Logo

Student Corner

Articles

अनुशासन 
- Eugene Gurung - 2028049, Grad ... 11 October, 2020

अनुशासन हाम्रो जीवनमा निकै महत्वपूर्ण चिज हो । अनुशासित मानिसलाई सबैले मन पराउँछन् । अनुशासित मानिसले जुनसुकै ठाउँमा पनि राम्रो काम पाउनुका साथै उसलाई सबैले राम्रो नजरले हेर्ने गर्छन् ।अनुशासन भनेको सबैमा लागु हुनुपर्छ । अनुशासन भनेकाे सानाेदेखि ठूलोसम्ममा लागू हुन्छ । अनुशासन ठूलोका लागि नि उत्तिकै आवश्यक हुन्छ, जति सानाका लागि हुन्छ । यसले ठूलो वा सानो भन्दैन । अनुशासनले धनी वा गरिब अनि जातभात छुट्याउँदैन । अनुशासन भनेको घरबाहिर मात्रै नभएर घरभित्र पनि उत्तिकै आवश्यक हुन्छ । स्कुल, अफिस, आफन्तकाे घर आदि जहाँसुकै पनि अनुशासित मानिसले राम्राे पहिचान पाउँछन् । 

जनावरहरू जस्तै कुकुर, बिरालाे, सुगा आदिलाई पनि अनुशासन सिकाउने गरिन्छ । अनुशासित मानिसलाई सबैले माया गर्ने गर्छ। अनुशासन भन्ने कुरा कसैले पनि जन्मदै लिएर आएकाे हुँदैन । याे भनेको आफैले सिक्नुपर्ने र आफ्नाे जीवनमा अपनाउनु पर्ने कुरा हाे । अनुशासित हुनुका साथ-साथै इमानदार पनि भयौँ भने हामीले सबैकाे विश्वास र मानसम्मान पनि पाउँछौं ।अनुशासन नभएको मानिसलाई कसैले पनि मन पराउँदैनन् । न त उसले अरुबाट मानसम्मान नै पाउँछ, उसलाई कसैले पनि विश्वास गर्दैन त्यसैले हाम्रो जीवनमा अनुशासनकाे धेरै महत्त्व छ ।


Read More
पृथ्वी
- Arjan Khadka - 2028003, Grade ... 08 October, 2020

साैर्य मण्डलमा आठ ग्रहहरू छन्। तीमध्ये एउटा ग्रह पृथ्वी हो। पृथ्वी एक मात्र ग्रह हो जसमा हामी बस्न सक्दछौँ। यो सूर्यबाट नजिकमा पर्ने  तेस्रो ग्रह हो। पृथ्वी लगभग ४.५ अरब वर्ष पहिले बनेको थियो।

पृथ्वी हाम्रो मातृ ग्रह हो जसले बोटबिरुवा र पशुहरूका लाखौँ प्रजातिहरूलाई बास प्रदान गर्दछ। पृथ्वी एक मात्र ग्रह हो जुनमा  प्राणी बस्ने वातावरण छ र सम्पूर्ण सौर्यमण्डलमा पृथ्वी एक मात्र ग्रह हो जसले बचाउन  सहयोग गर्दछ। पृथ्वीको सतह लगभग ७३% पानीले ढाकेको छ। पृथ्वीमा २१% अक्सिजन रहेको वातावरण छ जसले जीवित प्राणीहरूको अस्तित्वमा मद्दत गर्दछ। पृथ्वी गोलो आकारकाे छ र बुध ग्रह, शुक्र, र मङ्गल ग्रहजस्तै अन्य ग्रहहरूभन्दा ठूलो छ। पृथ्वीले हामीलाई हावा, पानी, खाना र बस्नको लागि ठाउँ प्रदान गर्दछ।

पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा हो जुन पृथ्वीको चारैतिर घुम्छ। पृथ्वीको सबैभन्दा चिसो ठाउँ अन्टार्कटिका हो र सबैभन्दा तातो ठाउँ लिबिया हो। पृथ्वीमा कोइला, पानी र खनिज जस्ता धेरै प्राकृतिक स्रोतहरू छन्। यो पृथ्वीको रक्षा गर्नु हाम्रो दायित्व हो र हामीले प्राकृतिक स्रोत खेर फाल्नुहुँदैन।


Read More
Computer
- Samyam Rai - 2028032, Grade I ... 06 October, 2020

A computer is an electronic machine which helps to make our work easy and faster. A computer is a machine that takes input from the user and gives the output. The father of computers is Charles Babbage because in 1833 he invented all the parts that are used for the modern computer. But it was only 120 years later that the modern computer was invented. And Konrad  Zuse was the first modern computer in the world in 1936 and named Z1. In 1939 he created Z2 as the first electro-mechanical computer in the world.

