आँप नेपालको रैथाने फल हो । आँपको उत्पादन नेपालको तराईमा सबैभन्दा बढी हुन्छ । ८० प्रतिशत उत्पादन तराईबाटै हुन्छ । आँपका ठुलाठुला बगैँचा तराईमा छन् । बागवानीबाट विभिन्न जातका बिरुवा प्राप्त गर्न सकिन्छ र यसको व्यवसायिक उत्पादन गर्न सकिन्छ । आँपको सबैभन्दा भित्री भाग लाई कोया भनिन्छ । कोयाबाट बिरुवा बन्छ । काेयाभन्दा बाहिरको भागलाई गुदी भनिन्छ । गुदीभन्दा बाहिरको भागलाई बोक्रा भनिन्छ । आँपका बोटहरू विभिन्न आकार प्रकार र जातका हुन्छन् । आँपकाे उत्पादन नेपालमा असार श्रावण र भाद्र महिनामा विशेष गरेर बढी मात्रामा हुने गर्दछ । नेपालमा आँपलाई फलको राजा भन्ने चलन छ । मेरो पनि सबैभन्दा मन पर्ने फल आँप हाे ।
मेरो नाम नाेया पौडेल हो । मेरो घरमा तीनजनाको सानो परिवार छ । मेरो परिवारमा म, मेरी आमा र मेरा बाबा हुनुहुन्छ । मेरो बुबाको नाम रमेश पाैडेल हाे । मेरी आमाको नाम मुना खनाल हाे । मेरो बुबा बैङ्कमा काम गर्नुहुन्छ । मेरी आमा व्यापार गर्नुहुन्छ । हामी एकअर्कालाई धेरै माया गर्दछौँ । हाम्रो परिवार एउटा सुखी परिवार हो ।
Save water, it is our life,
Without it, we won’t be alive.
Save it’s very drop day by day,
Do it, don’t only say.
Without water, what shall we drink?
What will be our life just think.
Water is used for everything,
Without it we are nothing.
हामीले घरको खानेकुरा खानुपर्छ । घरको खानेकुराले हामीलाई स्वस्थ बनाउँछ र तागत दिन्छ । बजारको खानेकुराले हामीलाई तागत दिँदैन । बजारका खानेकुराहरू अस्वस्थ हुन्छन् । घरको खानेकुरामा धेरै चिल्लो र तेल हुँदैन । घरको खानेकुरा सस्तो पर्छ भने बजारका खानेकुराहरू महङ्गा हुन्छन् । हामीले घरमा बनाइएका खानेकुराहरूका साथसाथै ताजा फलफूल पनि खानुपर्छ । मेरो घरकाे करेसाबारीमा आरू, कर्कलाे, खुर्सानी, मेवा र किम्बु जस्ता थरीथरीका फलफूल र तरकारीहरू फलेका छन् । यी सबै खानेकुराहरूले मलाई स्वस्थ बनाउँछ ।
स्याउको बिरुवा तयार गर्न सबैभन्दा पहिला हामीलाई स्याउका दानाहरू चाहिन्छन् । हामीले ती दानाहरू फल स्याउबाट लिन सक्छौँ । एउटा स्याउबाट आएको दानाहरूलाई सर्वप्रथम हामीले तयार गरिएको जमिनमा राेप्छाैँ । त्यसमा अलिकति मल र थोरै पानी हालेर केही दिनसम्म निरन्तर राख्छाैँ र ती दानाहरू फुट्छन् । त्यसबाट साना बिरुवा निस्कन्छन् । ती बिरुवालाई हामीले लगभग दुई हप्तासम्म पानी हालेर राखेपछि तिनीहरू अलि ठुला हुन्छन् । ती बिरुवाहरूलाई सार्न छुट्टै ठाउँमा मल र माटो हालेर तयार गरिन्छ । ती ठुला भएका स्याउका बिरुवालाई एक एक गरी खल्डाे बनाएर सारिन्छ । खाल्डो बनाएर जमिनमा सारिएका बिरुवाहरू सप्रदै तयार हुन्छन् । नेपालमा स्याउ मुख्यगरी चिसो हावापानी भएको हिमाली ठाउँमा जस्तैः जुम्ला मुस्ताङमा रोपिन्छ । माटाेमा रोपेको तीन वर्षपछि स्याउका बोटहरूले फल दिन थाल्दछन् । यसरी फलाएका स्याउ खानेबेला भएपछि टिपिन्छ र बजारसम्म बिक्री वितरणका लागि पनि लगिन्छ ।
My School Bus is here to pick me,
Its color is light gray,
Oh it's fun to watch out of the window
Some walking, some driving
And some people who are waiting for micro!
Be it December or May,
Through my school bus
It's always a beautiful day.
My School’s bus is gray
I go to school everyday!
मेरो परिवार सानो छ । मेरो परिवारमा हामी चारजना सदस्य छौँ । मेरो बुबाको नाम प्रशान्त पोखरेल हो । उहाँ कार्यालयमा काम गर्नुहुन्छ । मेरी आमाको नाम सुनिता दाहाल हाे । उहाँ व्यवसायी हुनुहुन्छ । मेरी सानी बहिनी पनि छिन् । उनी सानै छिन् उनी सबैलाई खुसी दिन्छिन् ।
Rainbows have pretty colours,
Colourful and beautiful like flowers.
They are red, orange, yellow, green, blue, indigo and violet too.
Why are they beautiful? I don’t have a clue.
It doesn’t stay for long,
I want to sing the rainbow song.
After rain, it shows up in the sky,
To touch it, I want to fly.
मेरो विद्यालय निकै सुन्दर र सफा छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरो विद्यालयमा रङ्गीचङ्गी फूलहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरो विद्यालयमा राम्रो शिक्षा दिइन्छ । मेरो विद्यालयमा शिक्षक शिक्षिकाहरूले हामी सबै बालबालिकालाई मायालु व्यवहार गर्नुहुन्छ । हामीलाई राम्रो कुरा सिकाउनुहुन्छ । हामी विद्यालयमा धेरै किसिमका खेलहरू खेल्छौँ । मलाई मेराे विद्यालय असाध्यै मन पर्छ ।