Logo

Student Corner

Articles

कथाः चमेलीकाे बास्ना
- Prabal Dawadi - 29020, Grade ... 27 September, 2021

परिचय

चमेलीको बास्नाले एउटा सचित्र बालकथा हो। यस किताबका लेखक रामबाबु सुवेदी हुन्। यस किताबको चित्र कोर्ने काम के. के कर्मचार्यले गरेका हुन्। यस कथाको प्रकाशक नेपाल सरकार बिज्ञान तथा प्रविधि मन्त्रालय हो।

पात्र (असल पात्र र खराब पात्र)

चमेलीको बास्ना कथाका सहायक पात्र तिलजा,सुकबहादुर, प्रधानाधयापक, चमेलीकी आमा र गुरुआमा हुन। यस कथाकी प्रमुख पात्र चमेली हुन्। यो कथाको मानवीय पात्र चमेली,चमेलीकी आमा, उनको साथी,गुरुआमा, र प्रधानाधयापक हुन्। यस कथामा  सुनार पनि  मानवीय पात्रको रूपमा आएको छ। चमेलीको साथीहरू चम्पा,सोहन र अल्का पनि मानवीय पात्रको रूपमा आएका छन्। यस कथामा असल र खराब दुवै पात्र हरु छन्। असल पात्र को रूपमा प्रधानाध्यापक आएका छन्। चमेली खराब पात्रको रूपमा आएकी छिन् किनभने उनले आमाको सुन सुटुक्क लगाएर विद्यालय गइन्। पछि भने उनी असल पात्रको रूपमा आइन् किनकि उनले सुनको बास्ना हुँदैन भन्ने थाहा पाइन्।

कथावस्तु

चमेलीको बास्ना कथामा चमेली कक्षा तीन मा पढ्छिन्। उनी धनी परिवारकी एक्ली छोरी थिइन्। एक दिन उनकी आमाले गहना देखाउनु भयो। उनले शिरफूल विद्यालय लिएर गइन्। उनका साथीहरू र गुरुआमाले पनि केही भन्नु भएन। अर्को दिन चमेलीले आफ्नी आमालाई गहना बनाउन जिद्दी गरिन्। गहना बनाइसकेपछि उनी त्यसको चिन्ताले साथीसँग खेल्न पनि गइनन्। उनीबाट साथीहरू टाढा भए। उनको परिक्षामा पनि राम्रो नतिजा आएन। अर्को दिन प्रधानाध्यापकले उनलाई सुनको बास्ना हुँदैन भन्नु भयो। 

त्यो दिन उनी सुनारकहाँ आफ्नो गहना डल्लो पार्न लिएर गइन् । त्यसपछि उनी साथीहरुसँग मिल्न थालिन् र राम्रोसँग पढ्न थालिन् र उनको बास्ना फैलियो।

परिवेश

यस कथाको स्थलगत परिवेश चमेलीको घर, उनको विद्यालय, उनको कक्षाकोठा, उनको खाना खाने ठाउँ, उनको खेल्ने मैदान र उनको घर र विद्यालयको बाटो हो। यस कथाको परिस्थितिगत परिवेशको रुपमा सुनको घमण्डले पढाइ बिग्रिनु र साथीबाट मित्रता तोडिनु र प्रधानाध्यापकले सम्झाएपछि साथीहरुसँग मिल्नु हो।

निष्कर्ष (सिफारिस)

यो चमेलीको बास्ना कथा राम्रो र रमाइलो छ। म यो कथा मेरा साथीहरूलाई सिफारिस गर्न चाहन्छु किनभने यस कथामा हामीले सुनको बास्ना हुँदैन भन्ने जानकारी पाउन सक्छौं। यस कथाले हामीलाई सधैं पढ्नु पर्छ र लोभ गर्नु हुँदैन भन्ने कुरा सिकाएको छ।


Read More
कथाः चमेलीकाे बास्ना
- Aarjan Khadka - 29003, Grade ... 24 September, 2021

परिचय
चमेलीको बास्ना रामबाबु सुवेदीले लेखेका हुन् । चमेलीको बास्नाको चित्रकार के. के. कर्माचार्य हुन् । यस कथाको प्रकाशन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी भक्तपुरले गरेको हो । चमेलीको बास्ना कथामा सुनको बास्ना हुँदैन र सुनको पछाडि लाग्नु हुँदैन भन्ने कुराहरुको बारेमा चर्चा गरिएको छ । यो कथाले हामीलाई साथीहरुलाई बिना कारण शङ्का गर्नु हुँदैन र सुनको पछि लागेर आफ्नो नियमित कामहरु नगरि बस्नु हुँदैन भन्ने शिक्षा पनि दिन्छ ।

