Logo

Student Corner

Articles

हामी विद्यार्थी
- Bedant Bhandari - 32038, Grad ... 20 July, 2023

हामी सबै विद्यार्थी हाैँ । हामी कलमले सुन्दर भविष्य लेख्छौँ । बुबाआमा र शिक्षकहरूको आज्ञा पालन गरेर हामी आफ्नो लक्ष्य पूरा गर्छौं । यो हाम्रो खेलकुदका साथसाथै पढाइमा ध्यान दिने उमेर हाे । किताबका पानाहरूसँग मितेरी गाँसेर विद्यालयको पोसाकमा रमाउँदै हामी सुन्दर विद्यार्थी जीवन बिताउँछाैँ । हामी विद्यार्थी जिज्ञासु खालका हुन्छौँ । हाम्रो मनमा आएका प्रश्नकाे उत्तर हामीलाई शिक्षक र बुबाआमाले दिनुहुन्छ । विद्यार्थी जीवनमा असल बाटो रोज्दा मात्रै हामी सफल हुन्छौँ । विद्यार्थी जीवनमा हामी धेरै साथीहरू पनि बनाउँछाैँ । कक्षाकोठामा बनाएका यादहरू मनमा राखेर हामी संसार जित्न दाैडिन्छाैँ । विद्यार्थी जीवनमा हामीलाई धेरै खेल खेल्न पनि मन पर्छ । हामी विद्यार्थीले आफ्नो गृहकार्य समयमै गर्नुपर्छ । सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ । विद्यार्थी जीवन हरेक मानिसका लागि जीवनको महत्वपूर्ण पाटो हो । हामी यसबेला बनाएका यादहरू कहिल्यै बिर्सन सक्दैनाैँ । विद्यार्थी जीवनमा हामी अनुशासित बन्नुपर्छ । हामीले ठुलाले भनेको कुरा मान्ने र आफ्नो गल्ती सुधार्नुपर्छ । हरेक कुरालाई सामना गर्दै पढाइलाई पनि निरन्तरता दिनुपर्छ । मलाई विद्यार्थी जीवन रमाइलो लाग्छ ।


Read More
गणतन्त्र दिवस
- Raj Manandhar - 31023, Grade ... 19 July, 2023

नेपालमा गणतन्त्र दिवस जेष्ठ १५ मा मनाइन्छ। नेपालमा गणतन्त्र २०६५ जेष्ठ १५ गते घोषणा भएको थियो। त्यो भन्दा पहिले नेपालमा राजसंस्था थियाे । राजसंस्थामा राजाले देशमा शासन गर्थे भने  गणतन्त्रमा राष्ट्रपति राष्ट्रप्रमुख हुन्छन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । त्यस्तै दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । अहिले नेपालका  राष्ट्रपति  रामचन्द्र पौडेल हुन् । नेपालकाे गणतान्त्रिक संविधानअनुसार नेपाललाई ७ प्रदेश, ७७ जिल्लामा विभाजन गरिएकाे छ । गणतान्त्रिक नेपालमा हरेक पाँच वर्षमा निर्वाचन हुन्छ र हामीले नयाँ मन्त्रीहरू र राष्ट्रपति  पाउँछौँ । 


