Logo

Student Corner

Articles

मछिन्द्रनाथ जात्रा
- Manan Khanal - 31049, Grade V ... 16 August, 2023

मछिन्द्रनाथ जात्रा लामो समयदेखि मनाउँदै आइएको जात्रा हो। यो जात्रा एक महिनासम्म मनाइन्छ । यस जात्रामा करिब ६० फुटको रथ बनाइन्छ । यस रथलाई विभिन्न फूल मालाले सजाइन्छ। मछिन्द्रनाथलाई बर्षाकी  देवी मानिन्छ। रथ तानेको समयमा पानी पर्यो भने देवी खुसी  भएको मानिन्छ । यो जात्रा मुख्य गरी नेवारी समुदायहरूले मनाउँछन् । मछिन्द्रनाथको रथले काठमाडाैँ उपत्यकाका मानिसहरूलाई राम्रो भाग्य दिन्छ भन्ने विश्वाश रहेकाे छ । मच्छिन्द्रनाथको रथ तान्दा धिमे, मुरली, जस्ता बाजाहरू पनि बजाइन्छ। रथ तान्दै गर्दा अरू मान्छेहरूले आआफ्नो छतबाट हेर्छन् र रथ तान्ने मान्छेहरूलाई पानी छ्याप्छन्। देवी देउतालाई खुसी पार्न लाखे नाच नाच्ने  पनि गरिन्छ । यो एक महिने लामो जात्राको अन्तिम दिनमा भोटो जात्रा हुन्छ। यस दिन कुमारी , प्रदेश प्रमुख र विशिष्ट व्यक्तिहरूकाे उपस्थितिमा भोटो देखाइन्छ।


Read More
सामुहिक काम र सहभागिता
- Darshana Khadka - 31048, Grad ... 14 August, 2023

समुदायको साझा समस्या समाधान र उद्देश्य प्राप्त गर्न सबै मिलेर समुदायको हित र उन्नतिका लागि गरिने क्रियाकलापहरूलाई सामुहिक कार्य भनिन्छ । सामुदायिका कामहरू निम्न छन्ः  बाटो बनाउने, मठमन्दिर मर्मत गर्ने, वृक्षारोपण गर्ने, नदीनाला सफा गर्ने, स्वास्थ्य चौकी बनाउने आदि हुन्। सामुहिक कार्यले मानिसहरूको साझा अवश्यकता पूरा हुन्छ। यसले मनिसहरूको ज्ञान, सिप र क्षमता बढ्छ । रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्छ । समुदाय र समाजमा शान्ति छाउँछ, विकास  कार्य अघि बढाउन सजिलो हुन्छ ।  समुदायिक काम गर्दा समुदाय हराभरा र सुविधाहरूले भरिएको हुन्छ । हामी सामूहिक कार्यमा सहभागी हुन जरुरी छ । सबै मिलेर काम गर्दा समुदायको काम छिट्टै सकिन्छ र समुदायको  विकास पनि चाँडै हुन्छ। समुदायिक कार्यमा सबै छिमेकी मिलेर काम गर्दा आपसि सम्बन्ध बढ्छ । सामुदायिक काम मिलेर गर्दा समुदायमा 'म' भन्ने भावना नभएर ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । सामुदायिक काम गर्दा वरपरको वातावरण दूषित हुँदैन र एकदमै सफा हुन्छ ।


Read More
गुरु पूर्णिमा
- Sushant Pokharel - 32020, Gra ... 09 August, 2023

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको दिनको रूपमा मनाइन्छ। यस दिनमा हामीलाई हरपल ज्ञान, शिक्षा र प्रेरणा दिने सम्पूर्ण गुरुहरूप्रति आदरभाव, श्रद्धा र सम्मान प्रकट गरिन्छ । माता पितालाई जस्तै गुरुलाई पनि सम्मान गरिन्छ ।  हुन त गुरुहरू सदैव श्रद्धा र भक्तिका पात्रहरू हुनुहुन्छ तथापि गुरुहरूका पनि गुरू महाभारतका लेखक व्यास ऋषिको जन्मदिनमा विशेष गरी आफूलाई  ज्ञान प्रदान गर्ने सम्पूर्ण गुरुहरूप्रति नमन गर्दै आदर प्रकट गर्ने दिन गुरु पूर्णिमा हो । गुरु पूर्णिमा शिक्षक, शिक्षिका र विद्यार्थीहरूको बिचमा सम्बन्ध सुमधुर बनाउने उत्सवको दिन पनि हो । गुरुले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश दिनुहुन्छ ।  हाम्रा गुरु र गुरुआमाहरूले हामीलाई सदैव ज्ञान, प्रेरणा, शिक्षा र हौसला प्रदान गर्ने गर्नुहुन्छ । हामी विद्यार्थीहरूको भविष्यको मार्गदर्शक हुनुहुन्छ ।


Read More
मेरो देश
- Raj Manandhar - 31023, Grade ... 08 August, 2023

मेरो देश नेपाल हो । यो एसियामा पर्दछ ।  ‌यो भारत र चीनको बिचमा छ। यो सानो भए पनि एकदम सफा र राम्रो छ। यो पृथ्वीको दोस्रो धेरै पानी भएको देश हो । यहाँ सबैभन्दा ठुलो हिमाल सगरमाथा पनि छ। हाम्राे देशकाे झण्डा अरू देशकोभन्दा फरक छ ।  हाम्राे देशमा ७७ जिल्ला र ७ प्रदेशहरू छन्। म  प्रदेश  ३ बागमतीमा बस्छु । नेपालमा धेरै जातहरू छन् । जस्तैः नेवार, ब्राम्हण गुरुङ आदि।  नेपालको लुम्बिनी प्रदेशमा भगवान बुद्ध जन्मिनुभएको थियो। नेपालको राष्ट्रिय खेल भलिबल, राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय गीत सयौं थुङ्‌गा हो । नेपाल पहिले ठुलो थियो तर नेपाल युद्धमा जानु परेको हुनाले नेपाल सानो भयो । म काठमाडौँमा बस्छु । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मानिस छन् । याे हाम्राे देशकाे राजधानी हाे । मलाई मेराे देश अत्यन्तै राम्राे लाग्छ ।


Read More