Logo

Student Corner

Articles

मेरो घरको कुकुर
- Kashvi Satyal - 33010, Grade ... 25 December, 2023

मेरो घरको कुकुरको नाम लुफी हाे । लुफी एक वर्षको भइसकेको छ । लुफीलाई दुध, रोटी, भात, मासु, अन्डा र दही मन पर्छ । लुफी जन्मेको पन्ध्र दिन हुँदा हामीले उसलाई गाउँबाट ल्याएका थियौँ ।  लुफीले हामीसँग खेल्न साह्रै रहर गर्छ । ऊ सानोमा धेरै ज्ञानी थियो । अहिले बदमास भएर चकचक गर्छ तर ऊ माया लाग्दो छ । उसको शरीरको रङ सेतो छ । उसको शरीरमा लामा राैँहरू छन् । मेरी हजुरआमालाई ऊ मन पर्दैन । उसको राैँ धेरै झर्ने गर्दछ । उसलाई पानीदेखि डर लाग्छ । उसको पुछर लामो छ । हाम्रो घरमा कोही नयाँ मान्छे आउनुभयो भने उहाँलाई देखेर अति नै भुक्छ र सबैजना डराउनुहुन्छ । हामी उसलाई महिनाको एकपटक नुहाइदिन्छाैँ । म स्कुलबाट आएपछि मलाई देखेर उसले पुच्छर हल्लाएर नाच्छ । म, दादा र लुफी भएर सधैँ बल खेल्छौँ । उसले मुखले बल टोकेर भाग्छ र हामी समात्न जान्छौँ । हामीसँग बल खेल्दा लुफी धेरै रमाउँछ ।


Read More
हिमाल
- Haezel Dahal - 33009, Grade I ... 21 December, 2023

नेपाल असङ्ख्य हिमालहरूले सजिएको सुन्दर देश हो । हाम्रो देश हिमालहरूको धनी देश हो । यहाँकाे सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । सगरमाथा विश्वकै सबैभन्दा अग्लो हिमाल मानिन्छ । अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, मनास्लु, जुगल र गौरीशङ्कर आदि हिमालहरू पनि विश्वमै प्रसिद्ध छन्  । नेपालमा हिमालको सुन्दर दृश्यले जो कोहीको मन पनि मोहित पार्न सक्छ । नेपालमा हिमाल आरोहण गर्न विश्वका विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्दछन् । हिमालले नेपालको महत्त्व बढाएको छ साथै विश्वभरि नेपाललाई चिनाएको छ । हिमाल हाम्रो देशको सम्पत्ति हो । यसको हामी सबैले संरक्षण गर्नुपर्छ । हाम्रो नेपालको गाैरव जोगाउन हिमालको महत्त्वपूर्ण भूमिका छ । हिमाल जलसम्पदाको स्रोत पनि हो । हिमालको फेदीबाट बग्ने नदीहरू नेपालको जलसम्पदा हो । जलसम्पदाले नेपाली भूमि हराभरा पार्दछ र कृषि उत्पादनमा सहयोग पुग्दछ । हिमालले धार्मिक महत्त्व पनि बोकेको छ । हिमालले धेरै मानिसलाई आकर्षित गर्दछ । हिमाल र मानिसको जीवनमा निकट सम्बन्ध रहेको छ । हिमाल देशको पहिचान तथा देशको उदाहरण बनेको छ । मलाई पनि हिमाल हेर्न धेरै मन पर्छ ।


Read More