Logo

Student Corner

Articles

राष्ट्रिय प्रतीक
- Pasang Doma Sherpa - 30019, G ... 29 June, 2021

राष्ट्रिय प्रतीक भन्नाले कुनै देशको गौरव झल्काउने चिन्हहरुलाई बुझिन्छ । हाम्रो देशका राष्ट्रिय प्रतीकहरु राष्ट्रिय झण्डा,राष्ट्रिय चरा डाँफे ,राष्ट्रिय जनावर गाई ,राष्ट्रिय फुल लालीगुराँस र राष्ट्रिय रङ् सिम्रिक  आदि हुन् । नेपालको राष्ट्रिय झण्डा त्रिभुज आकारकाे छ । हाम्रो झण्डाको रङ रातो र निलो किनार छ । हाम्रो झण्डामा माथि चन्द्र र तल सुर्य अङ्कित छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई घरपालुवा जनावर र स्तनधारी जनावर हो । गाइलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । गाई सेतो,खैराे,कालो आदि रङ्काे हुन्छ । डाँफे नेपालको हिमाली भेगमा बस्छ । डाँफे नाैवटा रङ्को हुन्छ । त्यसैले यसलाई नौरङ्गी डाँफे पनि भनिन्छ । एउटा महिला डाँफेले ४-६  चल्ला काेरल्छ । नेपालमा पाइने लालीगुराँस ३० भन्दा धेरै प्रजातिका छन् । लालीगुराँस हिमाली भेगमा पाईन्छ ।   सिम्रिक रङ् पूजा, चाडपर्व आदिमा  प्रयोग हुन्छ । यसका साथै राष्ट्रिय प्रतीकहरुमा  नेपाली भाषा, राष्ट्रिय गान र राष्ट्रिय पोशाक दौरासुरुवाल, टोपी र चौबन्धी चोलो आदिलाई पनि लिन सकिन्छ  ।  


Read More
असार पन्ध्र
- Sambhavya Pandey - 30027, Gra ... 28 June, 2021

असार पन्ध्रकाे सबैलाई शुभकामना छ । याे असार पन्ध्रलाई धान दिवस पनि भनिन्छ । वि.सं. २०६२ देखि याे दिनलाई धान दिवसका रूपमा मनाउन थालिएकाे हाे । यसलाई मानाे राेपेर मुरी फलाउने दिवसका रुपमा पनि चिनिन्छ । असार पन्ध्रका दिनमा दही र चिउरा खाइन्छ । याे दिन सबै जनाले धान राेप्ने तथा हिलाे खेल्ने गर्छन् । याे दिन किसानहरू धेरै खुसी हुन्छन् । उनीहरूले गीत गाउँदै धान राेप्छन्  ।याे दिन देशका ठुलाठुला पदमा रहेका मानिसहरू जस्तै प्रधानमन्त्री, राष्ट्रपतिसमेत शुभकामना दिएर हिलाेमा टेक्ने गर्छन् । कतिपय ठाउँमा खेतमा बाजासमेत बजाएर राेपाईँ गर्ने चलन छ ।
आफूले खाने र सबैलाई अन्न खुवाउने किसानकाे कार्यलाई सम्मान गर्दै हामी पनि धान दिवसकाे सबैलाई शुभकामना दिऊँ है।


Read More
कपडा
- Sambid Dhakal - 30028, Grade ... 24 June, 2021

मानिसहरुले धेरै किसिमका कपडा लगाउँछन्। तीमध्ये मलाई मनपर्ने  ट्रयाकसुट हाे। ट्रयाकसुट माथिदेखि तलसम्म एउटै डिजाईनमा हुन्छ त्यसलाई  जोडी  लुगा भनिन्छ। उमेर लिङ्ग  पेसाका अनुसार मानिसहरुले फरक फरक कपडा लगाउँछन्। लुगाले हाम्रो शरीरको सुरक्षा गर्दछ। जाडोमा जाडो हुने भएकाले  हामीबाट बाक्ला लुगा लगाउँछाैँ र गर्मीमा गर्मीमा हामी पातला लुगा लगाउँछाैँ । मानिसहरुले  भोजमा जाँदा वा अन्त  कहीँकतै जाँदा नयाँ डिजाईनका कपडा लगाउँछन् र घरमा बस्दा  सामान्य कपडा  लगाउछन्। नयाँ किसिमका कपडा लाएर मानिसहरु पनि राम्रो देखिन्छन्। अहिलेको परिस्थितिमा कपडा च्यातियाे भन्दैमा हामीले फाल्नु हुँदैन हामीले सिलाएर लगाउनुपर्छ  किनभने अहिले कोरोनाले गर्दा सबै पसल बन्द छन् त्यसैले कपडालाइ माया गरौ र राखौँ।
 


Read More
सञ्चार र यसको महत्व
- Ananya Bhurtel - 29042, Grade ... 23 June, 2021

सन्देश वा सूचना एक व्यक्तिबाट अर्काे  व्यक्तिसम्म पठाउने प्रक्रियालाई सञ्चार भनिन्छ।  दुई प्रकारले सञ्चार हुन्छ । ती हुन्ः एक तर्फी सञ्चार र दुई तर्फी सञ्चार।  सञ्चार सन्देश वा जानकारी एक दिशामा प्रवाह हुन्छ त्यसलाई एकतर्फी सञ्चार भनिन्छ । एकतर्फी सञ्चारका उदाहरणहरू टी.भी. रेडियो अखबार इत्यादि हुन् । दुबै तर्फबाट तत्कालै सञ्चार गर्न सकिने वा सवालजवाफ गर्न सकिने सञ्चार दुई तर्फी सञ्चार हाे ।यसकाे  उदाहरण मोबाइल ,टेलिफोनमा गरिने  कुरा हो।
 सञ्चारले  ज्ञानको स्तर बढाउँछ, यसले भावनाहरू बाँड्न मद्दत गर्दछ। यो अरूसँग नयाँ विचारहरू साझेदारी गर्न मद्दत गर्दछ। यसले प्राकृतिक प्रकोपबाट सुरक्षित रहन मद्दत गर्दछ। यसले नयाँ ठाउँ र स्थानहरूको बारेमा जान्न मद्दत गर्दछ। यसले हामीलाई हाम्रो वरपर र संसारमा हुने परिवर्तनसँग परिचित गनाउँदछ त्यसैले यसकाे महत्व दिनप्रतिदिन बढ्दै गएकाे छ ।
 


Read More