Animals live in all parts of the world. But all kinds of animals don't live everywhere on the earth. Some animals live in the desert, some animals live in the mountains, and some on water. This is because they are affected by climate water as well as the nature and quantity of food.
Animals are divided into 5 different groups. There are aquatic animals, terrestrial animals, amphibian animals, arboreal animals, and aerial animals. Aquatic animals are the animals that live in water; they have gills to breathe and tail to swim. Terrestrial animals are animals that live on land. Amphibian animals are animals that can live both on land and water. They can breathe with their skin and lungs. Arboreal animals live both on land and tree but spend most of their time in the tree. Aerial animals are animals that can fly in the sky and live in tall trees. Some animals live in man-made shelters they are called domestic animals and the animals which live in natural shelters are called wild animals.
हाम्राे जीवनमा समयले एकदमै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले समयको महत्त्व बुझ्नुपर्छ । समय कहिल्यै पनि खेर फाल्नुहुँदैन । हामीलाई समयले कहिल्यै पनि पर्खदैन । जो मानिसले समयकाे महत्त्व बुझ्दैन, उसले जीवनमा केही पनि गर्न सक्दैन । त्यही भएर हामीले समयसँग चल्नुपर्छ । आजभोलि मानिसहरू मोबाइल, इन्टरनेटमा नै व्यस्त हुन्छन् र समयलाई खेर फालिरहेका हुन्छन् । आफ्नो काम समयमा नै गर्नुपर्छ र यो काम भाेलि गर्छु भनेर सोच्नु पनि हुन्न । हामीले जुन कामको पनि समय बनाउनुपर्छ । समय यस्तो कुरा हो जसले मान्छेलाई राजाबाट भिखारी र भिखारीबाट राजा बनाइदिन्छ त्यसैले पनि समय बलवान् छ । धेरै मानिस समयलाई भन्दा पैसालाई महत्त्व दिन्छन् तर पैसा भन्दा समय बलवान् हुन्छ । हामीले खर्च गरेको पैसा फेरि कमाउन सक्छौं तर खर्च गरेको समय फेरि ल्याउन सक्दैन त्यसैले समयको महत्व बुझ्नुपर्छ हामीले समयलाई मान्नुपर्छ अनि समयले गर्दा हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याउँछ । हामीले समय खेर फाले समयले हामीलाई जीवनकाे कुनै माेडमा लगेर फालिदिन्छ त्यसैले समयसँग चल्न सिकाैँ ।