पात्र (असल पात्र र खराब पात्र)
चमेलीको बास्ना कथाको मुख्य पात्र चमेली हो । यस कथाका अरु पात्रहरु चमेलीका बाआमा, चम्पा, सोहन, नयनतारा, गुरुआमा, अलका, सुनार, विद्यालयका सबै केटाकेटी, कोपिला, तिलजा, चित्रकलाका गुरु, शकबहादुर, चमेलीका अरु साथीहरु, प्रधानाध्यापक हुन् । चमेली यस कथाको मुख्य पात्र हो जो धनी बाआमाको एक्ली छोरी थिई । ​ऊ एकदमै पुलपुलिएकी थिई र उसले भनेको सबै मान्नै पर्थ्यो । ​ऊ सुनको पछी लगेर खेलकुदमा पनि पछी पर्न थाली र कक्षामा पनि पछिल्तिर बस्न थाली । ऊ कथाको सुरुमा खराब पात्रको रुपमा देखाइएको छ र प्रधानाध्यापकले सम्झाएपछी ऊ असल पात्रको रुपमा देखाइएको छ । उसलाई सुनको पछी लाग्नु  हुँदैन भनेर प्रधानाध्यापकले भनेपछी उसलाई गहिरो प्रभाव पर्‍यो र उसले सुनलाई चोडेर खुशी हुँदै विद्यालय गई । अरु सबै पात्रहरु सहायक पात्रका रुपमा आएका छन् । चमेलीका सबै साथीहरु असल पात्र हुन् जसले उसको बास्ना मन पराउछन । यस कथामा खराब पात्र कोही छैनन् ।

कथावस्तु
चमेली धनी बाआमाकी एक्ली छोरी थिई र कक्षा तीनमा पढ्थी । एकदिन चमेलीकी आमाले आफुसँग भएको गहना चमेलीलाई देखाउनुभयो र नाम पनि बताउनुभयो । उसले आमको शिरफूल सुटुक्क झिकेर विद्यालय लगाएर गई । चमेलीका साथी चम्पा र सोहन उसको शिरमा शिरफूल देखेर अचम्म भए । विद्यालयमा सबैले उसैलाई हेर्न र उसैको कुरा गर्न थाले । कक्षामा अलकाले उसको दिदीको धेरै गरगहना भएको र चमेलीको एउटा मात्र शिरफूल त्यो पनि आमाको भनेर भनी ।  आमाले चमेलीले शिरफूल लगाएको देख्नुभयो र कति  सुहाएको भन्नुभयो । उसले गहना लगाउदा राम्रो देखिँदो रहेछ भन्ने थाहा पाई र आमालाई औँठी, कल्ली, झुम्का, शिरफूल र फुली बनाइदिन भनी । चमेली ज्यादै पुलपुलिएकी छोरी थिई र उसले भनेको पुर्‍याउनै पर्थ्यो । त्यसैले उसलाई लिएर आमा सुनारकहाँ जानुभयो । भोलिपल्ट सुनार दाईले सबै गहना बनाएर ल्याइदिनुभयो र चमेली ती गहनाहरु लगाएर विद्यालयतिर लागी । दिउँसो खाजा खाने समयमा सबै केटाकेटी चमेलीको वरिपरि झुम्मिए र ऊ दङ्ग परी । चमेली, अलका र तिलजा घर फर्किँदा पानी पर्दै थियो र रातो माटोमा चिप्लेर चमेलीको शिरफूल कुचियो । तिलजाले धकेलेको भनेर चमेली ऊसँग रिसाई तर ऊ आफैँ लडेकी थिई । नुहाउन जाँदा गहना फुकालेर राख्दा कल्लीले शिरफूललाई किचेछ । शिरफूल छिनेको देखेर ऊ कल्लीलाई कराउन थाली र त्यो दिन विद्यालय गइन सुनारकहाँ शिरफूल बनाउन गई । अर्को दिन कक्षामा उसको झुम्का हरायो र उसले आफ्ना मिल्ने साथीहरुमाथि शङ्का गर्न थाली । अर्को दिन काँडे बालाले बुलाकी चुँडालिदिएछ र ऊ सुनारकहाँ बनाउन गई र विद्यालय छुट्यो । चित्रकलाका गुरुले चमेलीको चित्र बनाउन लाउनु भयो । तिलजाले बनाएको चित्रमा उसको हात सिक्रीले बाँधिएको जस्तो देखियो भने शुकबहादुरले बनाएको चित्रमा चमेलीको खुट्टा सिक्रीले बाँधिएको देखियो । त्यो चित्रहरु देखेर ऊ छक्क परी तर गुरुलाई भने त्यो चित्रहरु मन पर्‍यो । दिन बित्दै जाँदा साथीहरु चमेलीबाट टाढा भई । खाजा खाने समयमा पनि ऊ एक्लै बसेर डाँडतिर हेरेर टोलाइरहन्थी । प्रधानअध्यापकले चमेलीलाई पढाईमा पहिला हुने र खेल्कुदमा पनि तेज थियौ र सुनको पछी लाग्यौ भन्नुभयो । सुनको बास्ना हुँदैन भनेर प्रधानअध्यापकले भनेपछी ऊसुनारकहाँ गएर सुनलाई पगालेर डल्लो बनाइदिन भनि । ऊ खुशी हुँदै विद्यालय गई र साथीहरुले उसलाई अँगालो हाले । चमेली साँच्चैको चमेली भएर आएको भनेर प्रधानअध्यापकले भन्नुभयो र साथीहरुले पनि रमाउँदै ताली पिटे । कक्षाकोठामा चमेलीले सहपाठी साथीहरुलाई सुन्दर सन्देश लेखी र पाटीमा टाँसी ।

