Logo

Student Corner

Articles

मेराे चन्द्रागिरी घुमघाम
- Ujjwol Dhakal - 33023, Grade ... 03 March, 2022

जाडो बिदा २०७८ साल ९ महिना १० गते बाट सुरू भएको थियो । बिदा जम्मा दुई हप्ता भएको थियो । त्यही बिदाको बिचमा म चन्द्रागिरि घुम्न गएँ । म चन्द्रागिरी परिवारसँग गएको थिएँ । म चन्द्रागिरीमा केबुलकार चढेर पुगेँ । मलाई केबुलकारमा रमाइलो भयो । माथि पुगेपछि मैले पहिला मन्दिर दर्शन गरेँ । अनि मैले हिउँ खेलेँ र अन्य खेलहरू पनि खेलेँ र घोडा चढेँ । त्यहाँबाट धेरै राम्रा हिमालहरू देखियाे ।  मैले होटेलमा खाना खाएँ । बेलुकीपख हामी केबुलकारमा चढेर तल बससम्म आइपुग्यौँ र बस चढेर हामी पाँच बजेतिर घर आइपुग्यौँ । यसरी मेराे चन्द्रागिरी घुमघाम निकै रमाइलाे भयाे । 


Read More