मेरो नाम ईराज श्रेष्ठ हाे । म कक्षा चारमा पढ्छु । मेरो पाठशालाको नाम सिफल सेकेन्डरी स्कुल हो । म डाडागाउँमा बस्छु। आज म शिक्षाको वर्णन गर्न गइरहेको छु। शिक्षा हाम्राे जीवनमा नभई नहुने कुरा हो । हामीले सरासर हेर्दा जति पनि शिक्षित मानिसहरू छन् उनीहरूको जीवनमा सरलता धेरै देख्छौँ, जति पनि अशिक्षित मानिसलाई देख्दा उनीहरूको जीवनमा कठिनता देख्छौँ । हाम्राे देश नेपाल अरू देशको तुलनामा पछाडि पर्नु पनि अशिक्षाको कारण हो । अरू देश धेरै विकसत छन् किन ? किनकि त्यहाँका मानिसहरू धेरै शिक्षामा आगाडि छन् । यो कुरा भने नेपालमा ठ्याक्कै उल्टाे छ । जसले गर्दा नेपाल र नेपाली अरू देशको तुलनामा धेरै पछि छन् । त्यसैले हामीले सजिलै बुझ्न सकिन्छ कि शिक्षा सुखी जीवनयापनका लागि नभई नहुने कुरा हो । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ हरेक व्यक्ति वा हरेक क्षेत्रकाे सफलताको मूल मन्त्र नै शिक्षा हो । तसर्थ हामीले धेरै मन लगाएर पढ्ने हाे भने हाम्राे भविष्य उज्ज्वल बनाउन कति बेर पनि लाग्दैन ।
म नेपाली हुँ । नेपाली भाषा मेराे चिनारी हाे । नेपाली भाषाकाे राम्राे प्रयाेग गर्नका लागि नेपाली किताब पढ्नु आवश्यक छ । त्यसैले म सधैँ नेपाली किताब पढ्छु । मेराे नेपाली किताबमा धेरै ज्ञानका कथा, कविता, जीवनी आदि छन् । नेपालीकाे जीवनमा नेपाली भाषा र नेपाली पुस्तक धेरै आवश्यक छ । यसबाट हामीले धेरै ज्ञान अनि जानकारी लिन सक्छाैँ । हाम्राे देशकाे भाषामा आधारित नेपाली पुस्तक हामीले सम्मानका साथ पढ्नुपर्छ । धैरै मानिसले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषालाई महत्त्व दिँदैनन् । यसरी नेपाली भाषाकाे महत्त्व नदिनु भनेकाे आमाकाे अपमान गर्नु हाे । हामीले यसाे गर्नुहुँदैन । नेपाली भाषाकाे महत्त्व बुझेर यसकाे सम्मान गर्नुपर्छ । नेपाली भाषालाई जाेगाउनुपर्छ । हामीले नेपाली किताब मन लगाएर पढ्नुपर्छ । नेपाली किताब पढेमा हामीले आफ्नाे संस्कृति र परम्परा थाहा पाउन सक्छाैँ । नेपाली पढ्न, शुद्धसँग बाेल्न, लेख्न, आफ्नाे सिर्जनात्मक क्षमतालाई सबल बनाउन हामीले नेपाली पुस्तक मन लगाएर पढ्नुपर्छ ।
मलाई जन्म दिएर यस धर्तीमा पाइला टेकाउने र आँखा देखाउने मेरी आमा देवी हुन् । मेरा हरेक कुराकाे ख्याल गर्ने मेरी आमाले मलाई धेरै माया गर्छिन् । आमाकाे माया संसारकाे सबैभन्दा ठूलाे र महत्त्वपूर्ण हुन्छ । संसारमा सबै कुरा किन्न पाइन्छ तर जन्मदाता आमाबाबा किन्न पाइँदैन । त्यसैले अरूकाे लाख आमाकाे काख भन्ने नेपाली उखान अत्यन्त उपयाेयी र महत्त्वपूर्ण देखिन्छ । आमा मेरी अभिभावक मात्र नभई मेरी प्रथम शिक्षिका पनि हुन् ।
मलाई राम्रा नराम्रा कार्यहरूकाे बारेमा सम्झाई मेरी आमाले मलाई सधैँ राम्रा काममा गर्न हाैसला दिन्छिन् र मेराे पढाइमा पनि विशेष ख्याल गर्छिन् । आमा मेरी अत्यन्त नजिककी मित्र पनि हुन् किनकि मेरा हरेक गाेप्य कुरा म मेरी आमालाई सुनाउँछु । कहिलेकाहीँ बाबाले गाली गर्दा मलाई आमाले नै सम्झाउनुहुन्छ । मेरी आमा मेराे साथमा मात्र हाेइन मनमा पनि बसिरहनुहुन्छ । मैले आमालाई सधै माया र सम्मान गर्छु । पढेर ठूलाे मान्छे बन्छु र आफ्ना आमाबाबालाई खुसी दिनेछु ।
