Logo

Student Corner

Articles

लकडाउनमा मेराे चित्रकला
- Prasiddhi Dangol - 2027017, G ... 16 December, 2020

झन्डै नाै महिनादेखि काेराेना भाइरस महामारीका कारण घरमा नै थुनिनुपरेको छ । त्यसैले मैले केही काम नगरी बस्नुभन्दा चित्रहरू बनाउन थालेँ । धेरै दिनपछि चित्र बनाउन लागेर हाेला मेरा  चित्रहरू  राम्रा हुन सकेनन् । मैले कत्ति पनि हरेस खाइनँ बरू निरन्तररूपमा चित्र बनाउँदै गएँ ।  बिस्तारै चित्रकलामा सुधार पनि आउँदै जान थाल्याे ।

यसै बिचमा  मेरा अनलाइन कक्षाहरू पनि  सुरु भए ।  मलाई धेरै खुशी लागिरहेकाे थियाे  किनभने अनलाइन कक्षामा चित्रकलाको पनि कक्षा थियो । यसपछि मैले मेरा शिक्षकबाट पनि धेरै कुराहरू सिक्ने अवसर पाएँ । याे काम अझै पनि निरन्तर रूपमा चलिरहेकाे छ । चित्र बनाउनका लागि मैले सिसाकलम प्रयोग गर्छु । चित्रमा रङ्ग भर्न चाहिँ मैले धेरैथरीका रङ्हरूको प्रयोग गर्ने गरेकी छु । विभिन्न किसिमका रङ्गहरू किन्न मलाई बाबाले सहयाेग गरिदिनुहुन्छ । चित्र बनाउन थालेदेखि नै मैले एउटा अथवा दुई वटा चित्र बनाउन थालेँ । कहिलेकाहीँ त म चित्रसम्बन्धी युट्युब पनि हेर्छु भने कहिलेकाहीँ धेरै नै अगाडि आफैले बनाएका चित्र हेर्छु अनि यहाँ याे रङ्ग लगाउन पाएकाे भए राम्राे हुने रहेछ भनी साेच्दछु । म प्राय गरेर आफ्नै साेचले चित्रहरू बनाउने गर्दछु । म चित्र बनाउने बेलामा शान्त ठाउँमा बसेर बनाउँछु । चित्र बनाउन म कहिल्यै पनि हतार गर्दिनँ । छिटाेछिटाे सकिहालाै भन्ने साेच मनमा नै राख्दिनँ । अहिलेसम्म मैले लगभग ३५ वटा जति चित्र बनाइसकिछु । यसलाई निरन्तरता दिने नै मेराे याेजना छ । हेरूँ कतिसम्म बनाउन सकिने रहेछ । तिमीले राम्रा बनाएका चित्र फ्रेमिङ गरेर राखिदिने कुरा बाबाले भन्नुभएकाे छ । याे कुराले पनि म निकै उत्साहित भएकी छु । फुर्सदकाे समय मैले यसरी नै बिताउन थालेकी छु ।  


Read More
The largest animal in the world
- Eshita Lal Shrestha - 2027024 ... 14 December, 2020

Blue whales are the largest animal ever known on earth.  These marine mammals rule the ocean. Up to 100 feet long and more than two hundred tons their tongues alone can weigh as much as an elephant. Their heart is as big as an automobile. Blue whales reach these mind-boggling dimensions on a diet composed nearly exclusively of tiny shrimplike animals called krill. During certain times of the year, a single adult blue whale consumes about 4 tons of krill a day. The giant animals feed by first gulping an enormous mouthful of water expanding the pleated skin on their throat and belly to take it in. Then the whale's massive tongue forces the water out through the thin, overlapping baleen plates. Thousands of krill are left behind and then swallowed. Blue whales look true blue underwater, but on the surface, their coloring is more like a mottled blue-gray. Their underbellies take on a yellowish hue from the millions of microorganisms that take up residence in their skin. The blue whale has a broad, flat head and a long, tapered body that ends in wide, triangular flukes. Blue whales live in the world’s oceans, except the Antarctic. These mammals occasionally swim in small groups but usually alone or in pairs. They often spend summer feeding in polar waters and undertake lengthy migrations towards the Equator as winter arrives. These graceful swimmers can accelerate more than 20 miles an hour when they speed up.  Blue whales are among the loudest animals on the planet as well. They emit a series of pulses, groans, and moans, and it’s thought that, in good conditions, blue whales can hear each other up to 1000 miles away. Scientists think they use these vocalizations not only to communicate but, along with their excellent hearing, to sonar-navigate the lightless ocean depths. Calves enter the world already ranking among the planet's largest creatures. After about a year inside its mother's womb, a baby blue whale emerges weighing up to 3 tons and stretching to 25 feet. It gorges on nothing but mother's milk and gains about 200 pounds every day in its first year.   Source: Encyclopedia on mammals


