Logo

Student Corner

Articles

समय
- Avneesha Maharjan - 32005, Gr ... 23 February, 2022

मानिसको जीवनमा समयको धेरै महत्त्व हुन्छ । हरेक काम कुराको समय हुन्छ । हामी समयसँगै हिँड्न जान्नुपर्छ । बिहान समयमै उठ्नुपर्छ । बेलुका समयमै सुत्नुपर्छ । समयमा पढ्नुपर्छ । समयमा खेल्नुपर्छ । हामी विद्यालय पनि समयमा जानुपर्छ । खाना समयमा खानुपर्छ र समयमा नै गृहकार्य गर्नुपर्छ । हाम्रो दिन र रात सधैँ समयसँगै चलिरहेको हुन्छ । समयकाे पालना गरेनौँ भने हामी समयभन्दा पछि पर्छाैँ । त्यसैले हामीले सधैँ समयमा नै काम गर्न जान्नुपर्छ । पढ्ने मानिसले समयमा पढ्ने, खेल्ने, खाने आदि काम गर्नुपर्छ । समयअनुसार हिँडेमा हामीले दुःख पाउँदैनाैँ । सबै काम कुराहरू समयमा गर्ने बानी बसाल्नु पर्दछ । समयमा सबै काम पूरा गर्ने बानीले हामी सधैँ सफल हुन्छौँ ।


Read More