शिक्षा मानिसकाे तेस्राे आँखा हाे । शिक्षाले मानिसलाई व्यावहारिक भएर बाँच्न सिकाउँछ । शिक्षा हामीले नियमित रुपमा विद्यालय वा क्याम्पसमा गएर लिन सक्छाैँ । घर, परिवार, विद्यालय, र बाटाेघाटाे लगायत जुनसुकै ठाउँमा हामीले सिक्ने माैका पाएका हुन्छाैँ । हरेक ठाउँमा जुनसुकै कुरा सिक्नु शिक्षा नै हाे । त्यसै गरी सुनेर, पढेर, हिडेर र अन्य विभिन्न प्रकारले ग्रहण गरिने व्यावहारिक विषयकाे ज्ञान पनि शिक्षा नै हाे । आजकाे युगमा शिक्षाकाे निकै नै महत्त्व रहेकाे छ । शिक्षा विनाकाे मानिस अन्धाे हुन्छ । शिक्षा हरेक मानिसकाे एक महत्त्वपूर्ण गहना हाे । यसले मानिसलाई सुन्दर र असल बनाउँछ । मानिस जन्मेदेखि मृत्यु नहुञ्जेल शिक्षा आर्जन गर्ने काम गरिरहन्छ । मानिसले शिक्षा आर्जन गरिसकेपछि ज्ञानकाे आँखा खुल्दछ । ज्ञान आर्जन गरिसकेपछि मानिसकाे अज्ञानकाे अन्धकार हराउँदै जान्छ अनि मानिस मुर्ख नभई ज्ञानी हुन्छ । अशिक्षित मानिसले पशुले जस्तै जीवन बिताउनुपर्छ र उसले धेरै दुःख पाउँछ । शिक्षा आर्जन गरेपछि मानिस चलाख र बुद्धिमान हुन्छ । संसारका धेरै मानिस शिक्षाकै कारणले महान बनेका हुन् । शिक्षाकै कारणले अगाडि बढेका डाक्टर, पाइलट, शिक्षक आदि लगायतका मानिसले देशकाे विकासमा ठूलाे भूमिका खेलेका हुन्छन् । तसर्थ मानिसकाे जीवनमा शिक्षाकाे महत्त्व ठूलाे छ ।
तीज एउटा रमाइलो चाड हो । यो हिन्दु नारीहरूले मात्र मनाउँछन । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । यस चाडलाई हरितालिका पनि भनिन्छ । तीजमा महिलाहरू नाचगान गरेर रमाइलो गर्छन् । त्यो दिन महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यो दिन काठमाडाैँ लगायत देशैभरका शिव मन्दिरहरूमा महिलाहरू पूजा गर्न जान्छन् । त्यस दिन महिलाहरूलाई सरकारले बिदा दिएको हुन्छ । तीज तीन दिन मनाइन्छ ।
१. दर खाने दिन
२.तीजको दिन
३.ऋषि पञ्चमी
१. दर खाने दिन
तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ । त्यस दिन महिलाहरूले मिठा मिठा खानेकुराहरू खान्छन, जस्तैःखिर, पुरी, मिठाई , फलफूल, सेल आदि ।
तीजको दिन
त्यस दिन तीजको मुख्य दिन हो । यो दिन महिलाहरू बिहान उठेर नुहाउँछन् । महिलाहरूले त्यस दिन रातो र हरियो लुगा लगाउँछन । महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यस दिन महिलाहरू पानी पनि नखाई व्रत बस्छन् । उनीहरू आफ्ना दिदीबहिनी र साथीहरूसँग नाचगान गरेर रमाइलो गर्छन् ।
ऋषि पञ्चमी