Read More
यसपालिको तिहार
- Jyotsana Tako - 2028051, Grad ... 09 December, 2020

यसपालिको तिहारमा मेरो विद्यालयले हामीलाई पाँच दिनको छुट्टी दिएको थियो । पाँच दिनको छुट्टीको पहिलो दिन काग तिहार थियो । काग तिहारको पहिलो दिन मैले र मेरो भाइले एउटा प्लेटमा कागलाई खाना खान दियाैँ ।  तिहारको दोस्रो दिन कुकुर तिहार थियो ।  हामीले घरमा कुकुर पालेका थिएनाैँ । त्यसैले मैले बाटोमा हिँडिरहेको कुकुरलाई पूजा गरेँ । माला लगाइदिएँ र उसलाई बिस्कुट खाना दिएँ । तेस्रो दिन गाईतिहार थियो ।  मेरो घरको वरिपरि कतै पनि गाई नभएको कारणले गर्दा मैले गाई पूजा गर्न पाइँन । गाई पूजाको दिन मैले भाइसँगै खेलेर समय बिताएँ । तिहारको चौंथो दिन गोवर्धन पूजा थियो ।  त्यस दिन नेवारहरूको नयाँ वर्ष पनि थियो । हामीले गोवर्धन पूजा पनि गर्न पाएनौँ । हामी नेवार समुदायको नयाँ वर्ष भएको कारणले गर्दा त्यस दिन मेरो बुबाले रेष्टुरेन्टबाट मिठामिठा खानेकुराहरू लिएर आउनुभयो । हामीले मिठामिठा खानेकुराहरू खाएर नयाँ वर्ष मनायाैँ । तिहारको पाँचौं दिन भाइटीका थियो ।   भाइटिकाको दिन मैले मेरो भाइलाई सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाइदिएँ । त्यस दिन भाइको पूजा गरिसकेपछि मैले भाइलाई खानेकुराहरू, मसलाहरू दिएर धुमधामसँग भाइको पूजा गरेँ । मेरो भाइले मलाई कलम र थरीथरीका रङहरू उपहार दियो । भाइले मलाई दक्षिणा पनि दियो । यसरी मैले यसपालिको तिहार मनाएँ । 


Read More
मेराे यसपालिकाे दसैँ
- Ananiya Bhurtel - 2028052, Gr ... 08 December, 2020

यसपालि दसैँकाे बिदामा मेरो बुबाले नयाँ कार किन्ने याेजना बनानुउभयो त्यसैले पनि म धेरै उत्साहित थिएँ । हामीले हाम्रो नयाँ कार हेरिसकेपछि घर फर्क्यौं । घरमा पुगेपछि  मेरा भाइ र बहिनीसँग म आआफ्ना स्कुलका बारेमा कुराकानी पनि गर्दै थियाैँ । उनीहरूले मलाई आफ्नाे  स्कुल धेरै याद आउने गरेकाे  बताएँ । मैले चाहिँ आफू एकपटक पनि स्कुल नगएकाे कुरा बताएँ । हुन पनि काेराेना महामारीका कारण स्कुल जान पाइएकाे पनि छैन ।  हामीले शनिबार मेरो स्कुल हेर्न जाने  योजना बनायाैँ । भाेलिपल्ट हामी मेराे नयाँ र पुरानाे स्कुल  हेर्न पनि गयाैँ । म गाडीकाे अगाडिकाे सिटमा बसेकी थिएँ । 