Read More
हाम्रो टोल
- Bishrant Sitaula - 32006, Gra ... 18 July, 2023

हाम्रो टोलको नाम पनेकु मार्ग  हो । यो सिफल काठमाडौँमा छ । हाम्रो टोलमा धेरै घरहरू छन् । घरहरू नयाँ र पुराना दुवै छन् । कुनै घर अग्ला छन् भने कुनै घर होचा छन् । हाम्रो टोलमा एउटा पार्क पनि छ । पार्कमा धेरै मानिसहरू आएर बस्छन् । त्यहाँ मानिसहरू घुम्न आउँछन् । हाम्रो टोलमा धेरै पसलहरू छन् । हाम्रो टोलकाे बाटाेमा गाडीहरू आउँछन् । हाम्रो टोलकोनजिकै भण्डारखाल जङ्गल छ । त्यहाँ धेरै बाँदरहरू बस्छन् । भण्डारखालनजिकै पशुपतिनाथको मन्दिर पनि छ। पशुपति मन्दिरमा धेरै मानिसहरू दर्शन गर्न आउँछन्। त्यहाँ बागमती नदी पनि छ। हाम्रो टोलमा धेरै विद्यालयहरू छन् । हाम्रो टोलको माथिल्लो भागमा सिफल चाैर छ । चौरको दायाँबायाँ दुईवटा विद्यालयहरू छन् । हाम्रो टोलका मानिसहरू विभिन्न काम गर्छन् । हाम्रो टोलमा काेही मानिसहरू डाक्टर छन्। काेही इन्जिनियर छन् । काेही नर्स छन् । काेही पसलमा काम गर्छन् । हाम्रो टोलबाट धरहराको टुप्पो पनि देखिन्छ। हाम्रो टाेल वरिपरि धेरै कुकुरहरू छन् । हाम्रो टोलमा धेरै बाँदरहरू आएर दु:ख दिने गर्दछन् । हाम्रो टोल सफा र सुन्दर छ। 


Read More
मेराे गाउँकाे अवस्था
- Aiunkeen Karki - 31046, Grade ... 17 July, 2023

मेरो घर ओखलढुङ्‌गा हो। म  २ वर्ष अगाडि ओखलढुङ्‌गा गएकी थिएँ। म गाउँ जाँदा गाउँमा केही कुराको पनि सुविधा थिएन। हामी कुवामा जाँदा  कुवा सुकेको थियो । घरमा इन्टरनेटको सुविधा थिएन। गाउँमा पसल नहुनाले केही किन्नको लागि टाढा जानुपर्थ्यो। पानी लिन टाढा जानुपर्थ्यो। गाउँमा मोटरबाटो थिएन । धेरै वर्षपछि गाउँ जाँदा मलाई खुसी भन्दापनि दुःख लागेको थियो। मैले यी सबै कुरा गाउँका मुखियालाई भन्ने विचार गरेँ । म मुखियाको घरमा गएँ तर घरमा भेट भएन। उहाँ त बाटोमा साना केटाकेटीको बिचमा हुनुहुँदो रहेछ। केटाकेटीलाई चकलेट पनि दिँदै हुनुहुन्थ्याे। उहाँले मलाई देख्नुभयो। तिमीले पनि खान्छाैँ भन्नुभयो। मैले खान्न भनेँ । मैले  पानी, इन्टरनेट, मोटरबाटो र पसलको बारेमा मुखियालाई भनेँ। गाउँमा धेरै जम्मा  भएका थिए। सबैलाई  यी सबै कुरा बताएँ । यस विषयमा छलफल भयाे । म केही समयपछि गाउँ जाँदा गाउँ परिवर्तन भएकाे रहेछ । गाउँमा ठाउँ ठाउँमा धारा बनेका रहेछन् ।


Read More
मेरो विद्यालय
- Aryama Bhattarai - 32027, Gra ... 04 July, 2023

मेरो विद्यालय गाैशालाकाे सिफल भन्ने ठाउँमा छ । मेरो विद्यालयमा ३ वटा भवन छन् । मेरो विद्यालयमा फुटबल खेल्ने मैदान छ । कक्षा १ र २ का भाइबहिनीहरू खेल्ने चिप्लेटी पनि छ । मेरो विद्यालयमा चमेना गृह छ। हामी चमेना गृहमा खाजा खान्छौँ । हाम्रो विद्यालयका शिक्षकहरूले हामीलाई कापीहरू दिनुहुन्छ । मेरो विद्यालयमा दिनमा आठ वटा विषयको पढाइ हुन्छ। म बस चढेर विद्यालय जान्छु । म घरबाट खाजा लान्छु । मेरो विद्यालयमा खेल्ने  समय हुन्छ । म सात बजे बस चढ्छु । हाम्राे पढाइ नाै बजेबाट सुरु हुन्छ । हाम्रो विद्यालय ठुलो र हरियाली छ । विद्यालयमा मेरा धेरै साथीहरू छन् । मलाई विद्यालय जान मज्जा पनि लाग्छ ।


Read More