Logo

Student Corner

Articles

समयको महत्त्व
- Rishi Elavya Adhikari - 32013 ... 11 March, 2022

समय भनेको कुनै पनि अवसर वा बेला हाे । मानिसले आफ्ना जीवनमा समयको  महत्त्व बुझ्नुपर्छ । समयको महत्त्व नबुझ्ने मानिसलाई समयले साथ दिँदैन समयले कसैलाई पनि पर्खंदैन । समयको महत्त्व नबुझ्नेले नै पछि गएर पछुतो मान्नुपर्छ । हामी केटाकेटीले आफ्ना सबै कामहरू समयमा नै गर्ने बानी बसाल्नुपर्छ । समयमा काम नगरेमा पछि परिन्छ ।  हरेक समयको आफ्नै महत्त्व हुन्छ । समयकाे महत्त्व बुझ्ने मानिसले आफ्नो समय खेर फाल्दैन । सबै मानिसहरूका आफ्ना क्षेत्र हुन्छन् र त्यसमा मानिसले समयकाे महत्त्व बुझेर काम गर्न जान्नुपर्छ । हामी विद्यार्थीले भने आफ्नो समयमा गृहकार्य र पढाइमा ध्यान दिनु नै उचित  हुन्छ । यदि मानिसले समयको महत्त्व बुझेर आफ्नो काम समयमा नै गरेमा मात्र सफल भइन्छ । एकपटक समयले सबैलाई मौका दिन्छ । समयमा आफैंले आफ्नो काम गर्नुपर्छ । समयको महत्त्व नबुझेर अलमल गर्ने मानिसले समयमा काम गर्न सक्दैन । समयको महत्त्व बुझेर हामी हिँड्न सक्यौँ भने एक दिन अवश्य सफल हुन्छौं ।


 


Read More