A computer is very useful to everyone especially for office work because everything in the office is done by a computer. If they don’t use computers they can’t work. And if we have computers we can do complex things in a simple manner. We can communicate, play games, play music, write, and save. Also, we can use the computer for entertainment. Now we are able to read and study from home because of the computer. A computer has many parts like CPU, Monitor, Keyboard, etc. Many people say that the CPU is the computer's mind. There are different types of computer-based generation and they are the first generation, second generation, third generations, and fourth generations. The first generation was based on Vacuum Tube, the second generation was based on transistors, the third generation was based on Integrated circuits(IC). The fourth-generation was developed from 1971; it is still being developed up to the present date. This generation was based on microprocessors. Currently, we are using a more advanced level that has been developed up to the 8th generation. 

 


Read More
वातावरण प्रदूषण
- Prabal Dawadi - 2028024, Grad ... 06 October, 2020

हाम्रो वरिपरिको माटो, हावा पानी, प्राणी तथा वनस्पतिको सन्तुलित अवस्थालाई वातावरण भनिन्छ। प्रदूषण भनेको फोहोर वा असन्तुलन हो । सरल अर्थमा हाम्राे वरपरकाे वातावरण फोहोर हुनु र वातावरणीय अवस्था खल्बलिनुलाई वातावरण  प्रदूषण भनिन्छ। अहिले वातावरण प्रदूषण बढ्दै गइरहेको छ। वातावरण प्रदूषण विश्वव्यापी समस्या हो। 

वातावरण प्रदूषणभित्र जल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण, माटो प्रदूषण आदि पर्दछन् । मानिसहरूको क्रियाकलापले गर्दा नै वातावरण प्रदूषण हुन्छ । वनजङ्गल फडानी गर्नाले, जथाभावी फोहोर फाल्नाले, पूराना सवारी साधनहरू चलाउनाले आदि विभिन्न कारणले वातावरण प्रदूषण हुन्छ। वातावरण प्रदूषणले मानिसहरूको स्वास्थ्यमा नकरात्मक असर पर्छ। मानिसहरूलाई विभिन्न रोगहरू लाग्छन्। 

वातावरण प्रदूषण रोक्नका लागि वृक्षरोपण गर्नुपर्छ। जथाभावी फोहोर फाल्नुहुँदैन। वनजङ्गल फडानी गर्नुहुँदैन। पुराना सवारी साधन चलाउन रोक लगाउनुपर्छ। वातावरण सफा र स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौँ। त्यसैले वातावरण सफा र स्वच्छ राख्नु नै हामी सबैको दायित्व हो।

 


