Logo

Student Corner

Articles

मेराे बारी
- Diwit Raj Sharma - 34009, Gra ... 14 June, 2023

मेरो घरमा सानो बारी छ । त्यहाँ विभिन्न तरकारी तथा फलफूलहरू छन् । तरकारीमा सिमी, बोडी, मुला, काउली, गोलभेडा आदि छन्। फलफूलहरूमा केरा, लिच्ची,स्याउ, अम्बा  छन्। त्यहाँ विभिन्न फूलहरू पनि छन्। मलाई मन पर्ने फूल पारिजात हो। मेरी आमाले बिहान बेलुका बिरुवामा पानी हाल्नुहुन्छ। बारीमा थरी थरीका पुतली र चराहरू खेल्छन्। मेरो बारीनजिकै  एउटा पिङ पनि छ। म पनि त्यहाँ खेल्छु। मैले पनि बिरुवालाई गोडमेल गर्न आमालाई सहयोग गर्छु। हामीले बोट बिरुवालाई हेरचाह गर्नुपर्छ। घरको वरिपरि भएको खाली ठाउँमा बोट बिरूवा राेप्ने गराैँ र सरसफाई पनि गर्ने बानी हामी सबैले आजबाट बसालाैँ।


Read More
मेरो परिवार
- Aayan Bhattarrai - 33037, Gra ... 09 June, 2023

मेरो घरमा पाँचजना सदस्य हुनुहुन्छ । मेरो परिवारमा बुबा, आमा, दिदी, भाइ र म छाैँ । मेरो बुबाको नाम रामप्रसाद भट्टराई हो । उहाँ ३९ वर्षको हुनुहुन्छ । उहाँकाे बैंकमा जागिर छ । मेरी आमा ३६ वर्षकी हुनुहुन्छ । उहाँ पनि बैंकमा काम गर्नुहुन्छ । मेरी दिदी २३ वर्षकी हुनुभयाे । उहाँ विद्यार्थी हुनुहुन्छ । बुबा, आमा र दिदीले मलाई धेरै माया गर्नुहुन्छ । मेरो भाइ सानो छ । ऊ २० महिनाको मात्र भयो । ऊ धेरै चकचक गर्छ । ऊ मायालु पनि छ । म ठुलालाई आदर गर्छु । सानालाई माया गरेर आफ्ना नियमित कार्यहरू इमान्दारीका साथ गर्छु । मेरो परिवारको पनि यही मान्यता रहेको छ ।


Read More