फुर्सदकाे समयमा हामीले अफलाइन खेलहरू चेस, लुडोजस्ता खेल खेल्न पनि खेल्याैँ । धेरै नै रमाइलो भएकाे थियो। साेमबारका दिनमा हामी विभिन्न मन्दिरहरू घुम्न गयाैँ ।  । हामीले मेरो PS4 मा फिफा खेलेका थियौं ।  हामीले माइनक्राफ्ट पनि  खेलेका थियौँ अनि युट्यूबमा विभिन्न किसिममा सामग्री पनि हेरेका थियाैँ ।

 हामी मामाघरमा गयौँ र मेरी हजुरआमा धेरै खुसी हुनुहुन्थ्यो। अर्को दिन टीका थियो त्यसैले म उत्साहित थिएँ तर निद्राले भने च्यापेकाे थियाे । यो क्षुद्र थियो तर हामीले  निधारमा टीका लगायौँ र कानमा जमरा पनि । हामी खुसीथियाैँ। यो हाम्रा लागि सबैभन्दा रमाइलाे  क्षण थियाे ।


Read More
जुनकिरी
- Shuvee Lamichhane - 2028037, ... 07 December, 2020

जुनकिरी एक किसिमको किरा हो । जुन गर्मी या वर्षायामको रातिमा देखिने गर्छ । जुनकिरीकाे पुच्छरमा एउटा बत्ती हुन्छ ।त्यस बत्तीलाई उनीहरूले आफ्नो इच्छाअनुसार बाल्ने गर्दछन् । उनीहरू पुच्छरकाे बत्तीकाे माध्यमबाट एक अर्कामा सम्पर्क गर्ने अथवा भेटघाट गर्ने काम गर्दछन् । भाले जुनकिरीले ५।५ सेकेन्डमा बत्ती बाल्ने गर्दछन् भने पोथी जुनकिरी ले २।२  सेकेण्डमा बत्ती बाल्ने गर्दछन् । यिनीहरू प्रायः लडेको कुहेकाे काठको वरिपरि, कुवाको वरिपरि, लामा-लामा घाँस र अध्यारो ठाउँमा बस्ने गर्दछन् ।  जुनकिरीले आफूभन्दा सानासाना किराहरूलाई आहाराको रुपमा प्रयोग गर्दछन् । जुनकिरीले बत्ती बालेर उडेको दृश्य रमाइलो देखिन्छ ।  केटाकेटीले यस दृश्यलाई घरको बाहिर बसेर नियालिरहेका हुन्छन् र जुनकिरीलाई च्याप्प समात्ने काम पनि गर्दछन् । जुनकिरीका बारेमा खोजेर पढ्दा र यसका बारेमा जानकारी लिँदा अझै रमाइलो हुन्छ ।


