मेरी बहिनी एक वर्षकी भइन् । उनकाे नाम हेमाद्री भट्टराई हाे ।
उनी मसँग खेल्छिन् । उनका दुईओटा राम्रा आँखा छन् । उनी साह्रै राम्री छिन् । उनी यताउता कुदिरहन्छिन् । उनी तातेताते भनेर हिँड्छिन् । उनी चकचक पनि गर्छिन् । उनी बल खेल्छिन् । उनलाई स्याउ असाध्यै मन पर्छ ।
मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुर एउटा घरपालुवा जनावर हाे । कुकुरहरू विभिन्न रङका हुन्छन् । कुकुरहरू काला, खैरा, सेता आदि हुन्छन् । कुकुरले हाम्राे घरकाे रक्षा गर्छ । कुकुरहरूलाई मासु खान मन पर्छ । मलाई कुकुर मन पर्छ किनभने कुकुर हाम्राे साथी जस्तै हाे । कुकुरहरूले हामीलाई धेरै माया गर्छन् । मेराे घरमा पनि एउटा कुकुर छ । म मेराे कुकुरलाई धेरै माया गर्छु ।
His full name is Cristiano Ronaldo dos Santos Aveiro. He was born on February 5,1985. Ronaldo lives in Portugal. He is 37 years old. He is my favourite footballer. Ronaldo is the best footballer after Pele. He has no. 7 in his t-shirt. He is a very kind hearted person. He has millions of fans around the world.
My best friend is Vani Sharma. She is eight years old. She is kind but annoying. Though we are not from the same section, we meet in our free time like lunch break, snack break and home time. We often share our joys and sorrows with each other. I love my friend the way she is.
खरायो हेर्दा सुन्दर देखिने जनावर हो । खरायोका लामा कान हुन्छन् । खरायो उफ्रिन सक्छ । खरायो हेर्दा साना हुन्छन् । खरायोको शरीरमा नरम भुवा हुन्छन् । खरायाेका बच्चा पनि साना साना हुन्छन् । खरायो शाकाहारी जनावर हो । खरायोलाई गाजर खान मन पर्छ । खरायो धेरै छिटो कुद्न सक्छ । खरायो दुलोभित्र बस्दछन् । खरायोका पछाडिका खुट्टाहरू ठुला र शक्तिशाली हुन्छन् । अगाडिका खुट्टाहरू पाँचवटा हुन्छन् । खरायोको शरीर अण्डाकार हुन्छ ।
A butterfly is a beautiful insect. It has bright and colorful wings. They fly from one flower to another flower. Butterflies are found in many colors, like blue, red, yellow, white, etc. Children like to play with butterflies. They have six legs, four wings, and two antennas. They are mostly found in gardens. Butterflies sit on the flowers and suck the juice from the petals. Everyone loves watching the butterflies.