Logo

Student Corner

लकडाउन: मेराे अनुभव

Written by: Rushka Sapkota - 2028028, Grade IV

Posted on: 01 October, 2020

कोरोना भाइरस चीनबाट सुरु भएर संसारभरि फैलिएको महामारी हो । यो महामारीकाे प्रकोपले नेपाललाई पनि छोडेन । कोरोनाको कारणले सरकारले देशभर लकडाउन गर्‍याे । जसको कारणले हामी विद्यार्थीहरू स्कुलमा गएर पढन पाएका छैनौँ ।

यसै कारण म लगायत मेरो परिवार आफ्नो गाउँकाे घर ओखलढुङ्गा गएका थियौँ । हामी त्यहाँ एक महिनासम्म  बस्यौँ । गाउँमा बस्दा धेरै कुराहरू देखियो र धेरै कुराहरू सिक्ने मौका मिल्यो । गाउँमा हामीले बारीमा तरकारी रोप्यौँ ।गाउँमा मैले पाठापाठीहरूसँग पनि खेलेँ । मलाई गाउँमा धेरै रमाइलो भयो तर इन्टरनेटको समस्याको कारण, हामीले हाम्रो अनलाइन कक्षा लिन सकेनौँ । नजिकैको सामुदायिक स्कुलमा इन्टरनेटको व्यवस्था भएकोले त्यहाँ अनलाइन कक्षा लिन जान्थ्यौँ । त्यहाँ पनि राम्ररी इन्टरनेट नचल्नाले  हाम्रो अनलाइन कक्षा राम्रो हुन सकेन गाउँमा बिजुली  पनि  थिएन  । अनलाइन कक्षा लिनको लागि धेरै टाढा जानु पर्‍याे । यति दुःख गरेर जाँदा पनि इन्टरनेट राम्ररी नचल्नाले हामीले राम्ररी कक्षा लिन पाएनौँ । मेरा अभिभावकले डाटा प्याकेज लिएर अनलाइन कक्षाको लागि  धेरै कोसिस गर्नुभयो।  मोबाइलको नेटवर्क पनि खराब भएकोले डाटा प्याकेज पनि प्रयोग गर्न सकिएन । त्यसपछि हामी काठमाडौँ फर्कियौँ  । अहिले  हामी अनलाइन कक्षामा  राम्ररी सहभागी भइरहेका छौँ। हामी अहिले पनि भौतिक रुपमा स्कूल जान सकेका छैनौँ । त्यसपछि मैले मेरा बाबुआमालाई घरायसी काममा सहयोग गर्न थालेकी छु । अब मलाई चिया, अण्डा, जुस र अन्य कसरी पकाउने थाहा भयाे । मैले गुगल क्लासरूममा होमवर्क गर्न सिकेकी छु। मलाई अब स्लाइडहरू, गुगल कागजातहरू, गुगलमिट,इमेल आदि प्रयोग गर्न पनि सिकेकी  छु।

यसरी लकडाउनले म लगायत मेरो परिवारलाई राम्रो र नराम्रो दुवै खालको प्रभाव पार्‍याे ।