Read More
यसपालिकाे दसैँ
- Nicky Mahato - 2028019, Grade ... 06 December, 2020

दसैँ  हाम्रो सबैभन्दा ठुलो पर्व हो ।  यो पर्व १५ दिन मनाइन्छ ।  यस चाडमा टाढा भएका आफन्तजनहरू, घरपरिवारका सदस्यहरू घरघरमा भेला भएर ठुलाबडाको हातबाट टीका लगाउने काम हुन्छ ।  यो पटकको दसैँ भने कोरोनाका कारण पहिलाकोजस्तो हुन सकेन ।  आफू  जहाँ जहाँ छौँ त्यहीँबाट टीका लगाउनु पर्ने आदेश सरकारको थियो र कतै आफन्तजनकोमा जान  पनि कोरोनाको डर थियो ।  त्यसैले यसपालीको दसैँ पहिलाको जस्तो हुन सकेन । हामीले  पढ्ने स्कुलको अनलाइन कक्षाको दसैँको बिदा बाह्र दिन थियो।  यसपालिको दसैँमा मैले मेरै घरमा आमा बाबा र दाजुहरूको हातबाट टीका लगाएर जमरा लगाएर मनाएँ ।  मेरो बाबाले यसैमा दुईवटा कुखुरा किन्नु भएको थियो । त्यसैलाई पूजा गरेर काटेर त्यसैको मासु खाएर अनि टीका लगाएर दसैँ मनायाैँ ।   मेरा ठुला बुबाले पनि मलाई टिका लगाएर पैसा दिनुभयो । कोरोना भाइरसले गर्दा  लकडाउन भएर हामी घरमा दसैँ मनायाैँ ।   दसैँमा म मेरा दाजुहरूसँग खेलेँ ।  घरमै बसेर चङ्गा उडाएँ । दिदीले हामीलाई मिठाई दिनुभयो। मैले पैसा जम्मा गर्नको लागि एउटा खुत्रुके किनेँ  ।  मैले आफूसँग भएका सबै पैसा खुत्रुकेमा जम्मा गरेँ र यसपालिको दसैँदेखि पैसा अनावश्यक खर्च नगर्ने आफूसँग भएको पैसा खुत्रुकेमा राखेर जम्मा गर्ने उद्देश्य लिएको छु ।  आफूसँग भएका सबै समयले खुत्रुकेमा नि राख्ने पनि गरेको छु । कोरोनाका कारण गाउँमा गएर दसैँ मनाउन नपाए पनि अर्को वर्षको दसैँ मैले गाउँमै गएर मनाउन पाइयोस् भन्ने आशा पनि लिएको छु ।


Read More
खानेकुरा
- Yalam Dev Pradhan - 2027023, ... 26 November, 2020

खानेकुरा नखाई हामी बाँच्न सक्दैनाैँ। खानेकुरामा भात, दाल, तरकारी, फलफूल आदि धेरै कुरा पर्छन्। खानेकुरा फलाउनका लागि धेरै मिहिनेत चाहिन्छ।  कतिपय देशमा खान नपाएर कैयाैँ मान्छे मरिरहेका हुन्छन्।  त्यसैले खान सक्ने जति मात्र आफूले लिनुपर्छ। हामीले एकएक गरेर अन्न जम्मा गनुपर्छ। त्यसले धेरै जनालाई पुग्छ। हामीले खानेकुरा कहिल्यै खेर फाल्नुहुँदैन।

हामीले धेरै पानी पिउनुपर्छ। दुध पनि पिउनुपर्छ। पानी र दुधजस्ता झाेल पदार्थ धेरै पिउनाले मानिस फुर्तिलाे  हुन्छ। चाउचाउ, चिजबल, कुरमुरे, आलुचिप्स जस्ता सुख्खा खानेकुरा खानुहुँदैन। यिनले  हाम्राे  पेट बिगार्छन्। आइसक्रिम र चकलेटजस्ता बजारिया खानेकुरा खानुहुँदैन। यिनले हाम्राे दाँत बिगार्छन्। बिहान बेलुका खाना खाएपछि दाँत माझ्नु पर्छ। फाेहाेर र  बासी खानाले हामी राेगी हुन्छाैँ। सागसब्जी, फर्सी, गाजर र फलफूल धेरै खानुपर्छ। यिनले सम्झने शक्ति बढाउँछन् र आँखा कमजाेर हुनबाट बचाउँछन्।  हामी धुलाे, हिलाे र फाेहाेरमा खेल्नुहुँदैन। खाना खानुअघि जहिले पनि साबुन पानीले हात धुनुपर्छ। 

स्वास्थ्य ठूलो धन हो ।  स्वस्थ रहनका लागि खानेकुराको निकै ठूलो भूमिका रहेको हुन्छ ।  त्यसैले हाम्रो जीवनलाई स्वस्थ र निरोगी बनाउनका लागि सधैँ पोसिलो खानेकुरामा ध्यान दिनुपर्दछ । 
 


Read More