Read More
दसैँ
- Subhaya Shrestha - 2028039, G ... 04 October, 2020

दसैँलाई बडादसैँ, विजयादशमी, दशहरा आदि नामले चिनिन्छ । यो हामी नेपालीहरूको प्रमुख चाड हो। असोज महिनाको शुक्लपक्षको प्रतिपदाकाे दिन यस पर्वको पहिलो दिन हो । माता दुर्गाले महिसासुर नामक दैत्यको नाश गरेर मानवहरूको कल्याण गरेको र असत्यमाथि सत्यको विजय गरेकाे कारण याे पर्व मनाइन्छ । त्यसकारण दशमीलाई विजयादशमीको रुपमा मनाइन्छ । त्यस दिन दुर्गा माताको पूजा आराधना गरिन्छ। । दसैँ असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ र उत्सवका साथ मनाइने चाड हो । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दसैँ घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनको भएतापनि पहिलो नौ दिनलाई नवरात्र र दशौं दिनलाई दशमी वा दसैँ भनिन्छ । दसैँमा हामी ठूलाबडाका हातबाट टीका थापेर आशीर्वाद लिन्छौँ । बडादसैँको दिन रातो टीका र जमरा शिरमा लगाइन्छ जमराको छुट्टै महत्त्व छ । दसैँको पहिलो दिन घटस्थापनाको दिन बालुवा र माटाे राखेर जमरा राखिन्छ । नौ दिनसम्म त्यसलाई छोपेर राखिन्छ र दसैँको दिन पूजाआजा गरेर जमरा प्रसादको रुपमा शिरमा लगाइन्छ। दसैँमा नयाँ लुगा लगाएर आफ्ना मान्यजनकहाँ टिका थाप्न पनि जान्छाैँ। दसैँमा हामी मिठा मिठा परिकार बनाएर खान्छाैँ। याे पर्व निकै रमाइलाे गरी धुमधामका साथ मनाइन्छ । देशविदेशमा भएका आफन्तहरू पनि यस पर्वमा भेला हुन्छन् । त्यसले विजयादशमी नेपालीहरूको लागि महान् चाड हो ।


Read More
लकडाउन: मेराे अनुभव
- Rushka Sapkota - 2028028, Gra ... 01 October, 2020

कोरोना भाइरस चीनबाट सुरु भएर संसारभरि फैलिएको महामारी हो । यो महामारीकाे प्रकोपले नेपाललाई पनि छोडेन । कोरोनाको कारणले सरकारले देशभर लकडाउन गर्‍याे । जसको कारणले हामी विद्यार्थीहरू स्कुलमा गएर पढन पाएका छैनौँ ।

यसै कारण म लगायत मेरो परिवार आफ्नो गाउँकाे घर ओखलढुङ्गा गएका थियौँ । हामी त्यहाँ एक महिनासम्म  बस्यौँ । गाउँमा बस्दा धेरै कुराहरू देखियो र धेरै कुराहरू सिक्ने मौका मिल्यो । गाउँमा हामीले बारीमा तरकारी रोप्यौँ ।गाउँमा मैले पाठापाठीहरूसँग पनि खेलेँ । मलाई गाउँमा धेरै रमाइलो भयो तर इन्टरनेटको समस्याको कारण, हामीले हाम्रो अनलाइन कक्षा लिन सकेनौँ । नजिकैको सामुदायिक स्कुलमा इन्टरनेटको व्यवस्था भएकोले त्यहाँ अनलाइन कक्षा लिन जान्थ्यौँ । त्यहाँ पनि राम्ररी इन्टरनेट नचल्नाले  हाम्रो अनलाइन कक्षा राम्रो हुन सकेन गाउँमा बिजुली  पनि  थिएन  । अनलाइन कक्षा लिनको लागि धेरै टाढा जानु पर्‍याे । यति दुःख गरेर जाँदा पनि इन्टरनेट राम्ररी नचल्नाले हामीले राम्ररी कक्षा लिन पाएनौँ । मेरा अभिभावकले डाटा प्याकेज लिएर अनलाइन कक्षाको लागि  धेरै कोसिस गर्नुभयो।  मोबाइलको नेटवर्क पनि खराब भएकोले डाटा प्याकेज पनि प्रयोग गर्न सकिएन । त्यसपछि हामी काठमाडौँ फर्कियौँ  । अहिले  हामी अनलाइन कक्षामा  राम्ररी सहभागी भइरहेका छौँ। हामी अहिले पनि भौतिक रुपमा स्कूल जान सकेका छैनौँ । त्यसपछि मैले मेरा बाबुआमालाई घरायसी काममा सहयोग गर्न थालेकी छु । अब मलाई चिया, अण्डा, जुस र अन्य कसरी पकाउने थाहा भयाे । मैले गुगल क्लासरूममा होमवर्क गर्न सिकेकी छु। मलाई अब स्लाइडहरू, गुगल कागजातहरू, गुगलमिट,इमेल आदि प्रयोग गर्न पनि सिकेकी  छु।

यसरी लकडाउनले म लगायत मेरो परिवारलाई राम्रो र नराम्रो दुवै खालको प्रभाव पार्‍याे । 


Read More