Logo

Student Corner

Articles

मेराे गाउँ
- Aarogya Ghimire - 34004, Grad ... 08 June, 2023

मेरो गाउँ रामेछाप जिल्लामा पर्छ। मेरो गाउँको नाम बाबियाखर्क हो। मलाई मेराे  विद्यालयमा बिदा हुँदा गाउँ जान मन पर्छ। गाउँमा बुबा र आमा बस्नुहुन्छ। मेरो गाउँमा गाई भैँसी र बाख्राहरू छन्। मलाई गाई भैँसीलाई घाँस दिन मन पर्छ। मलाई आमासँग बारीमा घाँस काट्न जान पनि मन पर्छ। बुबाले भैँसीको दुध दुहुनुहुन्छ। भैँसीले धेरै दुध दिन्छ। दुधबाट दही, मही, नौनी, घ्यू बन्छ। मलाई दुध, दही, मही र घ्यू खाना मन पर्छ। म गाउँ गएको बेला बुबासँग बल खेल्छु। म बिदा भएकाे बेलामा फेरि गाउँ जान्छु । मेराे गाउँ सुन्दरताले भरिएकाे छ। मलाई मेराे गाउँ असाध्यै मन पर्छ।


Read More
आफ्नाे बारेमा
- Anaya Parajuli - 34043, Grade ... 06 June, 2023

परिवार मेरो नाम  अनाया पराजुली हाे । म ज्ञानी केटी हुँ । म छ वर्षकी भएँ । म रातोपुलमा बस्छु । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेराे घरमा  बुबा, आमा, हजुरबुबा, हजुरआमा, दाजु र म बस्छाैँ । मेरो हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ । मेरो बुबा औषधी विज्ञ हो । मेरी आमा शिक्षिका हुनुहुन्छ । मेरा काकाकाकी पनि हुनुहुन्छ । उहाँहरू अस्ट्रेलियामा बस्नुहुन्छ । म र मेरो दादा सिफल स्कुलमा पढ्छाैँ । म कक्षा दुईमा पढ्छु । मेरो दाइ कक्षा तीनमा पढ्नुहुन्छ । मेरो दाइलाई गाडी खेल्न मन पर्छ । मलाई पुतली खेल्न मन पर्छ । मलाई जामा लगाउन मन पर्छ । हामी दाजु बहिनी स्कुलबाट घर आएपछि सँगै खेल्छौँ  मलाई टिभी हेर्न रमाइलो लाग्छ । 


Read More