Logo

Student Corner

Articles

वातावरण
- Samyam Pokharel - 2026018, Gr ... 17 March, 2020

वातावरण भनेकाे हाम्राे वरपरकाे स्थिति वा अवस्था हाे । याे धेरै  अमूल्य चिज हाे । वातावरणलाई सफा राख्‍नुपर्छ । माैसमअनुसार वातावरणमा परिवर्तन आउँछ । आजकाल मानिसहरू स्वार्थी हुँदै छन्। मानिसहरू आफ्ना लागि वातावरणलाई प्रदूषित बनाउँदै छन्। त्यसैले नदीहरू फाेहाेर हुँदै छन् । अहिले बनेका कारखानाले गर्दा आकाश पनि प्रदूषित भएकाे छ । त्यसैले हावामा धुँवा र धुलाे फैलिएकाे छ ।  त्यस्‍ताे धुँवाले गर्दा हाम्राे शरीरलाई धेरै असर गर्छ । त्यसैले हामीले पानीमा दिसापिसाब गर्नुहुँदैन। धुँवाधुलाेबाट बच्‍न कारखानाबाट टाढा घर बनाउनुपर्छ । जसले हाम्राे ज्‍यान जाेगाउँछ । 


Read More