Logo

Student Corner

Articles

मनपर्ने फूल गुलाफ
- Sambhavya Pandey - 30027, Gra ... 22 June, 2021

मलाई मन पर्ने फूला गुलाफ हाे । गुलाफ धेरै थरीका हुन्छन । याे राताे , पहेँलाे, सुन्तला, गुलाफी आदि  धेरै रङकाे पनि हुन्छ। मेराे घरमा पनि धेरै थरीका गुलाफ छन् । म ती गुलाफका फूलकाे पानी,मल हालेर हेरविचार गर्छु । गुलाफका काँडा पनि हुन्छन् । ती काँडा निकै तिखा हुन्छन् । तिखा काँडाहरु विचमा फुलेकाे गुलाफले हामीलाई समस्याहरुका बिचमा पनि मुस्कुराउन सिकाउँछ ।
गुलाफलाई फूलहरुकाे राजा पनि भनिन्छ । हामीले याे फुललाई पूजा गर्न , माला बनाउन र सजावटकालागि प्रयाेग गर्न सकिन्छ । याे फूल जाडाे र गर्मी दुबै समयमा फुल्छ । हिमाली, पहाडी र तराइ सबै क्षेत्रमा फुल्दछ । 
 


Read More
विज्ञान र प्रविधि
- Prabal Dawadi - 29020, Grade ... 21 June, 2021

आजको युग विज्ञान र प्रविधिको युग  हो।  मानिस ढुङ्गे युगबाट आजको युगसम्म आइपुग्न विज्ञान र प्रविधिको ठुलो देन रहेको छ। मानिसको इच्छा थपिएसँगै विज्ञान र प्रविधिकाे माग पनि बढ्दै गइरहेको छ। हामीले दैनिक प्रयोग गरिरहेका उपकरणहरु देखि लिएर धेरै गाह्रो कामहरु गर्ने उपकरणहरू सबै विज्ञान र प्रविधिकाे मद्दतबाट बनेका 
 हुन् । हामीले प्रयोग गर्ने पङ्खा ,हिटर, कम्प्युटर, टेलिभिजन, टेलिफोन, फ्रिज, ओभन आदि सबै विज्ञान र प्रविधिको मदतबाट बनेका हुन्। यी उपकरणहरूले हाम्रा दैनिक कामहरू निकै सजिलो बनाएका छन्। हाम्रो अमूल्य समयको बचत भएको छ। विज्ञान र प्रविधिले हाम्रो जीवनलाई निकै सरल बनाएको छ। यसको मर्फतबाट हामिले विश्वको कुनाकुनामा रहेका मानिससँग कुरा गर्न सक्छौ। विश्वका नयाँ नौला कुराहरु घरमा बसेर नै थाहा पाउन सक्छौँ। धेरै गाह्राे कामहरु पनि कम्प्युटरको मद्दतबाट सजिलैसँग गर्न सक्छौं। यदि विज्ञान र प्रविधिको विकास नहुने हो भने हामीलाई जीवन जिउन निकै कठिन हुने थियो। त्यसैले विज्ञान र प्रविधिले हाम्रो जीवनमा निकै ठुलो भूमिका खेलेको छ ।
 


Read More
हलेसी महादेव
- Aarjan Khadka - 29003, Grade ... 20 June, 2021

हलेसी महादेव नेपालको खोटाङ् जिल्लामा अवस्थित छ । जसलाई हलेसी मराटीका गुफा भनेर पनि चिनिन्छ । हलेसी महादेव नेपालको प्रसिद्ध मन्दिरमध्ये एक हो। यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ। यो मन्दिर हिन्दू र बौद्ध धर्म मान्नेहरूको पवित्र तीर्थस्थल हो।
हलेसी महादेव मन्दिरमा  मन्दिरभित्र हलेशी महादेवले गुफा बासस्थानको लागी प्रयोग गरेका छन्  भन्ने विश्वास गरिन्छ । याे गुफा दूधकोशी र सुनकोशीको पवित्र नदीहरू बीच रहेकाे छ । यस गुफामा विभिन्न समारोह र उत्सवको आयोजन गरिन्छ। विशेष चाडपर्व जस्तै महाशिवरात्री र बालाचतुर्दशीका अवसरमा विभिन्न मेला लाग्छ। यो एक प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो। यसको प्रवेशद्वार आधा चन्द्रमाको आकारको छ र पूर्वतिर फर्किएको छ। यस ठाउँको मौसम चिसो छ र वर्षा भइरहन्छ। यस मन्दिर र गुफामा मानिसहरू प्राकृतिक सौन्दर्यको पूजा र आनन्द लिन आउँछन्। 
 याे गुफालाई भगवान शिवको तीन आँखाको रूपमा लिइन्छ। ठुलाे गुफाभित्र त्यहाँ थुप्रै साना गुफाहरू छन्। यो गुफा प्रसिद्ध तीर्थस्थल हो।
 


Read More
भेदभाव
- Shreevaani Dhungel - 29044, G ... 16 June, 2021

भेदभावको अर्थ के होला त ? भेदभावलाई  हामी  देख्न सक्दैनौं तर हामी यसलाई अनुभव मात्र गर्न सक्दछौं । भेदभाव भनेको त्यस्तो व्यवहार हो, जहाँ हामीले आफूले अरुकाे तुलनामा फरक व्यवहार पाउँछाैँ।   भेदभाव विभिन्न   रूपमा देख्न सकिन्छ । जस्तै छाेरा र छाेरीबीच, छाेरी र बुहारीबीच यसै गरी जातका नाउँमा भेदभाव आदि । मानिसहरूले  छोरीलाई स्कूलमा नपठाएर काममा लगाउने, अरूकाे घरमा जाने जात भन्ने गर्छन् । कडा परिश्रम गराउने उनीहरूलाई  बालविवाह गराउने गर्छन् तर छाेरालाई माया, शिक्षा र अवशरमा कुनै कमी गराउँदैैनन्।  यसैगरी हाम्राे समाजमा छाेरी र बुहारीमा पनि फरक व्यवहार गरिन्छ । २१‍औँ सताब्दीमा पनि जातका नाउँमा गरिने अमानवीय व्यवहार पनि हामीले देख्छाैँ। 
अहिलेकाे समाज पहिलाकाे तुलनामा धेरै परिवर्तन भइसकेकाे छ । अझै कहीँकहीँ अशिक्षा र अज्ञानताका कारणले यस्ता कुराहरू भइरहेका छन् । अब यसकाे अन्त्य हुनुपर्छ र समान वा भेदभावरहित समाजकाे निर्माण हुनुपर्दछ ।
 हामी धेरै भाग्यशाली छौं कि हामी शिक्षा प्राप्त गर्न पाइरहेका छाैँ  र हामीमा कुनै भेदभाव गरिएको छैन । त्यसैले हामीले हाम्रा  शिक्षक, परिवारजनलाई धन्यवाद दिनुपर्दछ ।
 


Read More