Logo

Student Corner

Articles

सूचना र प्रविधि
- Sushant Pokharel - 32020, Gra ... 27 January, 2023

हालको समय सूचना र प्रविधिकाे युग हो । सूचना र प्रविधिमा हामीले धेरै साधनहरूको प्रयोग भएको पाउँछौँ । यी सूचना र प्रविधिका साधनहरूले संसारभर भइरहेका काम, त्यसका बारेमा जानकारी र घटिरहेका घटनाहरूको बारेमा क्षणभरमा नै सूचना प्राप्त गर्न सहयोग गर्दछ । सूचना प्रविधिका केही साधनहरू जस्तै ; रेडियो , टेलिभिजन, पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट, कम्प्युटर आदि । यी साधनहरूमध्ये मैले यहाँ टेलिभिजनका बारेमा छोटकरीमा वर्णन गरेकाे छु । टेलिभिजनलाई छाेटकरीमा टि.भी. पनि  भनिन्छ । यो अंग्रेजी शब्दको नेपाली भाषाको चलनचल्तीमा आएको शब्द हो । यो एउटा विद्युतीय उपकरण हो । यसकाे आकार र रङ फरक फरक हुन्छन् । यसमा एउटा तार हुन्छ । उक्त तारलाई विद्युतीय प्लगमा जाेडेपछि टि.भी. खाेल्न सकिन्छ । आजकलका टि.भी.मा केबल तारकाे माध्यमबाट तरङ्गकाे प्रसारण भई संकेतलाई टि.भी.सम्म पुऱ्याउँछ र  टि.भी. हेर्न र सुन्न सकिन्छ । टि.भी.मा समाचार सुन्न, हेर्न र विभिन्न मनाेरञ्‍जनका कार्यक्रमहरू हेर्न सकिन्छ जसबाट हामीलाई सूचना, ज्ञान र मनाेरञ्‍जन प्राप्त हुन्छ । आजकाे युगमा टेलिभिजन लगायत अन्य सूचना र प्रविधिसँग सम्बन्धित अन्य साधनहरू हाम्रा लागि आवश्यक मात्र नभइ अभिन्न अङ्ग जस्तै बनेका छन् ।


Read More
खेलकुद सप्ताह
- Ujjwol Dhakal - 33023, Grade ... 26 January, 2023

 

मेरो स्कुलमा यस वर्षको खेलकुद सप्ताह २०७९ साल असोज ३१ गतेदेखि सुरु भएर कात्तिक ४ गते समापन भएको थियो ।  एक हप्ताभरि हाम्राे स्कुलमा खेलकुद कार्यक्रम मात्र भयाे ।पढाइ भएन । खेल खेल्दा धेरै रमाइलो भयो । धेरै खेलकुदहरू हामीले खेल्यौँ । हामीले बोरा दौड, फुटसल, चम्चा दाैड, कपर्दी, ५० मिटर दौड, ५० मिटर रिले दौड, कपडा लगाउने आदि विभिन्न खेलहरूको खेल्यौँ । यी खेलहरूमा म लगायत मेरा साथीहरूले भाग लिएका थियाैँ । मैले भाग लिएका खेलहरू मध्येबाट तीनवटामा म प्रथम भएँ र मैले विभिन्न प्रमाणपत्र र पदकहरू पनि पाएँ अनि म धेरै खुसी भएँ । कति खेलहरू मेरा लागि नयाँ खेलहरू थिए । ती नयाँ खेलहरू खेल्न पाउँदा मलाई धेरै रमाइलो लाग्यो । खेलकुद सप्ताह पनि धेरै रमाइलोसँग बित्यो र हाम्रो तिहारको बिदा सुरु भयो ।
 


Read More