जडित अन्तरिक्ष यान चन्द्रमा, मङ्गलग्रह जस्ता ठाउँहरूमा पठाइसकेका छन् । शिक्षण संस्थाहरूमा पठन पाठन गर्न र  परीक्षाको उत्तरपुस्तिका जाँच गर्न पनि कम्प्युटरको प्रयोग गर्न सकिन्छ।  कम्प्युटर जडित भू-उपग्रहहरू मौसम तथा अन्य ग्रह, ताराहरूको बारेमा अध्ययन गर्न पनि प्रयोग गर्न सकिन्छ। कम्प्युटरको प्रयोग आजको समयमा अति नै बढिरहेको छ । यसका राम्रा र नराम्रा पक्षहरू दुबै छन् । कम्प्युटरको नराम्रो पक्ष भनेको यसको धेरै प्रयोग गर्नाले आँखा कमजाेर हुन्छ, बालबालिकाहरूको पढाइमा नराम्रो असर गर्छ , स्वास्थ्यमा नराम्रो असर गर्छ ।  यसको सही सदुपयोग गर्न सकियो भने यो वरदान साबित हुन्छ । यसको दुरुपयोग गरियो भने यसले नराम्रो असर गर्छ।  
 


Read More
मलाई मन पर्ने पुस्तक
- Ridika Gurung - 31024, Grade ... 16 January, 2023

 
मैले धेरै विषयका किताबहरू पढेको छु । किताब पढ्दा धेरै रमाइलो हुन्छ । हामी विद्यालयमा नेपाली, गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक शिक्षा, संस्कृत आदि धेरै किताबहरू पढ्छाैँ । मलाई  नेपाली विषय धेरै मन पर्छ । नेपाली किताब पढ्दा कविता, कथा पढ्न पाइन्छ । कवितामा मलाई लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको कविता धेरै मन पर्छ । म धेरै कथाहरू पनि पढ्छु र त्यस भित्रका चित्रहरू पनि मलाई हेर्न मन पर्छ । मलाई लक्ष्मीप्रसाद देवकोटा ज्यूको मुनामदन भन्ने किताब धेरै मन पर्छ । मुनामदनका श्लाेकहरू जस्तैः
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन 
मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।
हातका मैला सुनका थैला, के गर्नु धनले 
साग र सिस्नु खाएको बेस आनन्दी मनले । 
यी श्लाेकहरूले  मेरो मन छोएको छ । त्यस्तै अरु कथाका किताबहरू पनि मलाई पढ्न मन पर्छ । हामीले सबै किसिमका किताबहरू पढ्नु पर्छ । सबै किताबहरू पढेर धेरै किसिमका ज्ञान पनि प्राप्त गर्न सक्छौँ ।  किताब पढिसकेपछि हाम्रो दिमाग पनि निखारिन्छ । हामीले संसारका धेरै कुराहरू थाहा पाउन सक्छौँ र हामी ज्ञानी हुन्छाैँ ।
 


Read More