Logo

Student Corner

Articles

आँप
- Risimi Mewahang - 33017, Grad ... 07 December, 2023

आँप  एउटा रसिलो, गुलियो र मिठो फल हो । आँपलाई फलफूलहरूको राजा पनि भनिन्छ । आँपबाट हामीले भिटामिन ‘ए’ पाउँछौँ । आँप  उत्पादनकाे लागि तातो हावा पानी वा सुख्खा मौसम चाहिन्छ । आँपको बिरुवा वैशाख जेठ महिनामा रोपिन्छ । आँपको बिरुवा रोप्नु अगाडि जमिन राम्रोसँग जोत्नुपर्छ र समथर बनाउनुपर्छ अनि ५ मिटरको दुरी राखेर खाडल खनी माटो र मल मिलाएर बिरुवा रोप्नुपर्छ । रोपेको बिरुवालाई हप्ताको एकपटक पानी हालेर गोडमेल गरिराख्नुपर्छ । झारपात उम्रिन दिनुहुन्न र वर्षको तीनपटक रासायनिक मल पनि हाल्नुपर्छ । यसरी रोपेको आँपको बिरुवा बिस्तारै ठुलाे भएपछि आँप फलेर खानका लागि तयार हुन्छ ।


 


Read More
मेराे घर
- Aamnaya Raj Dhungel - 33002, ... 05 December, 2023

 मेरो घर तीन तलाको छ । मेरो घरको तेस्रो तलासम्ममा अरु मानिसहरू बस्छन् । घरकोमाथि दुईवटा छाना छन् । मेराे घरमा धेरैवटा गमलाहरू छन् । मेरा घरमा धेरै कोठाहरू छन् । मेरो घरमा सुत्ने कोठा तीनवटा छन् । मेरो घरमा दुईवटा टि.भी छन् र तीनवटा बस्ने साेफा छन् । म मेरी दिदी, आमा, बाबा र हजुरआमासँग बस्छु । मेरो घरको आँगन सानो छ । आगनसँगै एउटा बगैँचा छ । बगैँचामा धेरै फूलहरू फुलेका छन् । मेरो घरमा सानो मन्दिर छ । खेल्ने कोठा छ र धेरै खेलौनाहरू छन् । मेरो घरको वरिपरि धेरै घरहरू छन् । म गौरीघाटको टोलमा बस्छु । मेरो घरमा भान्छाकोठा सफा छ । भान्छाकोठामा  कचौरा, गिलास, चम्चा, थालहरू आदि छन् । मेरो घरमा खानेकुरा राख्ने छुट्टै कोठा छ । मेरो घर छिर्ने ढाेका अगाडि एउटा ठुलाे मूल ढाेका पनि छ । हामी त्यही ढाेकाबाट भित्र बाहिर गर्छौँ मलाई मेरो घर राम्रो लाग्छ ।


 


Read More