मेरो नाम युजिन गुरुङ हाे । म सिफल सेकेन्डरी स्कुलमा कक्षा ४ म पढ्छु । म स्वयम्भूमा बस्छु । मलाई सबैभन्दा मन पर्ने ठाउँ मेरो मामाघर हो । मेरो मामाघर असनमा छ । मलाई मामाघर धेरै मन पर्छ । मेरो मामघरमा मेरा मामा, माइजू, हजुरबुबा, हजुरआमा दाजु दिदीहरू हुनुहुन्छ । मलाई मामाघरमा सबैजनाले धेरै माया गर्नुहुन्छ । मलाई हजुरआमाले मिठामिठा खानेकुरा बनाएर खुवाउनुहुन्छ । मामाले रमाइलो ठाउँमा घुमाउन लैजानुहुन्छ । मलाई मेरो हजुरबुबाले रमाइला कथा कविताहरू सुनाउनुहुन्छ । मामाले धेरै ज्ञान गुनका कुराहरू सिकाउनुहुन्छ । म मेरो मामासँग गितार बजाउन सिक्छु । मेरो मामा घर नजिकै इन्द्रजात्राको समयमा रथ तान्ने जात्रा हुन्छ । जात्रा हेर्न मलाई रमाइलो लाग्छ । इन्द्रजात्रामा पुलुकेसी, लाखे नाचेको कुमारीको, गणेशको रथ, भैरवको र अनि अरू थुप्रै नाचहरू पनि देखाइन्छ । मैले आफ्नो मामाघरमा धेरै संस्कृतिका कुराहरू पनि सिक्न पाउँछु । अहिले मलाई मायाघर जान निकै मन पर्छ र धेरै समय मामा कै घरमा बस्न मन लाग्छ ।
कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने सरुवा हो । सुरुमा यो राेग चिनकाे बुहानमा देखिएको थियो । याे राेग चमेरोबाट मानिसमा सरेको विश्वास गरिन्छ । चिनको विभिन्न राज्य हुँदै संसारभरि फैलियो । अहिले यो रोग महामारीको रुपमा मानिन्छ । धेरै मानिसहरू संक्रमित भइसकेका छन् । याे राेगबाट धेरै मानिसहरू मरिसकेका छन् । यो रोग छिमेकी देश भारत हुँदै नेपालमा भित्रियो । अहिले एक कराेडाैँ मानिस सङ्क्रमित भइसकेका छन् भने निको पनि धेरै भइसकेका छन् ।
यसका लक्षणहरु १०४ ज्वराे आउनु,सास फेर्न गाह्रो हुनु, रुघाखोकी लाग्नु अादि हुन् । यसबाट बच्न हामीले नियमित रुपमा साबुन पानीले मिचीमिची हात धुनुपर्छ । यदि लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ । खाेक्दा हाच्छ्यूँ गर्दा नाक मुख छोप्नुपर्छ। घरबाहिर जाँदा माक्स लगाउनुपर्छ । मानिससँगको दुरी २ मिटर कायम गर्नुपर्छ ।
हलेशी महादेव नेपालको खोटाङ जिल्लामा रहेकाे छ जसलाई हलेसी-मराटिका-गुफाहरू पनि भनेर चिनिन्छ। हलेशी महादेव नेपालको प्रसिद्ध मन्दिर मध्ये एक हो। यो मन्दिर प्राकृतिक रूपमा निर्माण गरिएको छ। यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ। यो मन्दिर हिन्दु र बौद्धहरूको पवित्र तीर्थस्थल हो।
हलेसी महादेव शिवसँग सम्बन्धित मन्दिर हो। यो विश्वास गरिन्छ कि मन्दिरभित्र, हलेसी गुफा बास बस्नकाे लागि प्रयोग गरिएको थियो। यस गुफाको स्थान दुधकोसी र सुनकोसीजस्ता पवित्र नदीहरूकाे बिचमा छ। यस गुफामा विभिन्न समारोह र उत्सवको आयोजना गरिन्छ ।
महाशिवरात्रि, चतुर्थी आदि विशेष अवसरमा विभिन्न मेला लाग्छ ।
यो एक प्रसिद्ध पर्यटनस्थल हो। यसको प्रवेशद्वार आधा चन्द्रमाको आकारको छ र पूर्वतिर फर्किएको छ। यस ठाउँको मौसम चिसो छ। यस मन्दिर र गुफामा मानिसहरू प्राकृतिक सौन्दर्यको पूजा र आनन्द लिन आउँछन्।
गन्तव्य त गन्तव्य नै हो
मेरो निर्दोष बुझाइमा
तर रोँकिदैन यात्रा
खुट्टाहरूले
गर्न थाले शंका
किनकी
म एक
कलिली बालिका ।
छाडेकी छैन अझै दुख गर्नलाई