ऋषिपञ्चमीका दिन महिलाहरू खोलामा गई नुहाउँछन् र सप्त ऋषिको पूजा गर्छन् । त्यस दिन उनीहरू कर्कलो र भात खान्छन् ।
यसरी तीजमा महिलाहरूले आफ्नो श्रीमान र सन्तानको लामो आयुको कामना गर्दै यो व्रत बस्छन् ।
म पनि मेरी आमासँग मामाघर गई मिठा मिठा खानेकुरा खाएर, राम्रो लुगा लगाएर,नाचगान गरी यो चाड रमाइलोसँग मनाउँछु ।
खेलकुद शब्द खेल र कुद मिलेर बनेकाे हुन्छ । खेल्ने र कुद्ने कामलाई खेलकुद भनिन्छ । खेलकुद हाम्राे जीवनकाे महत्त्वपूर्ण अङ्ग हाे । अरू कार्यमा जस्तै खेलकुदमा पनि नियम हुन्छन् । खेलकुद मानिसकाे जीवनलाईआनन्द प्रदान गर्ने एक तत्त्व हाे । खेल्दा हामीलाई धेरैआनन्द प्राप्त हुन्छ। खेलकुदले हाम्राे शरीरलाई बलियाे र स्वस्थ बनाउँछ र हामीलाई मनाेरञ्जन पनि हुन्छ । खेलकुदविना हाम्राे जीवन अधुराे हुन्छ । खेल खेलिसकेपछि हाम्राे शरीर फुर्तिलाे हुन्छ र पढाइमा पनि एकाग्र हुन सकिन्छ । खेलकुदले हामीलाई अनुशासित बनाउँछ । खेलकुदमा नेतृत्त्व लिने काम गरेमा हामी समाजमा पनि नेतृत्त्व लिएर काम गर्न सक्छाैँ । मानिसकाे शारीरिक, मानसिक, सामाजिक,आध्यात्मिक विकासमा विशेष भूमिका खेल्ने हुँदा हाम्राे जीवनमा खेलकुदकाे धेरै महत्त्व रहेकाे छ ।
दुध एक पोसिलाे पिउने पदार्थ हो । दुधले हाम्रो जिउमा भएकाे हड्डीलाई बलियाे बनाउँछ । हामीलाई गाईले, भैसीले र बाख्राले दुध दिन्छन् । बाख्राको दुध पनि तागतिलो हुन्छ । दुध हामीले बिहान,दिउँसाे र बेलुका पिउन सक्छौँ । हामीले दुध विभिन्न किसिमका अन्नहरूसँग मिसाएर खान्छाैँ । हामीले दुध खायाैँ भने हामी खेल्न, पढ्न, दाैडन तागतको साथ सक्छाैँ । दुधबाट हामीले खिर, दही, घिउ, खुवा, पनिर, चिज, छुर्पी, र विभिन्न किसिमका मिठाइहरू बनाउन सक्छाैँ । दुध सेतो रङकाे हुन्छ । शुद्ध दुध मिठो हुन्छ तर अरू दुध मिठो हुँदैन । गाईको दुध पहेँलो हुन्छ । गाईको दुधभन्दा भैसीको दुध बाक्लो हुन्छ । दुधमा क्याल्सियम, प्राेटिन आदि लगायतका पाेषक तत्वहरू पाइन्छन् । दुधले हाम्राे शरीरकाे वृद्धि र विकास गराउँछ । त्यसैले हामीले नियमित दुध पिउनुपर्छ ।
अनुशासनको अर्थ नियम हो । नियम पालना गर्नु नै अनुशासन हो। अनुशासन सबैलाई चाहिने अत्यन्तै महत्वपूर्ण कुरा हो। अनुशासनले मानिसलाई असल बनाउँछ। घर, विद्यालय, गाउँ, सहर, बाटो जताततै अनुशासनको पालना गर्नुपर्दछ। बुबाआमा र मान्यजनको आदर गर्नु समाजको नियम हो।
समाजमा अनुशासनको धेरै महत्त्व छ । चाहे घर-परिवार होस या विद्यालय सबै ठाउँमा अनुशासनकाे आवश्यक हुन्छ। आफूभन्दा ठूलालाई आदर गर्ने आमा, बुवा र शिक्षकले भनेको मान्ने उहाँहरुले भनेको सुन्ने, उहाँहरूसँग झगडा नगर्ने जस्ता कुराहरू पनि अनुशासन भित्र पर्दछन्। विद्यालयमा होहल्ला नगर्ने साथीभाईसंग मिलेर बस्ने शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने, कक्षाकार्य, गृहकार्य समयमा बुझाउनेजस्ता काम पनि अनुशासन भित्र पर्दछन्। हामीले अनुशासन पालना गरेमा हामी असल व्यक्ति बन्न सक्छौ।
