Logo

Student Corner

Articles

हलेसी यात्रा
- Prisha Poudel - 33039, Grade ... 17 February, 2022

म मेराे परिवारसँग हलेसी दर्शन गर्न गएकी थिएँ । जाने दिन हामी सबैले उठेर पूर्वको पशुपतिनाथ हलेसी महादेव दर्शनको यात्राको लागि तयारी गर्न थाल्यौँ । बिहानकाे ७ः३० बजे उठेर केही खानेकुराहरू लिएर म लगायत मेरा बाबा, ममी, दादा, दिदी काका, गुरु  गुरुआमा र चालक समेत गरेर हामी ९ जना काठमाडौँबाट हलेसी प्रस्थान गर्‍याैँ । हलेसी महादेव प्रदेश नम्बर १ काे सगरमाथा अञ्चल अन्तर्गतको खोटाङ जिल्लामा अवस्थित छ । हामी करिब सातवटा जिल्ला काठमाडौँ, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुली, उदयपुर र ओखलढुङ्गा पार गर्दै करिब ५ः३० बजे हलेसी पुग्यौँ । बेलुकी होटल हलेसी भिलेजमा बास बसेर भोलिपल्ट बिहान सबेरै उठेर महादेवको दर्शन गरेर, रुद्री पाठ गरी हवन तथा लाख बत्ती बालेर बेलुकी त्यहीँ बास बस्यौँ । भोलिपल्ट बिहान १० बजे खाना खाएर हामी त्यहाँबाट हिँड्यौ । बेलुकी सात बजे काठमाडौँ आइपुग्यौँ । यसरी मेरो हलेसी यात्रा धेरै रमाइलो भयो ।


Read More
पात्रो
- Somanshu Rajbhandari - 32018, ... 15 February, 2022

पात्रोकाे हामीमा धेरै महत्त्व छ । पात्रोबाट हामीले साल, महिना, गते, तारिक, बार आदि थाहा पाउँछौँ । पात्रोबाट कुन दिन कुन कुन चाडपर्व परेका छन् त्यो पनि थाहा पाउँछौँ । भित्तेपात्रोबाट साइतहरू कुन कुन दिन पर्दछन् त्याे पनि थाहा पाउँछौँ,  जस्तै विवाह, व्रतबन्ध, अन्नप्राशनका लागि साइत चाहिन्छ । यी साइतहरू हामीले पात्राेबाट नै हेर्दछौँ । पात्रोबाट हामीले विद्यालयका बिदा हुने दिनहरू पनि थाहा पाउँछौँ । पात्रो धेरै प्रकारका हुन्छन् । कुनै पात्रो भित्तामा झुन्ड्याउन मिल्छ । कुनै पात्रो टेबुलमा राख्न मिल्छ । कुनै पात्रो गोजीमा हाल्न पनि मिल्छ । आजभोलि मोबाइल अथवा ल्यापटपमा पनि पात्रो हेर्न सकिन्छ । कार्यलयका आफ्ना कर्मचारीहरूलाई पात्रो दिइन्छ । पात्राेहरूमा राम्रा राम्रा चित्रहरू राखिएका हुन्छन् । विद्यालयहरूले पनि आफ्नो एक वर्षमा गरिने कार्यक्रम समावेश गरेर पात्राे बनाउँछन् अनि विद्यार्थीहरूले त्यही पात्रो हेरेर कामहरू गर्ने गर्दछन् । पात्राेले सबै मानिसहरूलाई सजिलाे बनाइदिएकाे छ ।


Read More