Logo

Student Corner

Articles

अनुशासन
- Erish Thapa - 29011, Grade V ... 05 October, 2021

अनुशासन एउटा यस्तो   चिज त्यसले मानिसलाई  ठाउँमा राख्छ । त्यसले मानिसलाई हिम्मत दिन्छ। मानिसलाई आफ्नो जिवनमा अगाडि बढ्नमा  सहयोग गर्छ । अनुशासन बिना मानिसको जीवनकाे उद्देश्य सफल हुँदैन ।  अनुशासनले मित्रतापूर्ण  बनाउन सकिन्छ । अनुशासनले मानिसलाई  विनम्र बनाई काम गर्न  बाेल्न अनि हिड्न पनि सिकाउँछ । यति मात्र नभइ हामीलाई असल र सरल बाटाेमा हिँड्न समेत मदत गर्छ । हामी अनुशासन सुरुमा घरमा  आफ्नो  आमा र बुबाबाट  सिक्छौँ ।  मैले सिकेको पहिलो अनुशासन    दर्शन भन्नु हो । अनुशासनको फाइदाबाहेक बेफाइदा छैन । सरल सभ्य र असल हुँदा सबैले माया गर्नुहुन्छ।    जे  चिजमा अनुशासन चाहिन्छ त्यसैले  हामीले सानैदेखि अनुशासन   सिक्नुपर्छ।  


Read More
महाकवि लक्ष्मी प्रसाद देवकोटा
- Sambhavya Pandey - 30027, Gra ... 05 October, 2021

लक्ष्मी प्रसाद देवकोटा  नेपाली साहित्यकका महाकवि हुन् ।उनको जन्म बि स १९६६ कार्तिक २७ गते काठमाडौं  को डिल्लीबजार मा भएको  हो । उनको बुवा  को नाम तिलमाधव  देवकोटा  हो । आमाको नाम अमर राज्यलक्ष्मी देवकोटा  हो । लक्ष्मीप्रसाद देवकोटाकाे खास नाम तीर्थमाधव देवकोटा  हो । उनी लक्ष्मी पुजा को दिन जन्मेको  हुन । उनले  धेरै  कविता, निबन्ध तथा कथा आदि साहित्यिक   लेखहरु लेखेका छन । उनको सबै भन्दा मन पराइएको पुस्तक  मुनामदन हो । यसमा  मनिस ठुलो  दिलले हुन्छ जात ले हुँदैन भनेर भनेका छन । उनलाई   गरिबहरु  देखेर दया लाग्थ्यो । आफूसँग भएका चिज  सबै बाँडिदिन्थे । उनले  आफ्नो तलबसमेत अरुलाइ बाँड्थे । उनले दुः खी  गरिबलाई सहयोग  गर्नुपर्छ भन्थे। उनकाे मृत्यु   वि.स. २०१६ मा भएको हो। उनले आफू मर्ने बेला भनेका थिए  रे मेरा सबै  पुस्तक जलाइदिए पनि  मुनामदन भने  नजलाइ दिनु  ।  उनले  नेपाली साहित्यकाे भण्डार भर्न ठुलाे याेगदान दिएका छन् ।         


Read More
लुम्बिनी
- Sophia Shrestha - 29034, Grad ... 04 October, 2021

 लुम्बिनी  हाम्राे देश नेपालकाे तराइ प्रदेशमा पर्छ । लुम्बिनी भगवान बुद्धकाे जन्मस्थल हाे । यहाँ देश तथा विदेशका मानिसहरू घुम्न आउँछन् । याे ठाउँ असाध्यै सुन्दर छ । याे भैरहवाबाट पश्चिमपट्टि पर्छ । याे ठाउँमा मायादेवी र बुद्धका मूर्तिहरू छन् । मायादेवी मन्दिरकाे परिसरमा अशाेकस्तम्भ छ याे ढुङ्गाले बनेकाे छ । मायादेवी मन्दिरकाे दक्षिणमा पाेखरी र पिपलका ठुलाठुला रूखहरू छन् । यहाँ नेपाल ,भारत, जापान, चीन,बर्मा आदि देशहरूले बनाएका सुन्दर सुन्दर मन्दिरहरू छन् । लुम्बिनी सुन्दर र रमणीय अनि विश्वसामू हाम्राे पहिचान दिने मन्दिर हाे । 


Read More
मेसीको भावपूर्ण बिदाइ : बार्सिलोना फर्कने इच्छा
- Aaradya Dev Joshi - 30002, Gr ... 04 October, 2021

'मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कनेछु र फरक भूमिकामा हुनेछु'
-मेस्सी
श्रावण २४, २०७८एजेन्सी
बार्सिलोना — लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।
स्राेतः पत्रपत्रिका


Read More
वैज्ञानिकका आविष्कार
- Shreedha Risal - 29031, Grade ... 01 October, 2021

वैज्ञानिकहरूले हाम्राे जीवनलाइ सजिलाे बनाउन नयाँ नयाँ आविष्कार गरेका छन् । यसरी हामीलाइ दैनिक जीवन सजिलाे बनाउन वैज्ञानिकहरूले निकै ठुलाे याेगदान दिएका छन् ।
माइकल फेराडेले डायनामाे आविष्कार गरे । विल्भर राइट र ओर्भिल राइटले हवाइजहाज बनाए । मेरी क्यूरीले रेडियाेधर्मी किरण बनाइन् ।यसैगरी  अल्वर्ट आइन्स्टाइनले रेफ्रिजेरेटरकाे आविष्कार गरे ।
वैज्ञानिकहरूका अन्य धेरै आविष्कारहरू छन् । हामीले प्रयाेग गर्ने हरेक चिजहरू उनीहरूकै देन हुन्। वैज्ञानिक आविष्कारविना हामीहरूले हाम्राे जीवन कल्पना पनि गर्न सक्दैनाैँ ।


Read More