बाटोमा हिड्दा पनि अनुशासनको पालना गर्नुपर्दछ। बाटो काट्दा जेब्रा क्रसबाट काट्ने र बाटो हिड्दा पेटीको प्रयोग गर्ने काम पनि अनुशासन भित्र नै पर्दछ । कर्मचारी, विद्यार्थी,, सैनिक, सरकार सबैले अनुशासनको पालना गर्नुपर्दछ। सबैले अनुशासनकाे पालना गरेमा व्यक्ति, समाज र राष्ट्र सबैकाे उन्नति हुन्छ । त्यसैले अनुशासनले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
सबै जनाले जीवनमा एक न एक लक्ष्य लिएका हुन्छन् । लक्ष्य मानिसकाे जीवललाई सफल बनाउने मूल कारक हाे । लक्ष्यले नै मानिसकाे जीवनकाे गाेरेटाे निर्धारण गर्दछ । लक्ष्य विनाकाे मानिस बाँदरजस्तै हुन्छ । जसले आफू काम गर्दैन तर अरूकाे काम बिगार्छ । त्यसैले सबैकाै एक न एक लक्ष्य हुनुपर्छ । लक्ष्यहरू धेरै किसिमका हुन्छन् जस्तै डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, व्यापारी, लेखक, कवि, किसान, पूजारी, पुलिस, बस चालक, वैज्ञानिक आदि । लक्ष्यमा पुग्न परिश्रम गर्नुपर्छ । मान्छेकाे एउटा मात्रै लक्ष्य हुनुपर्छ । मानिसले आफ्नाे लक्ष्यमा पूग्न निरन्तर परिश्रम गर्नुपर्छ । मैले जीवनमा वैज्ञानिक बन्ने लक्ष्य लिएकी छु । त्यस लक्ष्यमा पुग्न मैले निरन्तर परिश्रम गरेकी छु । कुनै पनि लक्ष्यलाई सानाे भन्न मिल्दैन । महाकवि लक्ष्मीप्रसाद देवकाेटाले भन्नुभएकाे छ,” उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।” यसकाे अर्थ हाे हामीले ठूलाे लक्ष्य लिनुपर्छ । लक्ष्यमा पुग्न निरन्तर परिश्रम गर्नुपर्छ । जसले मानिसकाे जीवललाई सफल बनाउँछ ।
मेराे नाम सायुन दर्लामी हाे । म ८ वर्षकाे भएँ । म स्वयम्भुमा बस्छु । म सिफल सेकेन्डरी स्कुलमा कक्षा ४ मा पढ्छु । मलाई धेरै काम गर्न मन पर्छ । म खाने कुराकाे लागि साेकिन छु । मलाई टाढा टाढा घुम्न जान मन पर्छ । खाने कुरामा दाल, भात, तरकारी, माे. माे. आदि मन पर्छ । मलाई कविताहरू सुन्न र सुनाउन मन पर्छ । मेराे घर वरपर र विद्यालयमा धेरै साथीहरू छन् । मलाई धैरै साथीहरू बनाउन मन पर्छ । मलाई मन पर्ने रङ पहेलाे, सेताे र निलाे हाे । म मेरी आमालाई समय समयमा काममा सघाउँदा धेरै आनन्द मान्छु । म सबैसँग नरम भएर बाेल्न पनि राम्राे मान्छु । मलाई सबै जनाले माया गर्नुहुन्छ । सबैले मायालु व्यवहार गर्दा मलाई झनै मन पर्छ । पढ्नुका साथसाथै चित्र बनाउने काम गर्दा मेराे मन आनन्दित हुन्छ । साथीहरूसँग मिलेर खेल्न पाउँदा म धेरै खुसी हुन्छु ।