अझै पनि
कति गर्नु छ संघर्ष
अगाडि आउलान्
घाम, पानी,हुरि, बतास, झरी अनि बाढी पहिरो
तर पनि थाक्ने छैन मेरो हिँडाइ
कुनै दिन भेटिएला कि मेरो गन्तव्य
केबल मेराे गन्तव्य ।
पृथ्वीनारायण शाह गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो । उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी,. दौड आदिमा पनि उनी निपूर्ण थिए। यिनले स-साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरे। यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
नेपाल दुई ढुङ्गाबिचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिए। वि.सं. १८३१ माघ १ गते५२ वर्षको उमेरमा ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम देवीघाटमा उनको मृत्यु भयो।
बच्चा जन्मेको छैटौँ दिनको दिन छैटी गरिन्छ । त्यसदिन साँझपख बत्ती बालेर बच्चाको पूजा गरिन्छ । यस्तो काम गरेमा बच्चा भाग्यमानी हुन्छ भन्ने विश्वास पनि रहिआएको छ । बच्चा जन्मेको एघार दिनमा न्वारन गरिन्छ । त्यसदिन बच्चाको नाम राख्ने काम हुन्छ । मानिस जन्मेको छैटाैँ महिनामा पास्नी हुन्छ । त्यसदिन बच्चाले पहिलोपटक भात खान्छ । छोरी ठूली भएपछि गुन्यु चोलो लगाउनुपर्ने कारणले गुन्युचोली दिन्छन् र आशीर्वाद पनि दिन्छन् । छोरा अलिa ठुलो भएपछि व्रतबन्ध गर्ने चलन छ । त्यसदिन जसको व्रतबन्ध हुन्छ उसले कपाल मुण्डन गरी जनै लगाउने काम हुन्छ र त्यसको लागि भव्य तरिकाले पूजा पनि गरिन्छ । केटाहरूले व्रतबन्ध नगर्दासम्म विवाह गर्नुहुँदैन भन्ने चलन पनि रहेको छ। जब केटाकेटी २० वर्षको उमेरभन्दा माथि लाग्छन् त्यसपछाडि विवाह गर्ने चलन छ । जब मानिस ८४ वर्षको हुन्छ त्यसपछाडि चौरासी पूजा गर्ने भन्ने चलन छ । ८४ पूजाको बेलामा मानिसले ८४ जना बाहुन, कलश, बत्ती, लगायत सबै प्रकारका सामग्रीहरू ८४ वटा नै तयार गर्छन् र पूजा गरेर पैसामा जोखिने चलन पनि छ । जब मानिसको मृत्यु हुन्छ त्यसलाई अन्त्यष्टि पनि भनिन्छ । अन्त्येष्टि गरिसकेपछि उनीहरूका छोराछोरीले श्राद्ध कर्म गर्ने काम गर्छन् ।
Moon
The moon is the most important heavenly body in the night sky and it is also brightest but it doesn’t give off its own light. It is actually reflecting the light given by the sun. Sometimes, the moon appears to change its shape but it is only because the sun is lighting different parts of it. When the moon passes through the earth’s shadow and the earth comes right between the sun and the full moon it’s called a “lunar eclipse”. This is when the moon is dimmed and it turns dark. There is no water and air on the moon so there can’t be any life. At night the temperature on the surface of the moon becomes colder than any place on the face of the earth but during the day the rocks are only slightly hotter than of boiling water. The moon doesn’t have an atmosphere and no water. In the entire solar system, the moon is the fifth largest satellite.