परिवेश
चमेली को बास्ना कथामा चमेली को घर, विद्यालय जाने बाटो, विद्यालय, गहना बनाउन सुनारको घर स्थलगत परिवेशको रुपमा आएको छ । यो कथामा भएको सबै घटना एक महिनमा घटेको अनुमान गर्न सकिन्छ ।

निष्कर्ष (सिफारिस)
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई सुनको बास्नाको पछी लाग्नु हुँदैन भन्ने शिक्षा दिन्छ । हामीले अरुलाई नभएको कुरामा शङ्का गर्नु हुँदैन भन्ने पनि सिकाउँछ ।


Read More
पुस्तक समीक्षा
- Sambid Dhakal - 30028, Grade ... 24 September, 2021

परिचय - जतन कथा 
प्रस्तुत जतन कथा एक चित्रकथामा आधारित पुस्तक हाे। यो कथालाई  नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले प्रकाशन  गरेको हो। एस चित्र कथाकाे पुस्तकको लेखन उद्धवप्रसाद प्याकुरेल र चित्राङ्कन सुमन महर्जनबाट भएकाे हाे ।  यस पुस्तकको सम्पादन रेणुका पाण्डे, रजनी धिमाल चिनाकुमारी निरौला शाश्वत  पराजुलीकाे समूहबाट भएको हो । मलाई यो पुस्तक निकै मन पर्यो। 
पात्र
 यस कथामा विभिन्न पात्रहरू छन् जसमा पेन्सिल, रूलर, झाेला, किताव, कमिज, जुत्ता, माेजा आदि दिपकले  कल्पना गरेका पात्रहरू हुन्। यो कथामा एउटा हामीजस्तै केटाे हुन्छ।  जसको नाम दीपक हो। उसले आफ्ना सामान जतन गर्दैनथ्याे । त्यसैले ऊ पहिला खराब पात्र थियो। उसले पछि आफ्नो सामान जतन गर्यो र उसलाई असल पात्रको रुपमा देखाइएकाे छल। त्यसैले  यस कथाको  मानवीय र बालपात्र  दिपक मात्र हो। अन्य काल्पनिक र अमानवीय पात्र छन् । सबै पात्रहरूले कथालाई अगाडि बढाएका छन् ।
कथावस्तुः
यो कथामा एउटा हामीजस्तै केटाे हुन्छ जसको नाम दीपक हाे । एकदिन ऊ बेलुकाको खाना खाएर सुत्याे तर उसलाई निद्रा परेन ।  उसले  आफूले प्रयाेग गर्ने हरेक सामानकाे समूहलाई सम्झ्यो । उसले आफ्ना सिसाकलम, रङ, कापी, किताब, झाेला, टिफिनकाे भाँडाेतिर हेर्यो उसले सामानलाई टोक्ने  ठाेक्ने, फाेहाेर गर्ने, केर्ने गरेकाले सबै  सामान ऊसँग रिसाएकाे जस्ताे उसलाई लाग्याे ।  सिसाकलम, रङ, झाेला  जस्ता सामग्रीले फाेहाेर गर्ने र दुःख दिने गरेमा  अब म तिमीसँग विद्यालय नै जान्न भनेका थिए भने उसले लगाउने कमिजले पनि यस्तै कुरा गरेको थियो । दिपकले खाजा खाने टिफिनकाे भाँडाेसमेत ऊसँग रिसाएको थियो । झोलालेसमेत तिमीसँग विद्यालय जान्न भन्ने कुरा गरेको थियो।  रङले चाहिँ तिमीले बनाएका चित्रमा म बस्दिनँ भनेको थियो।   दीपकले आफैँले आफ्ना सामानहरूसँग नराम्रो व्यवहार गरेको र जतन नगर्ने गरेको कारणले गर्दा कल्पनामा यस्तो देखेको थियो ।  त्यसैले उसले  साच्चै नै सामान  रिसाए  भने के होला भन्ने कुरा सम्झ्यो र आफ्ना सामानहरूलाई अबदेखि जतन  गर्नेछु भन्ने वाचा आफूसँगै गर्यो त्यसपछि यस कथाको कथावस्तु  पनि सकिन्छ  ।
परिवेश
याे कथा दीपकले एउटा कोठाको खाटमा सुतेर एउटा घटना सम्झिएको परिवेशमा लेखिएको छ। उसले कल्पना गरेका सामानहरू आफ्नाआफ्ना ठाउँमा  रिसाउनु पनि परिवेशकाे रूपमा लिन सकिन्छ ।
निष्कर्ष वा सिफारिस
यो कथाबाट मैले आफ्नो सामान जतन गर्नुपर्छ जथाभावी फाल्नु हुँदैन भन्ने कुरा बुझेँ। यो कथा पढ्दा पनि अत्यन्त रमाइलाे  अनुभव हुन्छ । त्यसैले याे  कथा म अरूलाई पनि  सिफारिस  गर्छु ।


