Logo

Student Corner

दलचाेकी जाँदाको अनुभव

Written by: Ishani Chhetri - 32010, Grade II

Posted on: 17 February, 2022

आजभन्दा तीन महिना पहिला म बुबा र ममीसँग दलचाेकी गएकी थिए । दलचोकी ललितपुरको पूर्वी पहाडमा पर्दाेरहेछ । त्यहाँ धेरै जाडो पनि हुँदोरहेछ । त्यहाँ हामीहरू बेलुका सात बजेतिर पुगेका थियौँ । हामी त्यसरात त्यहाँ होमस्टेमा बस्याैँ । भोलिपल्ट बिहान हामी वरिपरि घुम्न गयौँ । साना साना भर्‍याङ चढेर भ्युटावर हेर्न गयाैँ । त्यहाँबाट काठमाडौँ उपत्यका राम्रोसँग देखिँदो रहेछ त्यसदिन हामी धेरै घुम्यौँ र धेरै रमाइलो गरेर बेलुकी घर फर्कियौँ ।