Logo

Student Corner

Articles

हाम्रो देश नेपाल
- Eedha Bista - 33045, Grade II ... 27 November, 2023

हाम्रो देशको नाम नेपाल हो । हाम्रो राष्ट्रिय जनावर गाई हो । हाम्रो राष्ट्रिय चरा डाँफे हो । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्रो राष्ट्रिय खाना दालभात, तरकारी हो । हाम्रो देश नेपाल सानो छ । हाम्रो देशको लामो नदी कर्णाली हो । हाम्रो देशको ठुलो नदी कोसी हो । नेपालको छिमेकी देश चीन र भारत हुन् । नेपालको राजधानी काठमाडौँ उपत्यका हो । हाम्रो देशको राष्ट्रिय गीत व्याकुल माइलाले लेखेका छन् । नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । सगरमाथा नेपालमा रहेकाे विश्वकै अग्लो हिमाल हाे । संसारभरि सगरमाथालाई ‘माउन्ट एभरेस्ट’को नामले चिनिन्छ । हाम्रो देश नेपाल चीन भारतको बिचमा छ । नेपालको उत्तरमा चीन र नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ । हाम्रो देश नेपाल दुई देशबिचको सानो तरुल हो । हाम्रो देश नेपाल सानो देश भएपनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । हाम्रो देश नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छन् । हिमाली भागमा अग्ला अग्ला हिमालहरू पर्दछन् । संसारको दशवटा अग्ला हिमालहरूमध्ये आठवटा नेपालमा पर्दछन्  जस्तैः सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्हाेत्से, चाेयु, मनास्लु, धवलागिरि, अन्नपूर्ण हुन् । नेपालको पहाडी भागमा वनजङ्गल र थुप्रै नदीनालाहरू पर्दछन् । यिनै वनजङ्गल र नदीनालाहरूले गर्दा नेपाललाई “हरियो वन नेपालको धन” भन्ने उखान गरिन्छ । नेपालको तराई भागमा थुप्रै अन्नहरू उत्पादन हुन्छन् । नेपाललाई “चार जात छत्तिस वर्णको साझा फूलबारी” भनेर पृथ्वीनारायण शाहले भनेका हुन् । नेपाललाई भगवान गौतम बुद्ध जन्मेको ठाउँ भनेर चिनिन्छ । नेपाललाई शान्तिको देश मानिन्छ । नेपालमा विभिन्न जातजाति, भाषाभाषी र विभिन्न धर्मावलम्बीका मानिसहरू मिलेर बसेका छन् ।

 


 


Read More
श्रीकृष्णजन्माष्टमी
- Ujjwol Dhakal - 33023, Grade ... 24 November, 2023

श्रीकृष्ण जन्माष्टमी भगवान कृष्णको जन्मदिन मनाउने पर्व हाे । कृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । भगवान विष्णुको आठौँ अवतारको रूपमा उहाँको जन्म भएको थियो । उहाँ राजा वासुदेव र मथुराकी रानी देवकीकाे आठौँ सन्तान हुनुहुन्थ्याे । उहाँका धेरैवटा नामहरू छन् जस्तैः हरि, मुरारी, गाेपाल, वासुदेव, श्याम आदि । कृष्ण जन्माष्टमीमा हिन्दुहरूले भगवान श्रीकृष्णको पूजा आराधाना गरी मनाउँछन् । यस दिन कृष्णकाे भजन, कीर्तन, प्रवचन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । कृष्णको बाल्यकाल रमाइलोसँग बितेको थियो । उहाँका धेरै चञ्चल स्वभावका कुराहरू हामीहरूले सुन्दै आएका छौँ । उहाँलाई दही, मक्खन, घिउ आदि धेरै मनपर्थ्यो । घरमा कोही पनि नभएको मौका पारी दही चोरेर खानुहुन्थ्यो । उहाँले बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउँदै आउनुभएको थियो ।


 


Read More