Logo

Student Corner

Articles

गुरु
- Arwin Tandukar - 30005, Grade ... 27 May, 2021

मानिसका जीवनमा गुरुहरूको महत्वपूर्ण भूमिका हुन्छ । मानिसकाे पहिलो गुरु आफ्नी आमा हुनुहुन्छ । आमाले आफ्ना बच्चाहरूलाई बोल्न, खेल्न, हिँड्न, पढ्न आदि सिकाउनुहुन्छ । त्यसैले आमा नै हाम्रो पहिलो गुरु हुनुहुन्छ । आमाले परिवारमा राम्रा काम र राम्रा-नराम्रा कुराहरू छुट्याउन सिकाउनुहुन्छ । विद्यालय गएपछि पनि त्यहाँ धेरै गुरु र गुरुआमा हुनुहुन्छ । विद्यालयका गुरु र गुरुआमाहरूले विद्यार्थीलाई राम्रा राम्रा कुराहरू सिकाउनुहुन्छ र भविष्यमा असल व्यक्ति बनाउनका लागि सधैँ तत्पर रहनुहुन्छ । गुरुले विद्यालयमा विभिन्न विषयका कुराहरू सिकाउनुहुन्छ । नेपाली विषयको गुरुले नेपाली विषयकै, गणित विषयको गुरुले गणित विषयकै, नृत्य गुरु तथा संगीत गुरुले पनि आफ्नै विषयका कुराहरूका ज्ञान दिनुहुन्छ । मलाई नेपाली र गणित विषय धेरै मन पर्छ ।


Read More
बुद्ध जयन्ती
- Shreyasa Dangol - 30032, Grad ... 26 May, 2021

बुद्ध जयन्ती भगवान बुद्धकाे जन्मदिनकाे उपलक्ष्यमा मनाइन्छ । याे प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिनमा भगवान बुद्धकाे जन्माेत्सवकाे रुपमा भव्यसँग मनाइन्छ । याे वर्ष बुद्धजयन्ती यही जेठ १२ गते बुधवार परेकाे छ । याे २५६५ अाैँ बुद्धजयन्ती हाे ।
भगवान बुद्धकाे नाम सिद्धार्थ गाैतम हाे । गाैतम बुद्धकाे जन्म ५६३ इशा पूर्वमा शाक्य कुलका राजा शुद्धाेधन र महारानी मायादेवीकाे पुत्रका रुपमा नेपालकाे रुपन्देही जिल्लाकाे लुम्बिनीमा भएकाे थियाे । वाल्यकालदेखि नै सिद्धार्थ गाैतम साह्रै ज्ञानी दयालु स्वभावका थिए । उनले महानिर्वाण ज्ञानकाे प्राप्तिकाे लागि कठाेर तपस्या गरेका थिए । पछि गएर उनले विश्वसामु शान्तिकाे सिद्धान्त र महानिर्वाणकाे ज्ञान प्रचार गरे । त्यसैले उनलाई एसियाका ज्याेति भनेर पनि चिनिन्छन् ।
 


Read More
बुद्ध
- Sambid Dhakal - 30028, Grade ... 23 May, 2021

नेपालमा करोडौँ भगवनहरु छन्। ति मध्ये बुद्ध पनि एक हुन्। उनलाई एसियाकाे तारा पनि भनिन्छ। उनी लुम्बिनिमा जन्मिएका हुन् । उनको बुबाको नाम शुद्धाेधन र आमाको नाम मायादेवी हो। सानोमा उनले बिरामी मान्छे बृद्ध मान्छे र अरु मान्छे लगेको दृश्य देखेपछि जीवन भनेको केही रहेनछ भन्ने कुरा बुझे। त्यसपछि उनलाई जीवन र जगतको बारेमा अझै बुझ्न मन लाग्यो।  जब उनले बिहे गरे त्यस अनि उनको राहुल नाम को छोरो जन्मियो। आफुले जिवनमा केही ज्ञान हासिल गर्नुपर्छ भन्ने बुझेका गौतमबुद्ध आफ्नो सानो छोरो र श्रीमतीसहित दरबारका सबैलाई छोडेर ज्ञान प्राप्तिका लागि हिँडे। उनले भारतको बोधगया भन्ने ठाउँमा गए र पीपलको बोटको तल बसी तपस्या गरे र उनले ज्ञान प्राप्त गर । अहिले उनी यस संसारमा छैनन्  तर बुद्ध धर्म र बुद्ध दर्शनका नामले उनी संसारमा  अहिले पनि चिनिएका छन् र उनलाई सबैले सम्मान गर्छन् । उनकै नाममा बुद्धजयन्ती  पनि मनाइन्छ ।


Read More
फेरी आयो नयाॅं कोरोना राेग
- Sayoon Darlami - 29038, Grade ... 20 May, 2021

विश्वभरी नै फैलिएको काेराेनाले फैलाएकाे याे  रोग जसले गर्दा सबै मानिसहरु डर र त्रासमा बाच्न बाध्य भइरहेका छन्।  मानिसहरुले सोचेका पनि थिएनाैँ होला कि यस्तो दिनदशा पनि आउँछ भनेर । आजभन्दा एक वर्ष अगाडिको समयमा जाने हो भने भखरै निस्किएको नयाँ रोग जुन चाइनाबाट आएको थियाे ।
 याे रोग धेरै नै डर लाग्दो र अरु रोग भन्दा घेरै फरक  छ । याे राेग एक चोटी लागे पछी ज्यान गुमाउनु पर्ने  पनि हुन सक्छ किनकि यसकाे  औषधी बनेकाे छैन । यो रोगले बच्चा ,बुढा ,केटाकेटी केही नभनी मानिसले आफ्नो ज्यान गुमाउनु परिरहेकाे छ ।यो रोगले विश्वलाई नै बन्द गरायो ।कति मान्छे रोगले मरे त कति मान्छे भोकले मानिसले आफुले आफैँलाई घर भित्र नै बन्द गरेर बस्नु पर्ने अवस्थालाई  हामीहरुले  जसोतसो गरेर कति पीडाहरुको सामना गरेर यो एक बर्ष त कटायाैँ । विस्तारै सबै कुराहरु पनि खुल्दै आयो । स्कुल,कलेज,अफिस,दिनकै काम गरेर एक छाक काट्नु पर्ने मानिसहरु दुःखलाई भुलेर खुसी हुन लागेका मात्र के थिए ; त्यसको दोब्बर दुख आउछ भनेर कोसैलाई केही थाहा थिएन । अब त झन नयाॅं कोरोनाकाे पुस्ता आएकाे छ ।  याे पहिलेको भन्दा डर लाग्दो र खतरनाक छ ।  अहिले अस्पतालहरु कुनै खाली छैनन् ।अहिले मानिसहरुलाई धेरै नै गाह्राे बनाएको छ । कति महिना कति बर्ष लाग्ने हो यो रोगको रोकथाम हुन कुनै टुङ्गाे नै छैन । छिटाे याे समस्याबाट मुक्ति पाइयाेस् । 
 


Read More