Read More
कथाः चमेलीकाे बास्ना
- Bishop Chalise - 29010, Grade ... 23 September, 2021

परिचय
चमेलीकाे बास्ना एक सचित्र बालकथा हाे । यसका लेखक रामबाबु सुबेदी हुन् । यस कथाकाे प्रकाशन नेपाल सरकार,  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सानाेठिमी भक्तपुरले गरेकाे हाे ।  यसमा चित्र भर्ने काम के. के कर्माचार्यले गरेका हुन् । 

पात्र (असल पात्र र खराब पात्र)

यस कथामा असल पात्र चमेली हो । किनभने ऊ अन्तिममा आज्ञाकारी बनिन् र सुनको पछी लाग्न छोडेर पढ्न तिर लागिन् ।


कथावस्तु
चमेलीको बास्ना कथामा चमेली नाम गरेकी एउटी केटी हुन्छे  । ऊ धनी बाआमा कि एक्ली छोरी थिई । उसकी आमासँग धेरै राम्राराम्रा गरगहना हरू थिए । एकदिन उसकी आमाले उसलाई सबै  गहनाहरू देखाएर तिनका नाम भन्नुभयो । एकदिन उसले आफ्नो आमाको शिरफूल लगाएर विद्यालय गइन् । विद्यालयमा सबैजनाले चमेलीलाइ मात्र हेर्न थाले । कक्षामा अलकाले चमेलीलाई भनी, " मेरी दिदी संग त धेरै गहनाहरू छन्  तिम्रो त एउटा शिरफुल त्यो पनि आमाको । चमीली घर आएपछी चमेलीको टाउकोमा शिरफूल देखेर आमाले आहा भन्नु भयो । त्यस पछी चमेलीले आमालाई गहना बनाइदिनु भनिन् । आमाले गहना बनाएर ल्याएपछी   ख् विद्यालय गई । सबैको आखा आफूमाथि परेकोले ऊ दङ्ग परी । चमेली घर फर्कने बेला माटामा चिप्लेर लडी र साथीलाई दोष दिन थाली । चमेलीको गहनमा मात्र ध्यान भएकोले अरू  सबैकुरा बिग्रन थाल्यो । बिस्तारै गहना बिग्रन थाले । र उसले अरुलाई दोष लगाउन थाली । चमेलीले गर्दा विद्यालयको वातावरण बिग्रियो । एक दिन विद्यालयमा गुरुले चित्र बनाउन लगाउनु भयो जसमा सबैले चमेलीको सुनले भरिएको अनेक रुप बनाए । त्यसपछी चमेली दिक्क हुन थाली अन्तिममा उसकाे चेतना आयो सुनले गर्दा आफू साथीहरु सँग टाढा भएको जस्तो लाग्यो । प्रधानाध्यापकले उसलाई सुनको बासना हुँदैन भन्नुभयो । भोलिपल्ट विद्यालयमा चमेलीलाई बोलाएर प्रशंसा गर्नुभयो र सुन भन्दा साथी नै ठुलो भनेर समझाउनु भयो । 

परिवेश
यश कथामा परिवेशका रुपमा चमेलीको गाउँ, सुन बनाउने ठाउँ, विद्यालय, कक्षाकोठा, प्रधानाध्यापकको कार्यालय आदि छ्न ।

निष्कर्ष (सिफारिस)
म यो किताब पढ्नका लागि सिफारिस गर्दछु, किनभने यश कथामा धन भन्दा विद्या ठूलो हुन्छ भन्ने कुरालाई श्रृंखलाबद्ध रुपमा देखाउन खोजिएको छ । सुख र सन्तुष्टि लाई नै मानिसको असल सम्पत्ति मानिएको छ ।


Read More