Helen Keller was born in 1880 in Tuscumbia, Alabama. When she was 19 months old she could not hear and see because of mental fever. Anne Sullivan, her teacher, was appointed by the Kellers to teach Helen, and she took her task seriously. Anne had a strong empathy with the child's frustrations, as she herself had once been blind, but had her eyesight restored by the surgery. Ann began teaching Helen how to communicate in sign language. She slowly learned everything. In the beginning, it was hard work, as Helen still didn't really understand the concept of words. After this, Helen felt more confident and was determined to learn the motions for all the familiar objects in her world. Helen attended many schools specifically for blind and deaf students and learned several methods of communication, including touch-lipreading, Braille, typing, and fingerspelling. She first attended the Perkins Institute for the Blind in 1888 (the school where the family had been referred to Ms. Sullivan). Helen quickly excelled at her studies and became an ambassador for the school, helping them to secure prominence in the teaching of the blind. Helen received many honors and awards for her work, including the Presidential Medal of Freedom, from President Lyndon in 1964. Helen was a very brave girl who died peacefully in her sleep at 80 years old. She teaches us to overcome our difficulties in life with great determination. From her life, we can learn to be positive.
(From the monthly reading book: What is love? An excerpt from Helen Keller’s Biography.)
मेरो देशको नाम नेपाल हो। यो मेरो मातृभूमि हो ।यसकाे क्षेत्रफल १४७ , १८१ वर्ग किलोमिटर छ । हाम्रो देश नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल र गुन्युचोली हो । हाम्रो देश नेपालमा विश्वको अग्लो हिमाल छ र यसको नाम सगरमाथा हो। हाम्रो देश नेपाल विभिन्न जात, धर्म, र भेषभूषाले सजिएकाे छ। हाम्रो देश नेपालमा धेरै नदी,नाला, ताल , र हरिया डाँडाहरू सेता हिमालहरू रहेका छन् । हाम्रो देश नेपालमा धेरै वीरहरू जन्मनुभएको थियाे । मेरो देशमा धेरै मन्दिरहरू छन्। जस्तैः पशुपतिनाथ, बौद्ध, स्वयम्भूनाथ, कृष्णमन्दिर आदि । हाम्रो देश नेपाल हिन्दू राष्ट्र हो। हामी विभिन्न चाड पर्व मनाउछाैँ । हाम्रो देश नेपालमा विभिन्न थरीका जातिहरू र धर्म मान्ने मानिसहरू भएकोले उनीहरूले आफ्नो जात र धर्मअनुसार चाडपर्व माउँछन् । जस्तैः नेवारहरूले गाईजात्रा, थारूहरूले माघी, शेर्पाहरूले लोसार आदि। हाम्रो देश नेपालका मुख्य पर्व दसैँ र तिहार हुन् । विभिन्न मौलिक संस्कृति भएको देशमा जन्मिएकोमा मलाई गर्व लाग्छ।
सिन्धुपाल्चोक नेपालको एक जिल्ला हो । यस वर्ष सिन्धुपाल्चाेक जिल्ला प्राकृतिक प्रकोपले अति ग्रस्त जिल्ला हुन पुगेको छ । सिन्धुपाल्चोकमा पहिरो गएर धनजनको क्षति भएको छ । पहिरो गएर धेरै वृद्ध, प्राैढ र बालबालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा मानिसहरूलाई बाँच्न पनि गाह्राे भइरहेको छ । मानिसहरूलाई खैतीपाती गर्न पनि गाह्राे भइरहेको छ । कसैले खेती पाती गर्न सफल भए पनि बाढीलै बगाउने डर रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाले आफैँमा ऐतिहासिक महत्त्व बाेकेको छ । यस्ताे रमणीय र हरियालीपूर्ण जिल्लामा अहिलेको यो प्रकोप हेर्दा प्राकृतिक प्रकोप भन्दा पनि दैवि प्रकोप भएकोजस्तो आभाष हुन्छ । सरकारले क्षणिक रुपमा राहतका केही कार्यक्रमहरू त्यहाँ पुर्याए पनि याे दीर्घकालीन उपाय भने होइन । त्यहाँका नागरिकहरूलाई सुरक्षित तरिकाले ढुक्क भएर बाँच्न पाउनु अधिकारको सुनिश्चित गर्नु राज्यकाे दायित्व हो ।
