Logo

Student Corner

Articles

मलाई मन पर्ने पुस्तक
- Pranik K.C - 33025, Grade II ... 18 January, 2023

मलाई मन पर्ने पुस्तक ‘दसैँ’ हो । यस पुस्तकका लेखिका बन्दुमाया राई हुनुहुन्छ । यस किताबका चित्रहरू विनीता बुद्धाचार्यले बनाउनुभएको हाे । यस किताबमा धेरै राम्रा चित्रहरू छन् । यस किताबमा चौधवटा पाना छन् । यहाँ धेरै रमाइला कविताहरू छन् । किताबभित्रका कवितामा चाडपर्वका बारेमा जस्तैः दसैँ, तिहार आदिको बारेमा लेखिएको छ । यहाँ एसओएस गाउँका बारेमा पनि वर्णन गरी कविता लेखिएका छन् । उनीहरूले एसओएसमा पढ्दाखेर चङ्गा उडाउने, खेल्ने, टीका लगाउने, दसैँका रमाइला कुराहरू कवितामा लेखिएका छन् । एसओएस स्कुलमा लेखिकालाई शिक्षक, शिक्षिका तथा साथीहरूले धेरै माया गर्नुहुन्थ्याे भन्ने कुरा उल्लेख गरिएका छन् । उनले आफ्नी आमालाई सपनामा देखेको र उनले आमालाई पनि धेरै माया गर्ने कुरा कवितामार्फत बताएकी छिन् ।
 


Read More
खेलकुद सप्ताह
- Aarav Thapa - 32044, Grade II ... 13 January, 2023

केही समय अगाडि हाम्रो विद्यालयमा खेलकुद सप्ताह भएको थियो । मैले पनि केही खेलहरूमा भाग लिएको थिएँ । पहिलो दिन ५० मिटर दौडमा मैले भाग लिएको थिएँ । त्यस दौडमा म दोस्रो स्थानमा आउन सफल भएँ । मैले कपर्दी , फुटबल , ३ खुट्टे दौड , बास्केटबल र डाेरी तान्ने खेलमा पनि भाग लिएकाे थिएँ । मैले कबड्डी र तीन खुट्टे दौडमा राम्रो खेल खेल्न सकेँ र हाम्रो टिम प्रथम भयो । खेलहरूमा भाग लिँदा मलाई निकै रमाइलो लाग्यो । यो खेलकुद सप्ताहमा म र मेरा साथीहरूले धेरै रमाइलो खेलहरू खेल्न पाउँदा निकै दङ्ग थियौँ । खेलले हामी जस्ता साना बालबालिकाहरूको मानसिक र शारीरिक विकास हुने हुनाले यस्ता खेलकुद सप्ताहहरू भइराख्‍नुपर्दछ ।


Read More