Logo

Student Corner

Articles

सोनाम ल्होसार
- Himamshu Bal - 31009, Grade I ... 14 February, 2022

नेपालमा विभिन्न जातिले ल्होसार  पर्व मनाउँछन् । ‘ल्हो’ भन्नाले वर्ष वा साल  हुन्छ र  ‘सार’ वा ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ हुन्छ । यसरी ल्होसारको अर्थ ‘नयाँ वर्ष’ हुन्छ । तामाङ समुदायले माघ शुल्क प्रतिपदाका दिन सोनाम ल्होसार  पर्व मनाउँछन् । मुसा,  गाई, बाघ, बिरालाे, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा,  कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।  यो दिन गुम्बामा लामा गुरुहरू द्वारा पूजा पाठ गराइ परम्परागत लुगा लगाई शुभकामना साटासाट गरेर खाप्से खाने चलन छ । धेरैजसो ठाउँमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका हुन्छन् । सेलो गीतमा डम्फु बजाएर नाच्ने चलन पनि छ ।


Read More
सरसफाइ
- Bishrant Sitaula - 32006, Gra ... 14 February, 2022

हामी सधैँ सफा सुग्घरी भएर बस्नुपर्छ । राम्रोसँग नुहाएर, हात गोडाको नङहरू काटेर, कपाल कोरेर , दाँत माझेर, सफा र सुकिलो कपडा लगाएर बस्नुपर्छ । यसरी सफा सुग्घर भएर बस्दा विभिन्न रोगहरू लाग्ने डर हुँदैन। त्यसका साथै हामी राम्रो र आकर्षक पनि देखिन्छौँ।  आफ्नो शरीरको साथसाथै आफू बस्ने ठाउँहरूको सरसफाइमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । आफ्नो घर-आँगन, भान्सा सधैँ सफा राख्नुपर्छ । सधैँ बिहान उठिसकेपछि आफ्नो ओछ्यान मिलाउने, छरिएका समानहरू, किताबहरू मिलाउने गर्नुपर्छ । घरको वरिपरि फोहोरमैला गर्नुहुँदैन। पानी जम्ने खाल्टाखुल्टीहरू छन् भने पुर्नुपर्छ, नत्र विभिन्न  किसिमका किराहरू र लामखुट्टेहरू आउने र बस्ने गर्छन् । जमेको पानीमा बस्ने लामखुट्टेले डेंगु रोग सार्ने डर धेरै हुन्छ। फोहोरमा बसेर आएको झिङ्गा र किराहरूले हामीहरूलाई  झाडापखाला जस्ता रोगहरू लाग्ने डर हुन्छ। घरबाट निस्कने फोहोरहरूलाई एउटा भाँडाेमा जम्मा गरेर राख्नुपर्छ, अनि फोहोर मैला लिन आउने गाडीलाई दिनुपर्छ । फोहोर पनि धेरै किसिमका हुन्छन् । गल्ने र कुहिने  फोहोरलाई अलग, नगल्ने फोहोर लाई अलग अनि सिसा फलाम जस्ता फोहोरलाई अलग भाँडाेमा जम्मा गरेर राख्न सकियो भने धेरै राम्रो हुन्छ।  गल्ने फोहोरबाट मल बनाएर फलफूल को बिरुवाहरूमा हाल्न सकिन्छ । फूलहरू रोप्नाले हाम्रो घर वरिपरिको वातावरण सफा र सुन्दर देखिन्छ।


Read More