२०७७ साललाई मात्र हेर्दा सिन्धुपाल्चाेक जिल्लामा दुई पटक ठुलाे रुपले बाढी पहिरो गएको छ । प्रथम पटकको पहिरोमा २३ वटा घरहरू पुरिएका थिए भने ५० जनाभन्दा बढी मानिसहरूको माटोभित्र पुरिएर मृत्यु भएको थियो । गाईवस्तु बाख्रा त कति पुरिए भन्ने यकिन भएको छैन । खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाटो घाटो समेत पहिरोले छोपेर सुचारु हुन सकेन । यो पहिरो सिन्धुपाल्चोकको लिदी भन्ने ठाउँमा गएको थियो लिदीबासीहरूअहिलेपनि पहिरोको पीडामा छन् ।
लिदीमा गएको पहिरोको पीडा नसकिँदै सिन्धुपाल्चोक जिल्लाकै बाह्रबिसे नजिकै फेरि पहिरोले उग्र रुप लियो ।तेह्र वटा घरहरू पुरिए । दर्जनौँ मानिसहरूको मृत्यु भयो । सयौँ मानिसहरू घरवारविहिन र परिवारविहिन भएका छन् । अन्य धन सम्पत्ति, पशुपंक्षी र अन्य गाईवस्तुहरू कति मरै भन्ने लेखाजोखा नै भएको छैन ।
दैवी प्रकोपबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा वर्षेनी ठुलाे जनधनको क्षति हुने गरेको छ । यसले गर्दा धैरै मानिसहरूलाई गरिबीकौ रेखामुनि धकेलेको छ । यसबाट छुटकारा पाउनको लागि सरकारले क्षतिपुर्ती दिनुभन्दा पनि अन्य दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने साथै अन्य सम्बन्धित निकायले पनि ध्यान दिनु पर्ने दैखिन्छ ।
मेरी आमा मलाई धेरै माया गर्नुहुन्छ । उहाँलाई सधै साँचो बोलेको मनपर्छ । त्यसैले मेरी आमाले मलाई सधैँ साँचो बोल्ने मान्छेले राम्रो काम गर्छ र जीवनमा प्रगति पनि गर्छ भनेर सम्झाउनुहुन्छ । मेरी आमाले मलाई बिदाका दिनमा घुमाउनुहुन्छ । मलाई राम्रा राम्रा लुगा किनिदिने र मिठा परिकारहरू बनाएर खुवाउने मेरी आमा महान हुनुहुन्छ । मेरी आमाले मानिसले कुनै पनि काम गर्दा आउँदैन भनेर पछाडि हट्नुभन्दा पनि हरेक काममा सरिक भएर अगाडि बढेमा प्रगति गर्न सकिन्छ भनेर सम्झाउनुहुन्छ । मानिसले नयाँ काम गर्दा केही समय असफल भए पनि प्रयास गर्दै जाँदा अवश्य पनि सफल हुन सकिन्छ भनेर स्मरण गराउनुहुन्छ । म मेरी आमाका हरेक काममा लगनशीलता पाउँछु । जब म बिरामी हुन्छु तब मेरी आमा रातभर नसुतेर मेरै छेउमा बस्नुहुन्छ अनि खाना खाँदा पनि हामीले सबै खाना खानु हाम्रो स्वास्थ्यको लागि आवश्यक छ त्यसैले सबै किसिमका तरकारी फलफूल खाने बानी गर्नुपर्छ भनेर सम्झाउनुहुन्छ र मलाई खुवाउनुहुन्छ । मेरी आमाले मलाई सधै असल काम गर्नुपर्छ र असल मान्छे बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्छ । त्यसैले मलाई सधैँ आमाकै नजिक बसेर आमाकै कुरा सुन्न मन पर्छ । मेरी आमाले परिवारका सबै सदस्यलाई उत्तिकै माया दिनुहुन्छ । त्यसैले म मेरी आमालाई सधैँ सम्मान गर्छु र सुखदुखमा साथ दिन्छु ।
I went on an interesting virtual field visit with my classmates which was conducted by Ms. Ruby. I had never seen the universe but because of this lockdown, I got an opportunity to do so. I learned many things from the field visit. I felt it was informative because I love space. We learned about the Sun and the planets of the solar system. We also learned about artificial satellites as well as new artificial satellites that are now on Mars called “Mars2020”. It was launched on July 31st, 2020 almost two months ago.